चितवनका धार्मिक तथा पर्यटकीयस्थल विक्रमबाबा, सोमेश्वरगढी र गोद्धकमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यी शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो । चैतेदेशैँको नवरात्र सुरु भएदेखि नै यहाँ नेपालका विभिन्न जिल्ला र भारतबाट समेत भक्तजन आएका छन् । हरेक वर्ष चैतेदशैँमा मनाइने विक्रमबाबा मेला एक साता अघिदेखि सुरु भएको […]
सरकारले दीर्घरोगीलाई रु पाँच हजार राहत दिने निर्णय गरेको भए पनि पाउन सकेका छैनन् । मासिक उपलब्ध गराउने राहत रकम नपाउँदा लाभग्राही निराश बनेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ भदौ २५ गते दीर्घरोगीलाई मासिकरूपमा रु पाँच हजार रकम दिने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७८ चैत २८ गते परिपत्र गर्दै […]
नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा […]
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताउनुभएको छ । बनेपा नगरपालिकाको ४२औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा उहाँले साना आयोजनामा नअल्झिन सुझाव दिनुभयो । मुख्यमन्त्री जम्मकट्टेलले समाजले खोजेअनुसारका विकासका काम गर्न सबैलाई आग्रह गर्नुभयो । “वडादेखि केन्द्रसम्म समाज झल्कने प्रतिनिधित्व रहेकाले खोजेको अनुसारको विकास हुँदै गएको छ”, उहाँले भन्नुभयो । […]
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ५८ वटा कम्पनीको ४० लाख ७७ हजार सात सय ७८ कित्ता शेयर ३५ हजार नौ सय २६ पटक खरिदबिक्री […]
गृहमन्त्रालयका सहसचिव केदारनाथ शर्मा नेतृत्वको टोलीले आज आन्दोलनरत मिटर ब्याजी पीडतसँग घेटघाट गरी समस्या समाधानका विषयमा छलफल गरेको छ । भेटमा मिटर ब्याजी समस्या समाधानका लागि सरकार गम्भीर रहेको उल्लेख गर्दै शर्माले पीडितलाई आश्वस्त पार्नुभएको थियो । सहसचिव शर्माले पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन स्थगित गर्न आग्रह गर्नुभएको थियो । “यस विषयमा सरकार […]
रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त संयोजनमा शिवपुरीमा सञ्चालित आठौँ संस्करणको राष्ट्रिय सुरक्षा तालिम सम्पन्न भएको छ । शिवपुरीस्थित सेनाको ‘आर्मी कमान्ड एन्ड स्टाफ कलेज’मा आयोजना भएको १५ दिनको तालिम आज समापन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तालिम समापनको घोषणा गर्दै सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तालिममा राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, रक्षा नीति […]
निर्माण सुरु भएको २३ वर्ष पुग्दा पनि धनकुटाको शहीदभूमि गाउँपालिकाको शहीद उद्यान निर्माण समपन्न हुन सकेको छैन । विसं २०६६ देखि तत्कालीन शान्ति मन्त्रालयको रु एक करोड लागतमा २०३६ सालको छिन्ताङ हत्याकाण्डमा सहादत प्राप्त १६ शहीदको सम्झनामा उक्त उद्यान निर्माण थालिएको हो । शहीदभूमि–२ र ३ को पातलडाँडामा क्रमागत योजनाअन्तर्गत निर्माण सुरु गरिएको उक्त उद्यानको […]
पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा कोरोना महामारीपछि पहिलो पटक रामनवमी मेला सुरु भएको छ । विसं २०३३ देखि वार्षिकरुपमा हुँदै आएको मेला कोरोना माहामारीका कारण सञ्चालन हुन सकेको थिएन । मेलाका संयोजक खड्कबहादुर पुलामीका अनुसार मेलामा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र रु दुई करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । एक सय स्टल […]
व्यवसायीले खरिद गरेको करिब आठ सय टन जडीबुटी समयमा भारत निकासी नहुँदा कुहिने अवस्थामा पुगेको छ । विभिन्न १६ प्रकारका जडीबुटी भारतीय प्लान्ट क्वारेन्टिनले सूचीकृत नगरेका कारण नेपालगञ्ज, भैरहवा र कृष्णनगर नाकामा थन्किएको छ हो । जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्माका अनुसार यी नाकामध्ये सबैभन्दा बढी नेपालगञ्जबाट जडीबुटी भारत निकासी हुने गरेको छ । […]
राजधानीमा जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितका लागि १०६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँँदै १०५ रनको योगपफल बनायो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३९ रनको योगदान दिइन् । उनले […]
रकम अभावमा उपाचार गराउन नसक्नेलाई सहयोग गर्ने उद्देश्यले स्थापित ‘सहयोगी हातहरु’ नामक संस्थाको कोषमा रु ५७ लाख जम्मा भएको छ । इलाममा आर्थिक स्थिति कमजोर भइ उपचार गराउन नसक्नेका लागि सहयोग गर्न संस्था स्थापना गरिएको हो । संस्थाले अक्षयकोष स्थापना गरेर आर्थिक सहयोग वितरण गर्दै आएको छ । संस्थामा अक्षय कोषमा रु ५७ लाख ५५ […]