गत जेठमा हावाहुरीले सम्पूर्ण विद्युत् पोल ढालेसँगै अन्धकार बनेको नारायणगढस्थित नारायणी पुल झिलीमिली बनेको छ । भरतपुर महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाले पुलमा पोल राखेर स्मार्ट बत्ती जडान गरेसँगै पुल क्षेत्र झिलीमिली बनेको हो । महानगर प्रमुख रेनु दाहालले पुलमाथिका स्मार्ट बत्तीको बिहीबार साँझ शुभारम्भ गर्नुभएको हो । डिजिटल पद्धतिबाट […]
सुक्खा पहिराले गएरातिदेखि अवरुद्ध भएको डुम्रे बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा सुक्खा पहिरा हटाएसँगै आज बिहानदेखि पुनः सञ्चालनमा आएको हो । अघिल्लो भदौ महिनामा पहिराले पक्की सडक भत्काएपछि सो स्थानमा गत वर्ष पुनः पहिरा गएपछि वैकल्पिक सडक खुलाइएको सो स्थानमा ढुङ्गा माटा झरेर अवरुद्ध भएको थियो […]
रौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गर्नुभयो । विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि उहाँ जागिरको सिलसिलामा २०५० सालमा म्याग्दी आउनुभएको हो । आलमलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट विज्ञान शिक्षकको रुपमा नियुक्त गर्नुभएको थियो । जिल्ला सदरमुकाम […]
विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सिटी बस सञ्चालनमा ल्याउने भएको छ । महानगरको सडक र मोडमा कति यात्रु क्षमताका बस सञ्चालन गर्नु उपयुक्त्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षणसमेत गरिएको छ । महानगरकी कार्यबाहक प्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालगायत टोलीले यसबारे जानकारी लिनुभएको थियो । महानगरले सिटी बस सञ्चालनका लागि कार्यपालिका बैठकबाट […]
म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला गाउँपालिका–५ अमर्नको पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको सङ्घर्षलाई सम्झिदै पढाइ र खेलकुदमा सक्दो मेहनत गर्दै आएकी छिन् । सुकुम्बासी परिवारकी उनले हालै सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति […]
ढोरपाटन, १९ फागुन (रासस) : काठेखोला गाउँपालिकाले प्रशासनिक भवन निर्माण गर्ने चर्चा चल्न थालेको पाँच वर्ष पूरा भयो । आफ्नै भवन बनाउनेभन्दा भन्दै जनप्रतिनिधिले एक कार्यकार सकाए । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट पालिकाले नयाँ नेतृत्व पायो तर प्रशासनिक भवन भने पाउन सकेन । करिब छ वर्ष अगाडि बिहुँकोट सुलडाँडामा घर भाडामा लिएर प्रशासनिक […]
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मानव सभ्यताको विकास र महत्त्वबारे बुझ्न प्राचीन सम्पदाहरूको संरक्षण अत्यावश्यक रहेको बताउनुभएको छ । आज भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित भाजुपोखरीको पुनःनिर्माणको स्थलगत निरीक्षण गर्दै उहाँले इतिहासका सबै कुरालाई लिपिबद्ध गर्दै लगियो भने मानव सभ्यताको विकास बुझ्न सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो देशको इतिहास अरूले नभई […]
शिवालय गाउँपालिका–२ नेपामा उत्पादन गरिएका कृषिजन्य वस्तु उत्पादन गरी बाहिर जिल्ला पठाउनका लागि सडकको पहुँच विस्तार गर्न लागिएको छ । पालिकाको प्रशासकीय केन्द्र सीमाबाट तरकारी उत्पादन भइरहेको नेपासम्म सडक जोड्नका लागि काम जारी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँठाले जानकारी दिनुभयो । पालिका र कृषि क्षेत्र विकास कार्यक्रमको संयुक्त रुपमा रु दुई करोड २० […]
राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले देशभर प्रदेशदेखि पालिकासम्म जोडिएका महिला उपाध्यक्षको ‘नेटवर्क’ बनाएर अघि बढ्ने योजना रहेको बताउनुभएको छ । आफ्नै कार्यकक्ष सिंहदरबारमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले महिलाको क्षमता अभिवृद्धिका लागि नेटवर्क बनाउन छलफल भइरहेको जानकारी दिनुभयो । उपाध्यक्ष अर्यालले गाउँपालिकाका अध्यक्ष, गाउँपालिका महासङ्घलगायत संस्थासँग समन्वय गरेर महिला नेतृत्व अभिमुखीकरण र महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन […]
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २६ दशमलव ४७ अङ्कले घटेर एक हजार नौ सय ६९ दशमलव शुन्य दुईमा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ८१ अङ्कले घटेर तीन सय ७३ दशमलव ५६ मा पुगेको […]
नेकपा (एकीकृत समजावादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेकपा (एमाले)बाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आज भेट गर्नुभएको छ । भेटका क्रममा नेम्वाङले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष नेपालसँग आग्रह गर्नुभएको जनाइएको छ । उम्मेदवार नेम्वाङसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ र डा विमला राई पौड्याल सहभागी हुनुभएको अध्यक्ष […]
यस वर्षको हिउँदमा हिमपात नभएर सेताम्मे हुन नपाएको हाँडिकोट पर्यटक पर्खिरहेको छ । हिउँका पारखीका लागि न्यानो हिउँदले हाँडिकोट पुग्न दिएन् तर खुलेको आकाश, कोपिला लागेका गुराँस र बिहान बेलुकाको सिरेठो अनी पुरातात्वीक संरचनाले पर्यटकलाई पर्खिरहेका छन् । सहरको कोलाहल र प्रदूषण छाडेर हाँडिकोट पुग्दा मन प्रफुल्लित हुन्छ । माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि जस्ता दर्जनौँ हिमश्रृङ्खलाको […]