आगलागीमा परी दुई बालबालिकाको मृत्यु

  • मिसन संवाददाता
  • शनिबार, फाल्गुन २७, २०७९ २१:३४
आगलागीमा परी दुई बालबालिकाको मृत्यु

उदयपुरको रौतामाई गाउँपालिका वडा नं ८ पाखाटोलस्थित घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । हिजो बेलुका सवा ५ बजे स्थानीय रामबहादुर मगरको ढुङ्गा माटाले बनेको दुईतले घरमा विद्युत् सर्ट भई आगलागी हुँदा उहाँका छ वर्षीया छोरी जस्मिन र दुई वर्षीय छोरा रोजनको जलेर मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ऋषिराम कँडेलले जानकारी दिनुभयो । घरमा आगलागी भएको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय रौतामाईबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगो ६ बजे नियन्त्रण गरिएको र अभिभावक नभएको अवस्थामा घरमा आगलागी हुँदा घरभित्र रहेका दुई बालबालिका घरबाट बाहिर निस्कन नसकी जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तनसमेत जली करिब रु १० लाख बराबरको सम्पत्ति जलेर खरानी भएको छ ।–––

  • मिसन संवाददाता
  • शनिबार, फाल्गुन २७, २०७९ २१:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट