डडेलोले उजाड बनेको उत्तरी रसुवास्थित गतलाङ वन पाखामा वनस्पति नउम्रिएपछि वन व्यवस्थापनको अध्ययन थालिएको छ । विसं २०६५ मा लागेको डडेलोको चपेटामा परी गतलाङ पाखाको करिब सात सय हेक्टर जमिनका वनस्पति पूर्णरूपमा नष्ट भएका थिए । डडेलो लागेको १४ वर्ष बितिसक्दा पनि करिब तीन सय हेक्टरमा कुनै झारपातसमेत नउम्रिएका कारण विज्ञटोलीले स्थलगत अध्ययन एवं माटो […]
पूर्व–पश्चिम सडकखण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा आज बिहान गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । नवलपुरतर्फबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश०३–००१च ६९४३ नंको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो । उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । गाडीको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई उपचारका […]
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपराह्नतिर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको मौसमविद् बरुण […]
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को सरावल गाउँपालिकाले विगत सात वर्षदेखि निःशुल्क सेवा सञ्चालन गर्दै आएको आयुर्वेद औषधालयको सेवा प्रवाह अब आफ्नै भवनबाट गर्न लागेको छ । सरावल गाउँपालिका–२ अत्रहटिमा आयुर्वेद औषधालय सेवा केन्द्रको हालै नयाँ भवन निर्माण गरिएको छ । सरावल गाउँपालिकाको बहुवर्षीय योजनाअन्तर्गत रु ३० लाखको लागतमा चारकोठे भवन वडा नं २ अत्रहटिमा निर्माण गरिएको हो […]
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–३ का नरबहादुर सुनार स्थानीय छाडा गाईको संरक्षणमा लाग्नुभएको छ । करिब एक दशकअघिदेखि स्थानीय प्रजातिका छाडा गाईको संरक्षणमा लाग्नुभएका सुनारको दिनचर्या गौशालामा रहेका गाईको स्याहारसुसार र रेखदेखमा बित्ने गरेको छ । सुनारले २०६८ सालमा दुई छाडा गाई राखेर संरक्षण अभियान सुरु गर्नुभएकामा अहिले गौशालामा ८५ गाई छन् । सुनार एक्लैले […]
भक्तपुर नगरपालिकाले सडक पेटी कब्जा गरेर व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीको सामान र मोटसाइकल जफत गरेको छ । सडक पेटीमा र सर्भिस ट्रयाकमा कुनै पनि सवारीसाधन बिक्रीका लागि नराख्न र व्यापार व्यवसाय नगर्न नगरपालिकाले पटक–पटक निर्देशन दिँदा पनि अटेर गरेपछि नगरपालिकाले मोटरसाइकलसहित विभिन्न सामान जफत गरेको हो । नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको […]
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । निर्माण कम्पनीका प्रतिनिधिलाई महानगरमै बोलाएर उहाँले स्थानीयवासीले धेरै सास्ती व्यहोर्नुपरेकाले छिटो निर्माण गर्न निर्देशन दिनुभएको हो । विराटनगर–५ स्थित गणेशचोकबाट केशलिया पुलसम्मको तीन दशमलव एक सय ९५ किलोमिटर हुलाकी सडक निर्माणमा देखिएको समस्याका विषयमा निर्माण कम्पनीका प्रतिनिधिसित […]
उदयपुरको रौतामाई गाउँपालिका वडा नं ८ पाखाटोलस्थित घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । हिजो बेलुका सवा ५ बजे स्थानीय रामबहादुर मगरको ढुङ्गा माटाले बनेको दुईतले घरमा विद्युत् सर्ट भई आगलागी हुँदा उहाँका छ वर्षीया छोरी जस्मिन र दुई वर्षीय छोरा रोजनको जलेर मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ऋषिराम कँडेलले […]
रत्न राज्यलक्ष्मी क्याम्पसबाट खुकुरीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावी कार्यक्रमअन्तर्गत आज उम्मेदवारी दर्ताका क्रममा खुकुरी देखाएपछि विद्यार्थी मनोज चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियूबीच मनोनयन दर्ताको विषयलाई लिएर विवाद हुन थालेपछि बैतडीका चन्दलाई खुकुरीसहित नियन्त्रणमा […]
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको उडान फुकुवा गरेको छ । प्राधिकरणका प्राविधिकबाट उक्त एयरलाइन्सको उडानमा रहेका जहाजको आज प्राविधिक सुरक्षा जाँचपछि उडान फुकुवा गर्ने निर्णय गरेको हो । प्राधिकरणले आज बिहान श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको थियो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले दिएका सुझावको कार्यान्वयन […]
गृह मन्त्रालयले नेपाल प्रहरीको जनपद समूहतर्फको पाँच जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरेको छ । आज बसेको बढुवा सिफारिस समितिको बैठकले प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम (४)अनुसार पाँच डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस भएको प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले राससलाई जानकारी दिनुभयो […]
दुुई हप्ता अगाडि सुुत्केरी हुने समय नपुुगी गर्भ तुहिएर उच्च रक्तस्रावभएकी महिलाको आज हेलिकप्टरमार्फत उद्वार गरिएको छ । हुम्लाको सर्केगाड गाउँपालिका–५ को गोठी गाउँकी ३३ वर्षकी कलसी छत्याल शाहीको हेलिकप्टरबाट उद्धार गरिएको हो । गर्भ तुहिएर उच्च रक्तस्रावले पीडित उहाँको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनुभयो । दुुई हप्तादेखि […]