लमजुङको दोर्दी र त्यसका सहायक नदीमा उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्णरुपमा सञ्चालनमा आएको छ । विसं २०७८ को असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पु¥याएका चार वटा टावरको पुनर्निर्माण सम्पन्न गरी बिहीबारबाट प्रसारण लाइनलाई पूर्णरुपमा सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइन पूर्णरुपमा सञ्चालनमा […]
भोजपुरको रामप्रसाद राई गाउँपालिका-५ मानेभञ्ज्याङका स्थानीयको खानेपानीे समस्या अब समाधान हुनेभएको छ । तीन हजार दुई सय मिटर तलको पिखुवा खोलाको पानी लिफ्टिङ गरी मानेभञ्ज्याङमा पुर्याइएसँगै लामो समयदेखिको खानेपानी समस्या समाधान भएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरको रु दश करोड ५० लाख लागतमा पिखुवा खोला मानेभञ्याङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीयवासीलाई राहत […]
वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले सिकारी सरदार वंशु गुरुङको योगदानलाई राष्ट्रले सम्मान गर्नुपर्नेमा जोड दिएको छ । तनहुँ क्षेत्र नं २ का सांसद शङ्कर भण्डारीको नेतृत्वमा आएको उक्त प्रतिस्ठानको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको हो । प्रतिष्ठानले उहाँका नाममा हुलाक टिकट प्रकाशन गर्नसमेत माग गरेको […]
एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगाना नभएको बच्चाको जन्मदर्ता मावलीको थरबाट हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले एक सूचना जारी गरी उक्त व्यवस्था गरिएको जनाएको हो । त्यस्ता बालबालिकाको जन्मदर्ताका विषयमा थप प्रष्ट पारिदिन स्थानीय तहबाट अनुरोध भइ आएकाले दोहोरो दर्ता नहुने गरी उक्त व्यवस्था गरिएको विभागका महानिर्देशक रुद्र पण्डितले राससलाई जानकारी […]
मिछुर्लुङ गाउँमा खोलिएको मगर भिलेज रिसोर्ट यतिबेला पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित हुन थालेको छ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका सचिव प्रताप रानामगरले सञ्चालनमा ल्याउनुभएको उक्त रिसोर्टमा दैनिकजसो आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको खैरेनीटारबाट भिमाद हुँदै मिर्छुलुङ पुगिन्छ । खैरेनीटारबाट आठ किलोमिटर भिमाद बजार र त्यहाँबाट चार किलोमिटर यात्रा गरेपछि मिर्छुलुङ […]
मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका परीक्षार्थीका […]
सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून रहेको छ । प्रदेशमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेभन्दा बुस्टर डोज लगाउनेको सङ्ख्या आधा कम हो । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म कूल २२ लाख ३३ हजार आठ सय ३१ जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । तेस्रो तथा बुस्टर डोजको पहिलो मात्रा लगाउने सङ्ख्या दश […]
भरतपुर महानगरपालिका–२९ रु नौ करोडको लागतमा खानेपानी योजना सम्पन्न भएको छ । योजना सम्पन्न भएपछि यहाँका तीन सय ५० परिवार लाभान्वित भएका छन् । सङ्घीय सरकार र प्रदेश सरकारको रु पाँच करोड ९५ लाख, भरतपुर महानगरको रु एक करोड ७५ लाख तथा स्थानीयको रु ६२ लाख बराबरको श्रमदानबाट खानेपानी योजना निर्माण भएको हो । पाँच […]
राष्ट्रिय किताबखाना (निजामती)ले सरकारका उपसचिव र शाखा अधिकृत सरहका कर्मचारीलाई एक महिनाभित्र आफ्नो वैयक्तिक विवरण अद्यावधिक गर्न सूचना जारी गरेको छ । कर्मचारीको सरुवा, बढुवा, पुरस्कार र पदस्थापन विज्ञताका आधारमा मात्र गर्ने सरकारको तयारीपछि किताबखानाले उक्त सूचना जारी गरेको हो । किताबखानाका सूचना अधिकारी प्रकाशजङ्ग शाहीका अनुसार कर्मचारीको वैयक्तिक विवरण नभएका कारण पूर्णरुपमा विवरण अद्यावधिक […]
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ नाराका साथ ‘लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता’ सुरु भएको छ । नेकपा (एमाले) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीस्थित शान्तिदीपमा बालेको दीप प्रशिक्षक तथा ओलम्पियन चन्द्रबहादुर गुरुङ, विमला राना र मोहन घलेलाई हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गर्नुभयो । अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन […]
नयाँ वर्ष २०८० तथा बिस्केट जात्राको अवसरमा भक्तपुरमा आजदेखि ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज व्याण्डकोे आयोजना एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा सल्लाघारीस्थित नेपाल ट्रष्टको जग्गामा महोत्सव आयोजना गरिएको हो । भक्तपुर आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी महोत्वस आयोजना […]
दाङमा चालु आर्थिक वर्ष २०७९÷८० को फागुन मसान्तसम्ममा दुई सय ७३ उद्योग तथा फार्म बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योग तथा वाणिज्यतर्फ उद्योग तथा फार्म बन्द भएका हुन् । कार्यालय प्रमुख लालबहादुर गुरुङका अनुसार बन्द भएका फार्म एक सय ३० उद्योगतर्फ र एक सय ४३ वाणिज्यतर्फका रहेका छन् । […]