खानेपानी ट्याङ्कीमा ‘जिपिएस’

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र ३, २०७९ १४:३९
खानेपानी ट्याङ्कीमा ‘जिपिएस’

नौमूले गाउँपालिकाका खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’ राखिएका छन् । खानेपानी योजना निर्माण सम्पन्नपछि दिगो रुपमा सञ्चालन गर्नका लागि प्रत्येक खानेपानी ट्याङ्कीमा सो उपकरण जडान गरिइएको हो । यसले उपभोक्ता समिति तथा स्थानीय तहलाई जिम्मेवार बनाउन सहयोग पुग्ने जनाएको छ । खानेपानी सरसफाइ तथा स्वच्छता आयोजनाले कर्णाली प्रदेशमा पहिलो पटक नौमूले गाउँपालिकाबाट ‘टेंक अलर्ट’राख्न सहयोग गरेको हो । नेपाल सरकारले फिनल्यान्ड सरकार र युरोपियन युनियनको आर्थिक एवं प्राविधिक सहयोगमा सो आयोजना कार्यान्वयनमा ल्याएको हो । नौमूलेको सात खानेपानी योजना र एक विद्यालय गरी ३५ स्थानमा जिपिएस टेंक अलर्ट राखिएका छन् । कर्णाली प्रदेशको सुर्खेतबाट निरीक्षण गरी अवस्थाको तथ्याङ्क लिने काम भइरहेको र केही समयपछि गाउँपालिकामै अवस्था पहिचान हेर्न सकिने वास सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । कर्णाली प्रदेशमा कति खानेपानी योजना सञ्चालन छन् कति बिग्रएका छन् र कति पूर्ण रुपमा क्षति भएका छन् त्यसको लेखाजोखा डिजिटल माध्यममा जानकारी नभएको बताइएको छ । आयोजनाले कर्णालीका २१ पालिकामा निर्माण सम्पन्न भएका खानेपानी योजनामा जिपिएस जडित टेंक अलर्ट जडान गर्ने जनाएको छ ।

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र ३, २०७९ १४:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट