पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिलाई कञ्चनपुरमा अगाडि बढाइएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत रु आठ करोड बजेटमा ठेक्का प्रक्रियामार्फत काम थालनी गरेको हो । यसका लागि माटो भरान गर्ने, कल्भर्ट बनाउने कार्य भइरहेको कार्यालयका सूचना अधिकारी पियुस चटौटले बताउनुभयो । उहाँका अनुसार महेन्द्रनगर बजार क्षेत्रको शिवमन्दिर अगाडिको क्षेत्रमा तीन किलोमिटर र झलारी क्षेत्रमा […]
जिल्ला प्रशासन कार्यालय रसुवाले आफूले सम्पादन गरेको कामका बारेमा सेवाग्राहीलाई जानकारी दिन थालेको छ । यस अन्तर्गत कार्यालयले चालू आवको साउनदेखि यही फागुन १९ सम्मकोे विवरण सार्वजनिक गरेको छ । सो अवधिमा कार्यालयले एक हजार १८ नेपाली नागरिकता, दुई हजार ४३ राहदानी तथा आठ सय ६३ नागरिकताको प्रतिलिपि प्रदान गरेको छ । सहायक प्रमुख जिल्ला […]
झापाको शिवसताक्षी नगरपालिकामा महप्रशोधन उद्योग सञ्चालनमा आएको छ । मौरीपालक महिला किसानको पहलमा जिल्लामै पहिलोपटक सो उद्योग स्थापना भएको हो । सतासी महिला मौरीपालन सहकारी संस्था, सहारा नेपाल र होक्से कृषि सहकारी संस्थाको रु एक करोड २५ लाख लगानीमा सहारा सतासी महिला मौरी मह उद्योग सञ्चालनमा आएको उद्योगका संयोजक देवीकुमारी ओली दाहालले बताउनुभयो । उहाँले […]
गाउँ सेवा कोष तनहुँले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई रु पाँच लाख छात्रवृत्ति वितरण गरेको छ । जिल्लाका ६५ विद्यालयका एक सय ९५ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको कोषका केन्द्रीय अध्यक्ष श्यामसुन्दर अधिकारीले जानकारी दिनुभयो । “शिक्षाबाट वञ्चित हुने अवस्थामा रहेका विपन्न विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्ति वितरण गर्दै आएका छौं”, उहाँले भन्नुभयो । सोही अवसरमा […]
हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात हुँदा किसान खुशी भएका छन् । ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङले ढिलै गरी भएको हिमपातले आलु र करुको उत्पादन बढ्नसक्ने बताउनुभयो । “यहाँको मुख्यबाली आलु र करु हो । चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ । यसपटक ढिला गरी प¥यो, माटो राम्ररी नभिजे पनि […]
ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं. ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी चिशङ्खुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपनिरीक्षक दीपक केसीले जानकारी दिनुभयो । दुर्घटनामा परी […]
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु […]
अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछामको पातलकोट र काभ्रेपलाञ्चोकको काशीखण्ड केन्द्रविन्दु भएर भूकम्प गएको हो । केन्द्रका अनुसार अछामको पातलकोट केन्द्रविन्दु भएर आज बिहान ८ बजेर ३५ मिनेटमा ४ दशमलव ४ रेक्टरस्केल र काभ्रेपलाञ्चोकको काशिखण्ड भएर आज बिहान ८ बजेर ३ मा […]
कञ्चनपुरको महेन्द्रनगरमा रुपालवासीको परम्परागत रुपाली होलीले रौनकता छाएको छ । फागू पुर्णिमाको तीन दिनअघि देखि सुरु भएको रुपाली होली कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडा र १८ गोवरीयामा भव्य रुपमा एकादशीदेखि सुरु भएको हो । दशकौँदेखि सुदूरपश्चिममा समुदाय विशेषले मनाउने रुपाली होलीको रौनक बढेको निम्बुखेडा रुपाली होली समाजका अध्यक्ष डम्बरदत्त भट्टले जानकारी दिनुभयो । रुपाल सुदूरपश्चिमको पहाडी […]
तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३४ प्रतिशत पुगेको छ । तीन चरणमा काम भइरहेको आयोजनाको हालसम्म ३१ दशमलव ८२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको आयोजनाको प्रबद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार यस अवधिमा रू १३ अर्ब ७५ करोड […]
काठमाडौं । दोलखा सदरमुकाम चरिकोटमा फागुन १९ गतेबाट महोत्सव सुरु भएकाे छ । सदरमुकाम चरिकोटमा सुरु हुने महोत्सव फागुन २७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गनुभएकाे छ । महोत्सव सञ्चालनका लागि करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । रोबटिक एसोसिएसन नेपालको सहयोगमा रोबर्ट प्रदर्शनी महोत्सवको […]
बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सरकारले ल्याएको दुई विधेयकलाई प्रमाणिकरण गर्नुभएको छ । बागमती प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई उहाँले प्रमाणिकरण गर्नुभएको हो । प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि यी दुई विधेयकले ऐनको रुपमा लिएको छ […]