सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माण गर्न लागिएको मिनि रङ्गशाला पाँच वर्ष पुग्दा पनि पूरा हुनसकेको छैन । विसं २०७६ मा निर्माण थालिएको मिनि रङ्गशाला निर्माण व्यवसायीले ढिलासुस्ती गर्दा पूर्णताः पाउन नसकेको हो । रङ्गशाला निर्माण भए सिन्धुपाल्चोक मात्रै नभएर आसपासका जिल्लाको फुटबल प्रतियोगिता गर्न आउँदा आम्दानीको स्रोतमा समेत वृद्धि हुने उद्देश्यले रु ४१ करोड ६२ लाखमा […]
सरकारले पदयात्रामा जाने विदेशी पर्यटकलाई पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड र ट्रेकिङ गाइड अनिवार्य गरेसँगै अनलाइनमार्फत टिम्स कार्ड लिने पदयात्री बढेका छन् । नेपाल पर्यटन वोर्ड, ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र पर्यटन क्षेत्रमा आबद्ध मजदुरको संयुक्त सङ्गठनको पहलमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई टिम्स कार्ड र गाईडबिना पदयात्रामा जान नपाउने नियम लागू […]
कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवक पाँच दिनपछि आज फेला परेका छन् । रामपुर नगरपालिका–४ स्थित कालीगण्डकीको कोप्चेघाटमा गत वैशाख १६ गते अपराह्न पौडी खेल्ने क्रममा २१ वर्षीय अभिषेक राउत बेपत्ता भएका थिए । खोजी कार्य गर्ने क्रममा आज बिहान रामपुर–४ वडभानस्थित कालीगण्डकी नदी किनारमा फेला पारेको इलाका प्रहरी कार्यालय रामपुरका निमिक्त […]
काठमाडौँ महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाले आज सूचना प्रकाशित गरी महानगरपालिका क्षेत्रभित्र काठमाडौँ महानगरपालिका विज्ञापन कर निर्देशिका, २०६४ र काठमाडौँ महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीति, २०७० मा भएको व्यवस्थाअनुसार मापदण्ड पूरा गरेका विज्ञापन दातालाई १५ दिनभित्र उल्लेखित निर्देशिकाले तोकेको मापदण्ड […]
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेको बेला रोल्पाको एक विद्यालयमा भने धान्ने नसक्ने गरी विद्यार्थीको चाप बढेको छ । रोल्पा सदरमुकाम लिवाङस्थित बालकल्याण माविमा चालु शैक्षिक सत्रमा करिब तीन हजार विद्यार्थी भर्ना भएका छन् । सो विद्यालयमा धान्ने मुस्किल हुने गरी विद्यार्थीको चाप बढेको छ । यहाँ नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुने गर्दछ । विद्यालयले […]
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि छिटफुट वर्षा भइरहेको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि […]
वीरगञ्ज, २१ वैशाख (रासस) : आयातकर्ताले जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन् । बजारमा सवारी साधनको माग घटेको र बैंकले समेत विलासिताकोे वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले नलग्दा सवारी साधन थन्किएका हुन् । आयात गरेका सवारी साधन व्यवसायीको शोरुम वा गोदममा हुनुपर्नेमा […]
बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२÷७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन । निकुञ्जका अनुसार ६४ गैँडा बुढो भएर र भिरबाट लडेर मरेका छन् भने १९ गैँडा दलदलमा फसेर र बाढीले बगाएर मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आपसमा जुधेर […]
पर्यटकीय क्षेत्र लिङ्गेश्वरमा पूर्वाधार निर्माण गरिँदै दोधारा चाँदनी, २१ वैशाख (रासस) ः कञ्चनपुरको बेदकोट नगरपालिकाले सिद्ध शिव लिङ्गेश्वरधामको विकासका लागि रु सात करोडका पूर्वाधार निर्माण गर्न लागेको छ । बेदकोट–४ स्थित चुरे पहाडको फेदमा सिद्ध शिव लिङ्गेश्वरधाममा ती पूर्वाधार निर्माण गर्न लागिएका हुन् । धार्मिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले केन्द्र सरकार र बेदकोट नगरपालिकाले संयुक्तरुपमा […]
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । सगरमाथा राजमार्गले छोएको तथा जिल्लाकै दोस्रो ठूलो वडा राजापानीमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलाप न्यून गर्न अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सातजनाको टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल […]
काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो । गत वर्ष साउनदेखि चैत मसान्तसम्म काँकडभिट्टा नाका भएर रु १७ करोड ६८ लाख ६८ हजार बराबरको १० हजार एक सय तीन मेट्रिक टन बन्दाकोभी भारत […]
काठमाडौं । रौतहटको मौलापुर नगरपालिका– ३ गम्हरिया स्थित एक विद्यालयको कक्षा कोठा तथा कम्पाउण्ड वाल निर्माण हुनेभएको छ । गम्हरिया माध्यमिक विद्यालयको १६ कोठे भवन तथा कम्पाउण्ड वाल निर्माणको आज शिलान्यास गरिएको छ । मौलापुर नगरपालिकाकी मेयर रिनाकुमार साहले एक कार्यक्रमका बीचमा शिलान्यास गरेकी हुन् । ३ करोड ६ लाखको लागतमा १६ कोठे भवन, कम्पाउण्ड […]