सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई हजारले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख सात हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु […]
नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएकी अन्दाजी ३४ वर्षीया सन्तोषी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रभाग गोङ्गबु काठमाडौँबाट खटिएको प्रहरी टोलीले टोखा नगरपालिका–११ मनमैजु पुलबाट अन्दाजी साढे दुई किलो तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित उनलाई पक्राउ गरेको जनाएको छ । प्रहरीलाई […]
राष्ट्रियसभाको आजको बैठकमा सांसदले मुलुकको समसामयिक राजनीतिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा उहाँहरुले समाजमा छोरी असुरक्षित रहेको र मानव तस्करको कब्जामा परिरहेकाले अपराधीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । सांसद अनिता देवकोटाले छोरीहरु समाजमा असुरक्षित रहेको, उनीहरुको जीवन जोखिममा परेको र मुलुक मानव तस्करको केन्द्र बन्दै गएकामा चिन्ता व्यक्त […]
भक्तपुर, ८ चैत (रासस) : भक्तपुर अस्पतालले ३० वर्षमाथिका नागरिकका लागि निःशुल्क पूर्ण स्वास्थ्य परीक्षण (होलबडी) सेवा सुरु गरेको छ । मानिसमा नसर्ने रोगको पहिचान गर्ने लक्ष्यका साथ स्वास्थ्य परीक्षण सुरु गरिएको हो । बागमती प्रदेश सरकारको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत हालसम्म स्वास्थ्य परीक्षण नगराएका तथा कुनै रोग लागेको छ वा छैन भन्ने थाहा नपाएका […]
बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भएको छ । आँपका बोट झाङ्गिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका कृषि ज्ञान केन्द्रले जनाएको छ । बर्सेनि आउने हावाहुरी र बतासले आँपका फूल झार्नाका साथै बतिला आँपसमेत झर्ने गरेको पाइएको छ । एकाध आँप भएका बारी होस् वा आखन खाँपको बगैँचा नै यतिबेला सबैतिर आँपका […]
शुक्लाफाँटा नगरपालिका–५ की वैशाखी सार्कीको उमेर ६० वर्ष ढल्किनै लागेको छ । सानैदेखि उहाँले दलित समुदायमाथि हुने थिचोमिचो भोग्दै र देख्दै आउनुभएको छ । दलितले छोएमा अझै पनि कथित उपल्लो जातका व्यक्तिले छोइछिटो हाल्ने चलन हटन नसकेकामा उहाँ चिन्तित हुनुहुन्छ । “दलित समुदायको व्यक्ति भएकै कारण समाजमा अपमान सहेर बस्न बाध्य छौँ”, उहाँले भन्नुभयो, “अनपढ […]
नेपालमा साक्षरभन्दा निरक्षर व्यक्तिमा सुर्तीजन्य पदार्थको सेवनबाट बढी ‘क्यान्सर’ रोग हुने देखिएको छ । एन्सन नेपालले सार्वजनिक गरेको अध्ययनमा ४६ प्रतिशत निरक्षर व्यक्तिमा सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर रोग देखिएको हो । एन्सन नेपालले सन् २०१९ मा गरेको सुर्तीजन्य पदार्थको सेवनबाट हुने क्यान्सर रोगको निदान उपचार सेवा लिन आउने सेवाग्राहीको आर्थिक भारसम्बन्धी अनुसन्धानगरेको थियो । सो […]
हरेक वर्ष चैतेदशैँमा मनाइने विक्रमबाबा मेला यहाँ सुरु भएको छ । भरतपुर महानगरपालिका–२३ को कार्यालय, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा मङ्गलबार पूजा भएपछि मेला सुरु भएको हो । महानगरको वडा नम्बर २३ का वडाध्यक्ष दीपक दवाडीका अनुसार मेला चैत २३ गतेसम्म सञ्चालन हुनेछ । मेलामा केरुङ्गा उपभोक्ता […]
हलेसी तुवाचुङ नगरपालिकाले मादक पदार्थ सेवन (मापसे) परीक्षण गर्न उपकरण खरिद गर्ने निर्णय गरेको छ । नगरभित्र सञ्चालित कतिपय विद्यालयका शिक्षक नियमित मापसे गरेर कक्षामा पुग्ने गरेको गुनासो आएकाले नगरपालिकाको ९८औँ कार्यपालिका बैठकबाट मापसे परीक्षण गर्ने सात ब्रेथलाइजर उपकरण खरिद गर्ने निर्णय गरिएको हो । मापसे परीक्षण गर्ने छ उपकरण नगरपालिकाभित्रका छवटा प्रहरीचौकी र एउटा […]
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले लोकतन्त्र तथा गणतन्त्र प्राप्तिका लागि भएका आन्दोलनमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)द्वारा आज ललितपुरमा आयोजित सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७ औँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले सङ¬्घ, प्रदेश र स्थानीय तहले जनतासम्म आफ्ना सूचना पु¥याउन सामुदायिक रेडियोको संरक्षण गर्नुपर्छ भन्नुभयो […]
दमौली, ८ चैत (रासस) ः पर्यटनमार्फत गाउँपालिकालाई समृद्ध बनाउने र गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्ने सोचका साथ आँबुखैरेनी गाउँपालिकाले कार्ययोजना तयार गरेको छ । धार्मिक पर्यटकीयस्थल आँधीमूलमा कृत्रिम ताल निर्माण गर्ने र मस्र्याङ्दी नदीमा मोटरबोटर सञ्चालन गर्ने गाउँपालिकाको अवधारणा छ । आँधीमूललाई धार्मिक पर्यटकीयस्थलको गन्तव्य बनाउन त्यहाँ ताल बनाउने योजना अगाडि सारिएको छ […]
कञ्चनपुर क्रिकेटको इतिहास नियाल्ने हो भने, विगतदेखि अहिलेसम्म क्रिकेटका परिचित खेलाडी उत्पादनको हब भए पनि यहाँ खेल संरचनाको अवस्था भने दयनीय छ । नेपाली क्रिकेटका परिचित नाम विनोद भण्डारी, प्रदीप ऐरी, दीपेन्द्रसिंह ऐरीदेखि भीम सार्कीको गृह जिल्ला कञ्चनपुरमा क्रिकेटको क्रेज ग्रामीणस्तरसम्म रहे पनि यहाँ खेल मैदानस्तरीय बनाउने विषय भने प्राथमिकतामा परेको छैन् । दुई वर्षअघि […]