समाज

तरकारीको उत्पादन संगै भाउ पनि घट्यो

तरकारीको उत्पादन संगै भाउ पनि घट्यो

लेटाङ नगरपालिका वडा नं. ८ र ९ तरकारी उत्पादका लागि उर्बर भूमि हो । यहाँका अधिकांश कृषक कृषि पेशामा आबद्ध छन् । टमाटर र घ्यूसिमीमा आत्मनिर्भर हुँदै आएका किसान यो याममा भने चिन्तित छन् । अघिल्लो सालको तुलनामा यो साल उत्पादनमा कमी आउनका साथै र भाउ नपाइएकाले उनीहरु चिन्तित बनेका हुन् । अघिल्लो साल प्रति […]

  • २ years अगाडि
उपप्रधानमन्त्री श्रेष्ठद्वारा भक्तपुर-नगरकोट सडक अनुगमन

उपप्रधानमन्त्री श्रेष्ठद्वारा भक्तपुर-नगरकोट सडक अनुगमन

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म सडक अनुगमन गर्नु भएको छ । उपप्रधानमन्त्री श्रेष्ठसँगै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, भक्तपुर नगरकोट सडक विस्तार आयोजनाका प्रमुख, शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिलगायत सरोकारवाला निकायसहितको टोलीले सडकको अनुगमन गरेको हो । अनुगमनपछि […]

  • २ years अगाडि
त्रिवेणीको दुःखः पालिका केन्द्र पुग्न ४० किलोमिटरको यात्रा

त्रिवेणीको दुःखः पालिका केन्द्र पुग्न ४० किलोमिटरको यात्रा

गण्डकी प्रदेशको गौरवको आयोजना रहेको त्रिवेणी कोरला मार्गको दुम्किबास त्रिवेणी सडकखण्ड निर्माण नहुँदा विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दालाई आफ्नै गाउँपालिकाको केन्द्र दम्किबास बजार आइपुग्न ४० किलोमिटर बढीको दूरी पार गर्नुपर्ने बाध्यता अझै पनि हटन सकेको छैन । राज्य पुनःसंरचना भएसँगै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिकामा परेको पवित्र तीर्थस्थल त्रिवेणीधाम आसापासका दुई वटा […]

  • २ years अगाडि
जलवायु परिवर्तनको असर ः वर्षा र सुख्खा यामको दुरी बढ्दै

जलवायु परिवर्तनको असर ः वर्षा र सुख्खा यामको दुरी बढ्दै

कञ्चनपुरमा यस वर्ष कात्तिक महिनामै हुस्सु लाग्यो । आँपमा पुस महिनामै फुल फुल्यो । आँपको फूलमा अघिल्ला वर्षका तुलनामा रोगकिराको समस्या अत्यधिक देखियो । यी सबै कार्य जलावायुमा परिवर्तनका कारण भएका जनाइएको छ । जिल्ला वन समन्वय समिति कञ्चनपुरका सहसचिव पुनाराम चौधरी प्राकृतिक सम्पदाको अत्यधिक दोहन, वन विनास, खेती प्रणालीमा गरिएको परिवर्तन, दु्रत सहरीकरणसँगै प्रदूषणको […]

  • २ years अगाडि
कुमाल समुदायको पेशा लोप हुँदै

कुमाल समुदायको पेशा लोप हुँदै

दुःख गरेर माटोका भाँडा वर्तन बनाउँदै आएका यहाँका कुमाल समुदायको मुख्य पेशा लोप हुँदै गएको छ । सीप र परिश्रमअनुसार ज्याला नउठ्ने भएपछि माटाका भाँडा बनाउँदै आएका कुमाल जातिको पेशा हराउँदै गएको हो । विसं २०४२÷४३ बाट कुश्मामा प्लास्टिकका भाँडा भित्रिएसँगै स्थानीय बजारमा माटाका भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका कुमाल जातिले विकल्प खोज्न थालेका हुन् […]

  • २ years अगाडि
केपिलासगढी र टेम्के मैयुङ सडक सञ्जालमा जोडियो

केपिलासगढी र टेम्के मैयुङ सडक सञ्जालमा जोडियो

खोटाङको केपिलासगढी गाउँपालिका र भोजपुरको टेम्के मैयुङ गाउँपालिका जोड्ने (४५ किलोमिटर) सडक सञ्चालनमा आएको छ । केपिलासगढी –१ फेदी र टेम्के मैयुङ–१ तिम्मा जोड्ने छोटो दुरीको फेदी–धोद्रे–भोजपुर सडक हालै सञ्चालनमा ल्याइएको हो । जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजार हुँदै भोजपुरबाट पूर्वी सहर आवातजावत गर्ने छोटो दुरीको सडक सञ्चालनमा आएसँगै स्थानीय […]

  • २ years अगाडि
रामपुरमा पन्ध्र शय्याको आयुर्वेद अस्पताल

रामपुरमा पन्ध्र शय्याको आयुर्वेद अस्पताल

रामपुर (पाल्पा), १८ फागुन (रासस) : स्वास्थ्य क्षेत्रलाई व्यवस्थित, भरपर्दो र दिगो बनाउने उद्देश्यले यहाँ स्वास्थ्य संरचना बनाउन थालिएको छ । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्ता पूर्व) को केन्द्रमा रहेको रामपुरमा आयुर्वेद स्वास्थ्य सेवालाई विस्तार गर्ने उद्देश्यले स्वास्थ्य संरचना निर्माण गरिएको हो । जिल्लामा पन्ध्र शय्याको आयुर्वेद तथा प्राकृतिक अस्पताल निर्माण गरिएपछि यहाँका […]

  • २ years अगाडि
राष्ट्रिय परिचयपत्र आवेदनका लागि तोकियो थप पाँच स्थान

राष्ट्रिय परिचयपत्र आवेदनका लागि तोकियो थप पाँच स्थान

राष्ट्रिय परिचयपत्रको आवेदन र वितरणको काममा ढिलासुस्ती भइरहेको भन्दै आलोचना भएपछि सरकारले काठमाडौँमा थप पाँच स्थान तोकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चासोपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले थप नयाँ केन्द्र स्थापना गरी आवेदन प्रक्रियालाई सहज बनाएको हो । विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ललितपुरका अलावा नारायणहिटी दरबार […]

  • २ years अगाडि
भवन जीर्ण बन्दा व्यापारीलाई समस्या

भवन जीर्ण बन्दा व्यापारीलाई समस्या

कैलालीको टीकापुर नगरपालिका परिसर बाहिर निर्माण गरिएको व्यापारिक भवन निर्माण सम्पन्न भएको एक दशक नबित्दै जीर्ण बन्दै गएको छ । निर्माण सम्पन्न भएको एक दशक मै भवन जीर्ण भएपछि भाडामा बस्दै आएका व्यापारी त्रसित भएका छन् । गर्मीयाममा धुलो झर्ने र वर्षातको समयमा चुहिने समस्याले व्यापारी आजित बनेका हुन् । १० वर्षदेखि सोही भवनको सटर […]

  • २ years अगाडि
कतारबाट फर्किएर कफी व्यवसाय

कतारबाट फर्किएर कफी व्यवसाय

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतदेखि पोखरा पुग्नु अगावै लुम्ले गाउँ आउँछ । मुटु काम्ने गरी चिसो हावा चल्ने भएरै होला, यस ठाउँलाई लिएर गायक तिलक बम मल्लले ‘मुटु छुने लुम्लेको हावाले’ बोलको गीत नै गाउनुभएको थियो । लुम्ले गाउँ गीतमा मात्रै सीमित छैन । कृषि, कृषि पर्यटन र कृषि अध्ययन गर्न चाहनेका लागि पनि लुम्ले गाउँ परिचित […]

  • २ years अगाडि
पाथीभरा पदमार्गमा अभियान्ताका ‘डस्टबिन’

पाथीभरा पदमार्गमा अभियान्ताका ‘डस्टबिन’

धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाइमा सहयोग गर्दै आएका सामाजिक अभियान्ताले पाथीभरा पदमार्गमा एक सय ५९ थान डस्टबिन राखेका छन् । हाम्रो अभियान नेपालसहितका छ ओटा सङ्घसंस्थामा आवद्ध सामाजिक अभियान्ताले बुधबार पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत काफ्ले पार्टीदेखि मन्दिरसम्म फोहर सङ्कलनका लागि डस्टबिन राखेका हुन् । मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति हुने र प्लाष्टिकजन्य वस्तुसहितका फोहर बढ्ने भएकाले […]

  • २ years अगाडि
दुई वर्षीया छोरीको हत्या गर्ने बाबु पक्राउ

दुई वर्षीया छोरीको हत्या गर्ने बाबु पक्राउ

बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा दुई वर्षीया छोरीको हत्या गर्ने आफ्नै बाबु पक्राउ परेका छन् । बुधबार साँझ सर्कुवाका २० वर्षीय सायर दिनले आफ्नै दुई वर्षकी छोरी आरिसा दिनको विभत्स हत्या गरेका थिए । घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेका बताइएको छ । टाउकोमा गहिरो चोट लागेकी आरिसाको घटनास्थलमा नै मृत्यु भएको […]

  • २ years अगाडि

लोकप्रिये