समाज

दिवा खाजाको व्यवस्थापन गर्न समस्या

दिवा खाजाको व्यवस्थापन गर्न समस्या

मुठ्ठीदान र दाताको भरमा सञ्चालित धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरकारको दिवा खाजा पाएका छैनन् । मेचीनगर–१५ मा सञ्चालित ओमकारेश्वर संस्कृत गुरुकुलका प्राचार्य निरोज खनालले कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेका गुरुकुल विद्यालयमा दिवा खाजाको व्यवस्था नगरेकामा गुनासो गर्नुभयो । भोजनका रूपमा बिहान र बेलुका दाल, भात र रोटी खाने गरेका त्यहाँका विद्यार्थी गुरुकुल छेवैको मन्दिरमा भक्तजनले चढाउने […]

  • २ years अगाडि
‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ कार्यान्वयनमा

‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ कार्यान्वयनमा

म्याग्दीको मङ्गला गाउँपालिकाले सुत्केरीलाई कुखुराको भाले उपहार दिन थालेको छ । ‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’मार्फत भाले उपहार दिन थालेको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख लेखनाथ रोकाले शिशु र आमाको पोषण तथा स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति हुनेलाई कुखुराको भाले उपहार दिन थालिएको बताउनुभयो । “गर्भ र सुत्केरी परीक्षण गराई बच्चा र आमाको […]

  • २ years अगाडि
विराट गोल्डकपः  एपिएफ विजयी

विराट गोल्डकपः एपिएफ विजयी

विराटनगरको सहिद रङ्गशालामा भएको विराट गोल्डकप फुटबल प्रतियोगितामा अन्तर्गत शनिबार रातिको खेलमा साविक विजेता एपिएफ क्लब विजयी भएको छ । उक्त खेलमा एपिएफले भुटानको ड्रुक लुयल फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयसम्म एक–एक गोलको बराबरीमा रहेको खेलमा एपिएफले दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत गोली गरी २–१ को अग्रता […]

  • २ years अगाडि
राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’

राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’

राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन् । जसले गर्दा आवतजावतमा पनि समस्या छ भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ । “आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले पनि उत्तिकै समस्या पार्छ”, सल्यानबाट दाङ आउँदै गर्नुभएका यात्रु रुद्रबहादुर रेउलेले भन्नुभयो, […]

  • २ years अगाडि
भूपु सैनिकको जीवन सहज तुल्याउन कल्याणकारी कोष : प्रधानसेनापति

भूपु सैनिकको जीवन सहज तुल्याउन कल्याणकारी कोष : प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले भूपु सैनिकको जीवन सरल, सहज र सुखी तुल्याउन कल्याणकारी सेवामार्फत विभिन्न प्रयास भइरहेको बताउनुभएको छ । नेपाली सेनाको ३ नं बाहिनी खैरेनीटारमा आज आयोजित कार्यक्रममा उहाँले नेपाली सेना भूपु सैनिक सङ्गठनको प्रतिनिधिपात्र भएकाले सवल, सक्रिय र स्वावलम्बी भएको हेर्न चाहेको धारणा व्यक्त गर्नुभयो । प्रधानसेनापति शर्माले भन्नुभयो, “हिताधिकारीको चाहाना र आकाङ्क्षा असीमित […]

  • २ years अगाडि
रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै

रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै

रुकुमपश्चिममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत जिल्लाभर ९२ पक्की विद्यालय भवन निर्माण भइरहेका छन् । चालु आर्थिक वर्ष २०७९÷८० को असार मसान्तसम्म निर्माणकार्य सम्पन्न गर्ने गरी निर्माणकार्य भइरहेको हो । छ स्थानीय तह मिलेर बनेको रुकुमपश्चिममा तीन गाउँपालिका र तीन नगरपालिका छन् । त्यसमा सबै स्थानीय तहमा अहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छनोट भएका पक्की विद्यालय […]

  • २ years अगाडि
दाइजो मुद्दाका आरोपी डा.चौधरी जेलमुक्त

दाइजो मुद्दाका आरोपी डा.चौधरी जेलमुक्त

महोत्तरीको चर्चित दाइजो मुद्दाका आरोपी डाक्टर पङ्कज चौधरी जेलमुक्त भएका छन् । पत्नी नेहा चौधरीले दाइजोमा पति डा चौधरीले काठमाडौँमा घर किनिदिन भनेको भन्दै महोत्तरी जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेपछि गत पुस २२ गते महोत्तरी जिल्ला अदालतको आदेशमा डा चौधरी पुर्पक्षमा जलेश्वर कारागार गएका थिए । जिल्लाकै रामगोपालपुर नगरपालिका–५ घर भएका डा चौधरीलाई उच्च […]

  • २ years अगाडि
दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा खण्डमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–१० होराइजन चोकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु७२प ७३९२ नंको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको लु१क ५३५ नंको बसमा ठोक्किएर अनियन्त्रित भई भैरहवाबाट बुटवलतर्फ आउँदै गरेका लु१७प ३७६२ र लु६प ६०२ नंका मोटरसाइकलमा ठोक्किएर दुर्घटना भएको […]

  • २ years अगाडि
आर्थिक अभावले आइसियु सञ्चालनमा समस्या

आर्थिक अभावले आइसियु सञ्चालनमा समस्या

दक्ष जनशक्ति व्यवस्थापनका लागि आर्थिक अभाव देखिएपछि भोजपुरको जिल्ला अस्पतालमा तयारी अवस्थामा रहेको सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा आउन सकेको छैन । जनशक्ति व्यवस्थापनका लागि आर्थिक सहयोग गर्न जिल्ला अस्पतालले भोजपुरका स्थानीय तहहरुलाई आह्वानसमेत गरेको छ । अस्पतालका प्रमुख चिकित्सक शिवजी रिजालसहितका स्वास्थ्यकर्मीले भोजपुरमा रहेका पालिका प्रमुख तथा उपप्रमुखलाई भेटेर सञ्चालनमा आउन नसकेको आइसियु […]

  • २ years अगाडि
चलचित्रमा रङ्ग पत्रकार

चलचित्रमा रङ्ग पत्रकार

पत्रकारिता हुँदै चलचित्र निर्माण, निर्देशन तथा लेखनमा केही वर्षयता नयाँ पुस्ताका पत्रकारको उपस्थिति बढ्दो छ । पछिल्लो समयमा पत्रकारितासँगै गीत लेख्ने पनि उत्तिकै छन् । समीक्षक हुँदै निर्देशक बनेका पत्रकार दीपेन्द्र लामाले आफ्नो पाँचाँै चलचित्र ‘नाङ्गो गाउँ’ को छायाङ्कन आजदेखि सुरू गर्नुभएको छ । एक महिनाको तालिका बनाएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, कार्म लगायतको […]

  • २ years अगाडि
‘क्षयरोगमुक्त काभ्रेपलाञ्चोक’ अभियान सुरु

‘क्षयरोगमुक्त काभ्रेपलाञ्चोक’ अभियान सुरु

‘क्षयरोगमुक्त काभ्रेपलाञ्चोक’ निर्माणका लागि जिल्लास्तरीय अभियान सुरु गरिएको छ । त्यसका लागि जिल्ला समन्वय सामितिका प्रमुख दीपककुमार गौतमको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिमा स्वास्थ्य कार्यालयका प्रमुख पुरुषोत्तम सेढाईँ सदस्यसचिव तथा सरोकारवाला निकायका प्रतिनिधि सदस्य रहनुभएको छ । क्षयरोगमुक्त मुलुक निर्माणका लागि यसअघि नै सुरु भएको दीर्घकालीन सोच लक्ष्य रणनीति निर्माण गरी आव २०९१÷९२ […]

  • २ years अगाडि
बाघको आक्रमणबाट महिलाको मृत्यु

बाघको आक्रमणबाट महिलाको मृत्यु

कञ्चनपुरको पुनर्वास नगरपालिका–१० भीमबस्तीका ३२ वर्षीया कलशा सार्कीको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको छ । भारतीय दुधुवा नेशनल पार्कमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परी कलशाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिनुभयो । “पारि एसएसबीको नंं ८ क्याम्पबाट करिब डेढ किलोमिटरभित्र जङ्गलमा यहाँबाट सात–आठ जना महिला […]

  • २ years अगाडि

लोकप्रिये