कोशीले मधेस प्रदेशलाई दियो १०६ रनको लक्ष्य

  • मिसन संवाददाता
  • मङ्लबार, चैत्र १४, २०७९ २१:५८
कोशीले मधेस प्रदेशलाई दियो १०६ रनको लक्ष्य

राजधानीमा जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितका लागि १०६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँँदै १०५ रनको योगपफल बनायो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३९ रनको योगदान दिइन् । उनले ३८ बल खेल्दै छ चौकाको मद्दतमा ३९ रन बनाइन । त्यसैगरी काजल श्रेष्ठले २२, अप्सरी बेगमले १९ तथा स्मृति कटुवालले १० रन बनाइन । बलिङतर्फ मधेश प्रदेशकी सन्तोषी चौधरी, अमिरन निसा र अमिसा पटेलले समान दुई÷दुई विकेट लिए । आजको खेलमा कोशी प्रदेश विजयी भए फाइनलमा पुग्नेछ । मधेस प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

  • मिसन संवाददाता
  • मङ्लबार, चैत्र १४, २०७९ २१:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट