समाज

हुलाकी सडक निर्माण : पाँच पटक म्याद थप्दा पनि अधुरै

हुलाकी सडक निर्माण : पाँच पटक म्याद थप्दा पनि अधुरै

तीस महिनामा सक्नुपर्ने हुलाकी सडक निर्माण छ वर्ष वितिसक्दा पनि सम्पन्न हुनसकेको छैन् । कञ्चनपुरको डोकेबजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक निर्माणका लागि २०७३ फागुनमा सम्झौता भएको थियो । तर अझै २६ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । हुलाकी राजमार्ग योजना कार्यालयका इञ्जिनीयर दीपक सुनारले निर्माणमा ढिलासुस्ती भएको बताउनुभयो । “कोरोना महामारी, निकुञ्ज […]

  • २ years अगाडि
मोफसलमा बढ्दै चलचित्र गतिविधि

मोफसलमा बढ्दै चलचित्र गतिविधि

चलचित्रको गतिविधि प्रायः काठमाडौँ उपत्यकामा केन्द्रित छन् । चलचित्र प्रदर्शन अगाडि भने पत्रकार सम्मेलनका लागि मोफसलका केही सहरमा चलचित्रकर्मी पुग्ने गरेका छन् । प्रिमियर, घोषणालगायत कार्यक्रम काठमाडौं केन्द्रीत भइरहँदा शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘बहाव’को प्रिमियर भने कास्कीको पोखरामा हुने भएको छ । मोफसलका विभिन्न सहरमा व्यावसायिकरूपमा प्रिमियर नभएका होइनन् तर निर्माण पक्षले नै प्रचारप्रसारका लागि […]

  • २ years अगाडि
तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री ढकाल सम्मानित

तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री ढकाल सम्मानित

अष्ट्रियाको भियनास्थित नेपाली राजदूतावासले तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्र ढकाललाई सम्मान गरेको छ । खेलकुदको माध्यमबाट नेपाललाई विश्वसामु चिनाएको भन्दै दूतावासले बुधबार उहाँलाई सम्मान गरेको हो । सो अवसरमा राजदूत भरतकुमार रेग्मीले राजदूतावासमा नेपाली ढाका टोपी र खादा लगाएर सम्मान गर्नुभएको रेफ्री ढकालले बताउनुभयो । युरोपेली देशमा सञ्चालन हुने विश्व बरियताका खेलमा निर्णायकको भूमिकामा रहनुभएका ढकाल […]

  • २ years अगाडि
पोखरामा नववर्ष महोत्सव हुने

पोखरामा नववर्ष महोत्सव हुने

होटल सङ्घ पोखराको आयोजनामा यही चैत २९, ३० र वैशाख १ गते पोखरामा १८औँ फेवा नववर्ष महोत्सव हुने भएको छ । कोभिड–१९ लगायतका कारणबाट प्रभावित पर्यटन व्यवसायको पुनरुत्थान गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवरद्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । कोरोनाले प्रभावित पर्यटन बिस्तारै सकारात्मक हुँदै गएका अवस्थामा […]

  • २ years अगाडि
नेपाल प्रहरी र सनराइज बैंकबीच समझदारीपत्रमा हस्ताक्षर

नेपाल प्रहरी र सनराइज बैंकबीच समझदारीपत्रमा हस्ताक्षर

नेपाल प्रहरी र सनराइज बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी– सनराइज बैंक छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले समझदारीपत्र आदान–प्रदान गर्नुभएको थियो । उक्त समझदारीपत्रमा नेपाल प्रहरीका तर्फबाट प्रहरी प्रधान कार्यालय कल्याण […]

  • २ years अगाडि
पर्यटकीय गाजादहको उजाड क्षेत्रमा ओखरको वन बनाउने प्रयास

पर्यटकीय गाजादहको उजाड क्षेत्रमा ओखरको वन बनाउने प्रयास

बागलुङको जैमिनी नगरपालिका–३ दमेकमा रहेको पर्यटकीय गाजादह क्षेत्रका किसानले आयआर्जन र पर्यटन प्रवद्र्धनका लागि ओखरको वन बनाउने प्रयास थालेका छन् । नौला गाउँ र गाजादहको सुक्खा र उजाड जमिन हरियाली बनाउने प्रयास थालिएको हो । नौला र गाजादह क्षेत्रका किसानले दाँते ओखरको व्यावसायिक खेती थालेपछि उजाड जमिन हरियाली बन्दै छ । हुर्किदै गरेका ओखरका बिरुवाले […]

  • २ years अगाडि
सामुदायिक क्याम्पसमा राज्यको लगानी बढाउन माग

सामुदायिक क्याम्पसमा राज्यको लगानी बढाउन माग

जनस्तरबाट सञ्चालित सामुदायिक क्याम्पसका लागि राज्यले लगानी बढाउनुपर्ने माग गरिएको छ । नेपाल पब्लिक क्याम्पस सङ्घको आसन्न १५औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा सामुदायिक क्याम्पसको सञ्चालनका लागि प्रादेशिक र केन्द्रीयस्तरमा पब्लिक विश्वविद्यालय स्थापना हुनुपर्नेमा पनि जोड दिइएको छ । सङ्घका गण्डकी प्रदेश संयोजक एवं तनहुँको आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हडखलेले उच्चशिक्षा […]

  • २ years अगाडि
परम्परा जोगाउँनकै लागि फेरी

परम्परा जोगाउँनकै लागि फेरी

परम्परागतरूपमा घरघरमा लगाउने गरिएको फेरी लोप हुँदै जान थालेको छ । कात्तिक,माघ तथा चैत, महिनामा गाउँघरमा रोगव्याध लाग्न नदिन र भूत–प्रेत, हटाउन रातको समयमा घर–घरमा गएर शङख फुक्दै फेरी९फिरी०लगाउने जोगीको पेसा विस्तारै लोपहुँदै जान थालेको हो । भोजपुरको दिङला र ओखलढुङगाको लिखुखोलाबाट मोरङको पथरी तथा कानेपोखरी क्षेत्रमा बसाइँ सरेर झरेका केही जोगी भने परम्परागत व्यवसाय […]

  • २ years अगाडि
मकवानपुरमा खोरेत रोग विरुद्धको खोप लगाउन सुरु

मकवानपुरमा खोरेत रोग विरुद्धको खोप लगाउन सुरु

हेटाँैडा उपमहानगरपालिकासहित मकवानपुरको १० स्थानीय तहका पशुहरुमा खोरेत रोग विरुद्धको खोप लगाउन सुरु भएको छ । सङ्घीय र प्रदेश सरकारको आर्थिक र प्राविधिकसहित औषधि सहयोगमा १० वटै स्थानीय तहका पशुमा लाग्ने खोरेत रोगविरुद्ध खोप लगाउने कार्य सुरु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका प्रमुख डा व्रजकिशोर ठाकुरले […]

  • २ years अगाडि
बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

धुर्मुस–सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन गर्न नसकेर अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारले बनाउने भएको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले रङ्गशाला बनाउने निर्णय गरेसँगै रङ्गशाला बन्नेमा स्थानीय आशावादी भएका हुन् । भरतपुर महानगरपालिकाले फाउण्डेशनलाई निर्माणका लागि सम्झौता गरेको भएपनि ठूलो रकम बक्यौता तीर्नुपर्ने अवस्था आएपछि फाउण्डेशन पछाडि हटेसँगै सरकार आफैँले निर्माण गर्न लागेको हो । […]

  • २ years अगाडि
टिमुरे सुख्खा बन्दरगाह निर्माणले गति लिँदै

टिमुरे सुख्खा बन्दरगाह निर्माणले गति लिँदै

रसुवागढी नाका अन्तरगत टिमुरेको भोटेकोसी बगरमा निर्माण भइरहेको सुख्खा बन्दरगाह निर्माण कार्य धमाधम अगाडि बढेको छ । पहिलो चरण अन्तरगत फलामे रड तथा सिमेन्ट कङ्क्रिटको माध्यमबाट पिलर(खम्बा) वाल निर्माण गरी भोटेकोसी नदीमा तटबन्ध गर्ने काम तीव्ररूपले अगाडि बढेको हो । चीन सरकारको सहयोगमा विगत चार वर्ष अगाडिदेखि निर्माण शुरू गरिएको सुख्खा बन्दरगाहको निर्माणकार्य तिब्वत फुल्ली […]

  • २ years अगाडि
आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री शाह

आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अहिलेको अवस्थामा आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण बन्दै गएको बताउनुभएको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुरमा आज प्रादेशिक आयुर्वेद चिकित्सालय भवनको उद्घाटन गर्दै उहाँले दिन प्रतिदिन आयुर्वेद चिकित्सा प्रणालीतर्फ सबैको आस्था बढ्दै गएको बताउनुभयो । उहाँले प्रदेश सरकारले प्रादेशिक आयुर्वेद चिकित्सालयका लागि आवश्यक बजेट विनियोजन गरी संरचनात्मक र आवश्यक जनशक्तिको व्यवस्था […]

  • २ years अगाडि

लोकप्रिये