समाज

काभ्रे डाँडापारि : सुत्केरी हुन हेलिकोप्टरकै भर

काभ्रे डाँडापारि : सुत्केरी हुन हेलिकोप्टरकै भर

महाभारत पर्वत शृङ्खला (डाँडापारि) पारि अवस्थित महाभारत गाउँपालिका–७ बनखुको २१ वर्षीया गर्भवती कविता मोक्तानलाई सोमबार हेलिकोप्टरबाट काठमाडाँै लगियो । ‘सुत्केरी ब्यथा’ लागेपछि शनिबार स्थानीय ‘बर्थिङ सेन्टर’मा भर्ना भएकी उनलाई उच्च रक्तचापका कारण त्यहाँ सुत्केरी गराउन समस्या भएपछि काठमाडौँ लगिएको हो । मोक्तानलाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत निःशुल्क हेलिकप्टरबाट काठमाडौँ थापाथलीस्थित प्रसूतिगृहमा लगिएको हो । जिल्लाको […]

  • २ years अगाडि
कर्णालीमा प्रदेशः एकीकृत बस्ती विकास गरिँदै

कर्णालीमा प्रदेशः एकीकृत बस्ती विकास गरिँदै

कर्णाली प्रदेश सरकारले एकीकृत बस्ती निर्माण गर्ने गरी योजना बनाएको छ । भौगोलिकरूपमा विकट, छरिएर रहेको, सार्वजनिक सेवा सुविधा पु¥याउन र प्राप्त गर्न कठिनलगायतका स्थानमा रहेका बस्तीको पहिचान गरी एकीकृत बस्ती विकास गर्ने प्रदेश सरकारको योजना छ । यसैगरी विपद्को उच्च जोखिममा रहेको वा क्षतिका कारण सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बस्तीको पहिचान गरी एकीकृत बस्तीमा […]

  • २ years अगाडि
पन्ध्र दिनमै भत्कियो कालोपत्र सडक

पन्ध्र दिनमै भत्कियो कालोपत्र सडक

कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं ‘ए’ मा ‘स्मार्ट सिटी’अन्तर्गत निर्माण भइरहेको कालोपत्र सडक १५ दिन नपुग्दै भत्किन थालेको छ । पटक–पटक निर्माण अवधि थपेर निर्माण कम्पनी महालक्ष्मी÷एमके जेभीले कालोपत्र गर्न सुरु गरेको उक्त सडकको १५ दिन नपुग्दै कालोपत्र उप्किन थालेकोे स्थानीय नन्दसिंह विकले बताउनुभयो । “कम्पनीले काम सुरु गरेदेखि नै काममा लापरवाही गर्दै आएको थियो […]

  • २ years अगाडि
‘ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर छ’

‘ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर छ’

मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवले पर्साको ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर रहेको बताउनुभएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्सा वीरगञ्ज तथा ठोरी गाउँपालिकाद्वारा सोमबार ठोरीमा आयोजित ठोरीको पर्यटन प्रवद्र्धनमा सरोकारवालाको भूमिका तथा सम्मान कार्यक्रममा उहाँले ठोरीलाई प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गुरु योजना […]

  • २ years अगाडि
दमौलीको फोहर पुनः भतेरीमा

दमौलीको फोहर पुनः भतेरीमा

तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रबाट निस्कने फोहरलाई पुनः व्यास नगरपालिका–३ मादी भतेरीमा विसर्जन गरिने भएको छ । मादी नदीका कारण भतेरी कटानमा परेपछि हाल बुद्धसिं मार्गअन्तर्गत व्यास–१३ सोढेमा फोहर फालिँदै आएकामा नगरपालिकाले पुनः भतेरीमा नै फोहर विसर्जन गर्ने तयारी गरेको हो । बुद्धसिंमार्गमा फोहर फालिँदा यहाँ भएर यात्रा गर्ने यात्रु र सर्वसाधारणलाई दुर्गन्ध भएपछि स्थानीयको […]

  • २ years अगाडि
महाकालीपारि सर्पदंशको उपचार सेवा

महाकालीपारि सर्पदंशको उपचार सेवा

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित दोधारा प्राथमिक स्वास्थ्य केन्द्रले सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति पाएको छ । सो केन्द्रलाई सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार अनुमति दिएको हो । सर्पदंश उपचारका लागि अनुमति पाएसँगै स्वास्थ्य केन्द्रमा सर्पदंशका बिरामीलाई सेवा प्रदान गरिने निमित्त प्रमुख डा राजेश जोशीले बताउनुभयो […]

  • २ years अगाडि
दिक्तेल बजारमा ‘जेब्राक्रस’ तथा ‘स्पिड ब्रेकर’ निर्माण

दिक्तेल बजारमा ‘जेब्राक्रस’ तथा ‘स्पिड ब्रेकर’ निर्माण

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न ठाउँमा पैदलयात्रु आवतजावत गर्ने स्थान (जेब्राक्रस) तथा तीव्रगति नियन्त्रण गर्ने स्थल (स्पिड ब्रेकर) निर्माण सुरु गरिएको छ । बढ्दो सवारी चापका कारण हुनसक्ने दुर्घटनालाई न्यूनीकारण गर्ने उद्देश्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको सहकार्यमा ती काम थालिएको हो । दिक्तेल बजारस्थित किरात चोकमा […]

  • २ years अगाडि
डिजेल लिटरमा १० रुपैयाँले र पेट्रोल लिटरमा ३ रुपैयाँले घटाउने निगमकाे निर्णय

डिजेल लिटरमा १० रुपैयाँले र पेट्रोल लिटरमा ३ रुपैयाँले घटाउने निगमकाे निर्णय

काठमाडौं । नेपाल आयल निगमले प्रतिलिटर डिजेल १० र पेट्रोल ३ रुपैयाँले मूल्य घटाउने भएकाे छ । साेमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१०  रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेकाे छ भने खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको छ । यसअघि डिजेल र […]

  • २ years अगाडि
राष्ट्रिय वन प्राविधिक सञ्जालको ऐतिहासिक दोस्रो राष्ट्रिय अधिबेशन उद्घाटन

राष्ट्रिय वन प्राविधिक सञ्जालको ऐतिहासिक दोस्रो राष्ट्रिय अधिबेशन उद्घाटन

काठमाडौं । नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जालको ऐतिहासिक दोस्रो राष्ट्रिय अधिबेशन उद्घाटन  भएको छ । अधिबेशनमा अध्यक्ष रामहरी पन्त, प्रमुख अथिती पुर्ब सभामुख  उपाध्यक्ष अग्नि सापकोटा उपस्थित रहेका छन् । त्यस्तै विशेष अतिथिमा उर्जा मन्त्री शक्ति बस्नेत,पुर्व वन मन्त्री विशाल खड्का,पार्टी वन बिभाग सुनिल मानन्धरले आफ्नाे मन्तव्य राख्नु भएकाे छ । अधिबेशनबाट नयाँ नेतृत्व चयन […]

  • २ years अगाडि
भारतीय चलचित्रमा नेपाली कलाकार देख्न चाहन्छुः निर्देशक द्विवेदी

भारतीय चलचित्रमा नेपाली कलाकार देख्न चाहन्छुः निर्देशक द्विवेदी

भारतीय चलचित्र निर्देशक डा चन्द्रप्रकाश द्विवेदीले नेपाली कलाकारलाई आफूले भारतीय चलचित्रमा देख्न चाहेको बताउनुभएको छ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आइतबार साँझ आयोजना गरेको अन्तरक्रियामा उहाँले नेपाल र भारतबीच भाषा र संस्कृतिमा धेरै समानता रहेको भन्दै नेपाली कलाकारले भारतीय चलचित्र क्षेत्रमा काम गर्न सक्ने धारणा राख्नुभयो । “भारतमा विभिन्न देशबाट आएर चलचित्र क्षेत्रमा स्थापित भएका […]

  • २ years अगाडि
योजना समयमै कार्यान्वयन गरिने

योजना समयमै कार्यान्वयन गरिने

कर्णालीका स्थानीय सरकारले बजेट कार्यान्वयनलाई तीव्रता दिएका छन् । चालु आर्थिक वर्षको आठ महिना पूरा भइसकेकाले स्थानीय तह विकास निर्माणका योजना कार्यान्वयन गर्र्न केन्द्रित भएका हुन् । हालसम्म करिव ६५ प्रतिशत बजेट कार्यान्वयन भइसकेको सम्बद्ध जनप्रतिनिधिहरूको भनाइ छ । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख गणेशकुमार शाहीले असारे विकास योजनाहरू कार्यान्वयन नहुने भएकाले असारअगावै योजना कार्यान्वयन गरिसक्ने […]

  • २ years अगाडि
भूपू सैनिक सम्मेलन मध्य पूर्वी पृतनामा सुरु

भूपू सैनिक सम्मेलन मध्य पूर्वी पृतनामा सुरु

नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टर मातहतका आठ जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी ‘भूतपूर्व सैनिक सम्मेलन–२०७९’ यहाँ सुरु भएको छ । सम्मेलन जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा भएको हो । प्रधानसेनापति प्रभुराम शर्माले महोत्तरीस्थित सेनाको मध्य पुर्वी पृतना, बर्दिबास सैनिक शिविरमा आज आयोजित विशेष समारोहबीच सम्मेलन उद्घाटन गर्नुभयो […]

  • २ years अगाडि

लोकप्रिये