“पहिला–पहिला हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बदलिएको छ । नयाँ पुस्ताको चासो कम छ”, तनहुँको भानु नगरपालिका–१३ रयालेका गलबहादुर गुरुङले भन्नुभयो, “अहिले कतै–कतैमात्रै घाटु नचाएको पाइन्छ ।” बदलिँदो अवस्थाअनुसार नयाँ पुस्तामा संस्कृतिप्रति कम चासो भएकाले घाटु लोप हुँदै गएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहिला–पहिला घाटु नचाउँदा निकै उल्लासपूर्ण अवस्था हुन्थ्यो, अहिले त […]
परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राज चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुनुभएको छ । वेस्टमिन्स्टर एबेमा शनिबार आयोजित विशेष समारोहमा मन्त्री साउद सहभागी हुनुभएको हो । उहाँ शनिबार साँझ बकिङ्घम प्यालेसमा विदेशी प्रतिनिधिका लागि आयोजना गरिएको स्वागत समारोहमा पनि सहभागी हुनुभएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । अवसरमा मन्त्री साउदले समारोहमा उपस्थित विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्नुभएको […]
विभिन्न कार्यक्रम आयोजना गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ आज मनाइँदै छ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो । सरकारले विसं २०७३ मा पत्रकारिता दिवस राष्ट्रियरूपमै मनाउन मान्यता दिएपछि यो दिवस मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिकरूपमा […]
जुम्ला, २४ वैशाख (रासस) : मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो । यार्सा सङ्कलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन […]
काठमाडौँ, २४ वैशाख (रासस) : वरिष्ठ पत्रकारहरुले मुलुकको राजनीतिमा देखिएको अस्थिरताले पत्रकारिता क्षेत्रलाई व्यावसायिक र मर्यादित तुल्याउने मामिलामा विविध चुनौती खडा गरेको प्रतिक्रिया दिनुभएको छ । उहाँहरूले राजनीतिमा देखिएको विकृति र विसङ्गति नसङ्लिएसम्म पत्रकारिता क्षेत्रले ती समस्याको लामै समयसम्म सामाना गरिरहनुपर्ने देखिएको टिप्पणी गर्नुभयो । राष्ट्रिय पत्रकारिता दिवसका सन्दर्भमा रासससँग कुराकानी गर्दै वरिष्ठ पत्रकार खिलध्वज […]
काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अर्थ मन्त्री विष्णु पौडेलले द्धन्द्धकालका अयोग्य र स्वेच्छिक अवकासमा गएका जनमुक्ति सेनालाई २ लाख रुपैया दिने बजेट मार्फत व्यवस्था गरे । आर्थिक वर्ष २०७३÷०७४ सालको बजेट वक्तव्य मार्फत पौडेलले अयोग्य जनमुक्ति सेनालाई प्रतिव्यक्ति दुई लाख रुपैया दिने घोषणा गरे । तत्कालीन एमाले माओवादी संयुक्त सरकार हुँदा […]
नवलपुर जिल्ला अदालतले १६ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एकजनालाई ११ वर्ष कैद सजाय सुनाएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–९ का मोहन पुनलाई एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै सो सजाय सुनाएको जिल्ला अदालतका नायब सुब्बा सन्तोष सिग्देलले बताउनुभयो । “न्यायाधीश उमेशप्रसाद लुइँटेलकोे इजालासले बलात्कार कसुर ठहर गर्दै पुनलाई ११ वर्ष […]
सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर भएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । नेपाली सेनाले हेलिकोप्टरसहित ११ जना जनशक्ति उद्धारका लागि घटनास्थलमा खटाइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । हेलिकोप्टरमा सवार पाँच जनामध्ये तीन […]
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले रुग्ण उद्योग व्यवसायलाई कसरी उकास्ने भन्ने विषयमा सरकारले काम गरिराखेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “उद्योगी व्यवसायी आत्तिनुपर्ने अवस्था होइन । अहिलेको समस्या समाधान हुन्छ ।” उद्योगीको समस्या समाधानका लागि सरकारले […]
बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाको दुर्गम गाउँ नर्जाखानीका स्थानीयलाई आयआर्जनसँग जोड्नका लागि ‘एक घर एक प्लास्टिक टनेल’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । स्थानीय सरकारले तरकारी खेतीमा अग्रसर बनाउन सबै वडावासीलाई प्लास्टिक टनेल स्थापनाका लागि अनुदानमा वितरण गरेको छ । वडाका सबै घरमा टनेलमार्फत तरकारी खेती उत्पादन भएमा दुर्गम स्थानका नागरिकको जीवनस्तर वृद्धि गर्नेगरी तमानखोला गाउँपालिका–६ कार्यालयले […]
काठमाडौं । जल तथा मौसम बिज्ञानले आगामी मनसुन २०८० कस्तो हुन्छ भनेर सिजनल पूर्वानुमान गरेकाे छ । जस अनुसार आगामी वर्षायाममा देशको अधिकाम्स भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेकाे छ । यश वर्ष सरदर वर्षा ३५ देखि ५५ प्रतिशत रहेको छ । त्यसमा पनि सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा औसत […]
काठमाडौं । नेपाल चलचित्र नृत्य संघले विश्व नृत्य दिवसको अवसरमा विभिन्न स्रष्टालाई ‘राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान २०८०’ सम्पन्न गरेको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा गत शुक्रबार जमलस्थित राष्ट्रिय नाँचघरमा सम्पन्न उक्त कार्यक्रममा कला क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका फिल्मकर्मी एवम् कलाकर्मीहरुलाई ‘राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान २०८०’बाट विभूषित गरिएको हो । […]