स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गर्नुभएको छ । शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले दैनिक बढिरहेको […]
काभ्रेको रोशी गाउँपालिका–९ मङ्गलटारमा आयोजित दुईदिने बृहत् स्वास्थ्य शिविरबाट पाँच सय स्थानीय लाभान्वित भएका छन् । त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभाग र मङ्गल जनविजय माध्यमिक विद्यालयले संयुक्त रुपमा सो शिविर आयोजना गरेका थिए । शिविरमा स्त्रीरोग, प्रयोगशाला सेवा (मधुमेह, उच्च रक्तचाप, रगत, दिसा, पिसाब), नाक, कान, घाँटी, हाडजोर्नी, जनरल मेडिसिनसँग सम्बन्धित सेवा प्रदान गरिएको थियो […]
खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका सात स्थानीय तहमा पशुमा पूर्णखोप कार्यक्रम थालिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहँुमार्फत जिल्लाका व्यास, शुक्लागण्डकी, भानु, भिमाद नगरपालिका सहित म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा पशुमा पूर्णखोप अभियान सञ्चालन गरिएका हो । विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले भन्नुभयो, “विज्ञ केन्द्रको वार्षिक […]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोख्रेलले सरकारी अस्पतालले दिने सेवा सुविधा प्रभावकारी हुनुपर्ने बताउनुभएको छ । भरतपुर अस्पतालको ६७औँ वार्षिकोत्सव समारोहलाई शनिबार यहाँ सम्बोधन गर्दै उहाँले धेरै अस्पताल खोल्नेभन्दा पनि भएका अस्पतालबाट प्रभावकारी सेवा दिनेतर्फ केन्द्रित हुनुपर्छ भन्नुभयो । सरकारी अस्पतालमा सेवा वृद्धि गर्न आवश्यक कर्मचारी अस्पतालले राख्न पाउने गरी मन्त्रालयले व्यवस्थापन गर्न […]
दाङ तुलसीपुरका विद्यालयले यातायात मजदुरका छोराछोरीलाई पठनपाठनमा छुट दिने भएका छन् । अखिल नेपाल यातायात मजदुर सङ्घको पहलमा केही विद्यालयले उनीहरुलाई भर्ना तथा मासिक शुल्कमा छुट दिने भएका हुन् । सङ्घका केन्द्रीय उपमहासचिव घनश्याम डाँगीले तुलसीपुरका केही विद्यालयले छुट दिन लागेका जानकारी दिनुभयो । तुलसीपुस्थित डिभाइन टेम्पल एकेडेमी, ज्ञान ज्योति फाउन्डेसन, सगरमाथा बालबाटिका इङ्लिस स्कुल, […]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणले गर्दा हुने असरबारे जानकारी गराउन मन्त्रालयको मूलद्वारमा कृत्रिम फोक्सो राखेको छ । विश्व स्वास्थ्य दिवसको अवसरमा मन्त्रालयले युएसआइडीको स्वच्छ हावा परियोजनासँगको सहकार्यमा सो स्थानमा कृत्रिम फोक्सो राखेको हो । स्वास्थ्य सचिव डा रोशन पोखरेलले वायु प्रदूषणका कारणले फोक्सोलाई कति असर गर्दछ भन्ने जानकारी गराउन र सचेतना फैलाउन मन्त्रालयको मूलद्वारमा […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउने कार्यलाई प्राथमिकता दिएको बताउनुभएको छ । आज ७५औँ विश्व स्वास्थ्य दिवसका अवसरमा भिडियो सन्देश दिँदै उहाँले स्वास्थ्यमा सर्वव्यापी पहुँचको अवधारणलाई व्यावहारिक बनाउन प्राथमिक स्वास्थ्य सेवाको विस्तारमा जोड दिइएको बताउनुभयो । उहाँले नेपालले स्वास्थ्यसम्बन्धी राष्ट्रिय रुपमा तय गरेका लक्ष्य, दिगो विकासका लक्ष्य र अन्तर्राष्ट्रिय मञ्चमा […]
क्यान्सर जितेकाले ‘तेस्रो क्यान्सर सर्भाइवर र्याम्प शो’ गरेका छन् । नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर र नेपाल क्यान्सर सहयोगी समूहको सहकार्यमा क्यान्सरलाई पराजित गरेकाले यहाँ आयोजित कार्यक्रममा र्याम्प शो गरेका हुन् । क्यान्सरको उपचारपछि पूर्णतया ठीक हुन्छ र मानिस पहिले जस्तै हुन्छ भन्ने आत्मबल देखाउनका लागि र्याम्प शो गरिएको आयोजकले जनाएको छ । शोमा […]
भरतपुर महानगरपालिका–१७ का वृद्ध मानबहादुर शाही विगत चार दिनदेखि भरतपुर अस्पतालको बहिरङ्ग सेवामा रुमलिइरहनुभएको छ । आज बहिरङ्ग विभागमा भेटिनुभएका उहाँले मिर्गौलाको पत्थरी झिक्नका लागि धेरै दुःख पाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “लाइन बसेर टिकट काटेर डाक्टर भेट्नै चार दिन लाग्यो”, उहाँले गुनासो गर्दै भन्नुभयो, “सिस्टम भएन, कर्मचारी थोरै भए सुधार गरेर लैजानुपर्छ ।” […]
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक एवं मनोसामाजिक स्वास्थ्य समस्या भएका बिरामीका लागि अन्तरङ्ग सेवा थप्न माग गरिएको छ । मानसिक स्वास्थ्यलगायत सामाजिक क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाउँदै सो सेवा थप्न माग गरेका हुन् । प्रतिष्ठानमा मानसिक रोगका लागि बहिरङ्ग सेवामात्र उपलब्ध छ तर अन्तरङ्ग सेवा नहुँदा भर्ना गरेर उपचार गर्नुपर्ने […]
जिल्लाको ढोरपाटन नगरपालिकाले गाउँगाउँमा पुगेर पूर्ण खोप लगाउनबाट वञ्चित भएका र कुपोषित बालबालिकाको खोजी गरिरहेको छ । नगरपालिका स्वास्थ्य शाखाले अहिले गाउँमा गएर स्वास्थ्य आमासमूह गठन गर्ने र बालबालिकालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन थालेको छ । जनचेतनाको कमी तथा अशिक्षाका कारण बालबालिका कुपोषित हुने र पूर्ण खोप नलगाएको पाइएको छ । स्वास्थ्य शाखाले स्वास्थ्यकर्मीसहित गाउँमै […]
नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाको घर–घरमा पुगेर खोजी गर्न थालिएको छ । वैशाखमा गर्ने भनिएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकालाई घर–घरमा पुगेर खोज्न थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिनुभयो । उपमहानगरपालिकाका २३ वडामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन […]