जनताको रहर, हरित सहर’ कार्यक्रमअन्तर्गत भरतपुरका सडकमा वृक्षरोपण गरिएको छ । भरतपुरको बाइपास सडकअन्तर्गत विशालचोकबाट मालपोतचोकसम्मको ‘डिभाइडर’मा वृक्षरोपण गरिएको हो । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले वृक्षरोपण शुभारम्भ गर्नुभयो । सो क्रममा उहाँले भरतपुरका सयौँ किलोमिटर सडकलाई सौन्दर्यकरण गर्न प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । महानगरले ‘एक घर दुई बिरुवा’को नीति लिएर […]
घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले अनलाइन प्रणालीबाट सेवा प्रवाह सुरु गरेको छ । कार्यालय परिसरमा आज आयोजिक एक कार्यक्रमका बीच कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले कार्यालयको उद्योग तथा वाणिज्य प्रशासन प्रणाली (आसिएएस)को शुभारम्भ गर्नुभयो । अनलाइनको मध्यमबाट सेवा प्रवाह छिटो–छरितो र सुशासन कायम गर्न झापाबाट उद्योग तथा वाणिज्य प्रशासन प्रणालीको सुरुआत […]
महाकाली लोकमार्गअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्म ट्र्याक खोल्न निर्माण व्यवसायीले ठेक्का पाए पनि काम भने अगाडि बढ्न सकेको छैन । ठेक्का पाएको दुई वर्ष बितिसक्दा पनि ट्र्याक खोल्नुपर्ने क्षेत्रमा रुख कटानको आदेश नआएकाले काममा असर परेकोे हो । महाकाली करिडोरको शून्य बिन्दु (कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्म १५ किमी) ट्र्याक खोल्ने कामको ठेक्का लिएको दुई वर्ष […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले तीन महिनामा महत्वपूर्ण काम सम्पादन गरेर जनतामा आशा जगाउन सफल भएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले थिति बसाल्न तीन महिनामा महत्वपूर्ण काम भएको बताउनुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो, “बेथितिहरू अन्त्य गर्न र […]
अपाङ्गता भएका बालबालिकाको अध्यापन प्रभावकारी बनाउनका लागि विद्यालयस्तरमा प्रविधियुक्त शिक्षण विधि अपनाइएको छ । शारीरिक, बौद्धिक, दृष्टि तथा हेराइ र सुनाइसम्बन्धी अपाङ्गता भएका बालबालिकाको प्रारम्भिक कक्षाको शिक्षण सुधारका लागि शैक्षिक विधिमा थप परिस्कृत गर्न प्रविधियुक्त शिक्षण विधि अपनाइएको जनाइएको छ । स्थानीय तह तथा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधिमूलक संस्थाले उपलब्ध पहुँचयुक्त शैक्षिक सामग्रीको उपयोग कार्यक्रम […]
सरकारले आगामी वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका लागि लिइने श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाट गर्न सकिने व्यवस्था गरेको छ । अहिले नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट भइरहेको छ । अनलाइनबाट आफँै श्रम स्वीकृतिका लागि आवेदन दिन नसक्नेले भने वैदेशिक रोजगार कार्यालय आसपास रहेका सेवा प्रदायकबाट शुल्क तिरेर सेवा लिँदै आएका छन् […]
भक्तपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक चालकको मृत्यु भएको छ । भक्तपुर सूर्यविनायक नगरपालिका-९ पलासे चोकमा प्रदेश ३-०२-०१० प ६८९० नम्बरको मोटरसाइकल आज अनियन्त्रित भइ दुर्घटना हुँदा स्थानीय २४ वर्षीय निश्चल महत घाइते भएका थिए । दुर्घटनामा घाइते भएका महतलाई सुरुमा सूर्यविनायक नगर अस्पतालमा उपचारका लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि महतलाई मध्यपुर अस्पतालमा […]
इलाम कारागारबाट एक थुनुवा फरार भएका छन् । झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई फरार भएका हुन् । इलाम कारागार देशकै नमूना सुधारगृहका रुपमा परिचित भए पनि यहीबाट थुनुवा फरार भएकाले घटनालाई आश्चार्यको रूपमा लिइएको छ । बिहीबार साँझ साढे ५ बजेपछि कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेकाले […]
देशैभर आजदेखि भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कर्णालीबाट ३८ हजार नौ सय ७० परीक्षार्थी सहभागी भएका छन् । प्रदेशको शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालका अनुसार यहाँका दश जिल्ला गरी १९ हजार तीन सय एक छात्र र १९ हजार तीन सय ७९ छात्राले परीक्षा दिइरहेका छन् । आज बिहान ८ बजेदेखि सुरु भएको एसइईमा […]
आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा हुम्लाका छ वटा परीक्षा केन्द्रमा एक हजार २३४ परीक्षार्थी सहभागी भएका छन् । जिल्लाबाहिर अध्ययन गर्दै आएका विद्यार्थीहरू कोरोना महामारीपछि जिल्ला फर्किएपछि यसपटक परीक्षार्थीको सङ्ख्या बढेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तिलक भट्टराईले जानकारी दिनुभयो । हुम्लाको सिमकोट गाउँपालिकाका २ केन्द्र बालमन्दिर माविमा दुई सय ५६ जना […]
ठूलो फाँट छेउको ओदानडाँडाको स्वरुप पछिलो दुई वर्ष यता फेरिएको छ । धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ केही समयअघिसम्म गुमनाम रहेको ओदानडाँडा स्थानीयका सक्रियतामा पूर्वाधार र प्रचारप्रसारपछि चर्चामा आएको छ । आकाशबाट खसेको प्राकृतिक ओदान संरक्षण गरेर राखिएको स्थानलाई अहिले पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ पछिल्लो दुई वर्षयता थुप्रै पर्यटकीय पूर्वाधार थपिएपछि ओदानडाँडाको चर्चा चुलिन […]
कैलालीको टीकापुरमा नगरपालिकाले निर्माण गरेको बायो ग्यास प्लान्ट एक वर्षदेखि अलपत्र परेको छ । सामुदायिक छाडा चौपाया व्यवस्थापन गर्ने र त्यही चौपायाको गोबरबाट ग्यास उत्पादन गरेर विपन्न ५५ घरधुरीका लागि पाइप लाइनबाट घरमै ग्यास पु¥याउने भनिए पनि गोबरको अभाव र निर्माण कम्पनीले प्लान्ट नगरपालिकालाई हस्तान्तरण गर्न नसक्दा अलपत्र परेको हो । खोटेना भुराखानी सामुदायिक वनमा […]