यस वर्ष आँपको उत्पादन बढ्ने

  • मिसन संवाददाता
  • बुधबार, चैत्र ८, २०७९ १४:५७
यस वर्ष आँपको उत्पादन बढ्ने

बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भएको छ । आँपका बोट झाङ्गिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका कृषि ज्ञान केन्द्रले जनाएको छ । बर्सेनि आउने हावाहुरी र बतासले आँपका फूल झार्नाका साथै बतिला आँपसमेत झर्ने गरेको पाइएको छ । एकाध आँप भएका बारी होस् वा आखन खाँपको बगैँचा नै यतिबेला सबैतिर आँपका रूखमा फूल झमक्क फुलेका छन् । बाँकेमा घरायसी प्रयोजनका लागि अधिकांश घरमा आँपका रूख लगाइएका छन् । व्यावसायिक प्रयोजनका लागि विभिन्न स्थानमा आँपका फूल फुलेको कृषि ज्ञान केन्द्रका प्रमुख शकील अहमदले बताउनुभयो । उहाँका अनुसार यस वर्ष आँपको उत्पादन बढ्न सक्ने विश्वास छ । उहाँले भन्नुभयो, “आँप एक वर्ष बढी र अर्को वर्ष कम उत्पादन हुन्छ, यस वर्ष सबैतिरबाट आँपको उत्पादन राम्रो हुने अनुमान गरिएको छ ।” बाँकेमा चैत, वैशाख तथा जेठमा आउने हावाहुरीले आँप झारेर क्षति पु¥याउने भए पनि यस वर्ष फुलेको आधारमा बढी उत्पादन हुने कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी दशहरी आँप लगाइएको छ । माल्दा लगायतका अन्य आँपका रुख पनि लगाइएको छ । बाँकेभर करिब तीन सय हेक्टर जमिनमा आँप लगाइएको अनुमान केन्द्रको छ । जिल्लामा अधिकांशका घरमा आँप लगाएको पाइन्छ । जिल्लाको सीतापुर, भवानियापुर, डुडुवा लगायतका क्षेत्रमा आँपको व्यावसायिक उत्पादन हुने गरेको छ । ––– भेषराज बस्नेत राजेन्द्र २०– एसइईमा उत्कृष्ट जिपिए ल्याउनेलाई नगदसहित सम्मान गरिने सिमकोट, ८ चैत (रासस) ः हुम्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले विद्यार्थीलाई प्रोत्साहित गर्ने उदेश्यले एसइई परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । गाउँपालिकाले यस वर्षदेखि सञ्चालनमा ल्याएको विद्यार्थी प्रोत्साहन कार्यक्रमअन्तर्गत पालिकाभित्रका विद्यार्थीलाई सम्मान गर्ने निर्णय गरेको जनाइएको छ ।

 

गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गरेर २०७९ सालको एसइई परीक्षामा तीन दशमलव छ जिपिए ल्याएर एसइई पास गरेका विद्यार्थीलाई सम्मान गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष विजय भण्डरीले जानकारी दिनुभयो । उच्चशिक्षा अध्ययन गर्न प्रोत्साहन होस् भन्ने उद्देश्यले उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीलाई सम्मान गर्ने कार्यपालिकाले निणर्य गरेको प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले बताउनुभयो । गाउँपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयका विद्यार्थीलाई नगद रु १० हजारका दरले प्रोत्साहनस्वरूप सम्मान गर्ने तयारी गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा गुणस्तरीय शिक्षाको विकासका लागि विद्यार्थीलाई प्रोत्साहन स्वरुप सामान गर्न लागेको छ ।

  • मिसन संवाददाता
  • बुधबार, चैत्र ८, २०७९ १४:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट