हरियो तरकारी उत्पादनका उदयपुर लागि उर्वर भूमि मानिए पनि हरियो तथा मौसमी तरकारीहरु उत्पादन घटदा जिल्लाभित्र विभिन्न रासायनिक पदार्थ, भएको तरकारीको आयात बढ्न थालेकोे छ । फागुनको पहिलो हप्तासम्म स्थानीयस्तरमा उत्पादन भएको हरियो तरकारीले जिल्लाभित्र धाने पनि मौसमी तरकारीको उत्पादन कम हुँदा रासायनिक पदार्थ प्रयोग गरिएको र आयातित महँगो तरकारी किनेर खान बाध्य भइएको उपभोक्ताहरु […]
कतारको दोहामा हुन लागेको दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालले सहभागिता जनाएको छ । कतारस्थित दोहा कन्भेन्सन केन्द्रमा आजदेखि मार्च १९ सम्म हुन लागेको दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालबाट नेपाल निर्यात व्यवसायी महासङ्घले भाग लिएको हो । उक्त प्रदर्शनीमा भाग लिन महासङ्घका उपाध्यक्ष एवम् मेला आयोजक समितिका संयोजक गोविन्द घिमिरेको नेतृत्वमा आज २१ निर्यात व्यवसायी कतार […]
काठमाडौं । सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आजको बैठकले अनुदान घटाउने निर्णय गरेको हो । “रासायनिक मलमा यसअघि समग्रमा ७० दशमलव ८२ प्रतिशत बराबर अनुदान दिइरहेकोमा अब ५९ दशमलव ०४ प्रतिशत कायम गरिएको छ । यो दरलाई क्रमशः […]
कालीकोटमा उत्पादन हुने अर्गानिक कृषि बालीलाई पहिचान दिइने भएको छ । जिल्ला कृषि विकास कार्यालय कालीकोटले यहाँ उत्पादन हुने कालोमार्सी चामल, बेसार, स्याउलाई छुट्टै पहिचानसहित बजारीकरणमा सहयोग गर्ने भएको हो । पहिचानसहित बजारीकरण गर्दा सहज हुने कार्यालय प्रमुख बालकराम देवकोटाले बताउनुभयो । “कालीकोटमा उत्पादन हुने कृषि वस्तुको एकद्वार प्रणालीमा बिक्री वितरण नहुँदा पहिचानसमेत हुन सकेको […]
सहकारी संस्थाले गाउँमै पुगेर आलु खरिद गरेपछि जुम्ला पातारासी गाउँपालिका किसानलाई बजारीकरणमा सहज भएको छ । आलु उत्पादनका लागि राम्रो ठाउँ मानिने पाताराासीमा हिमालयन सहकारी संस्थाले किसानका घरै पुगी आलु खरिद गरेपछि बजारीकरणमा सहज भएको हो । सडक सञ्जाल जोडिनुपूर्व यहाँका महिला पैदलयात्राबाट जुम्ला सदरमुकाम खलङ्गा पुगेर धानसँग आलु साट्ने गर्दथे । तर अहिले भने […]
तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त बीउ उपलब्ध गराएको हो । व्यासका चौधवटै वडाका कृषकलाई मकैको बीउ वितरण गरिएको हो । कृषकलाई अरुण–२, रामपुर कम्पोजिट, मनकामना–३ लगायत जातको मकैको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिनुभयो […]
पर्याप्त वर्षा नहुँदा नगदेबालीका रूपमा रहेको अलैँचीका बोट सुक्न थालेका छन् । ताप्लेजुङका ग्रामीण क्षेत्रमा लगाइएको अलैँची खेती सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । यस वर्ष पर्याप्त वर्षा नहुँदा र लामो समय खडेरी परेका कारण अलैँचीका बोट सुक्न थालेका किसानले बताएका छन् । सिरीजङ्घा गाउँपालिका–७ खेवाङका गङ्गाराम भट्टराईले यस वर्ष पाइप तथा कुलोबाट समेत […]
सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षमा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वमा वृद्धि भएको छ । खेती गर्ने तरिकामा सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि कृषिजन्य उत्पादनमा वृद्धि भएको हो । कृषि निर्देशनालय दीपायलका निर्देशक यज्ञराज जोशीले कृषिजन्य उत्पादन दुई प्रतिशतले बढेको जानकारी दिनुभयो । “कृषिजन्य उत्पादन दुई प्रतिशतले बढेको छ, फलफूल उत्पादनमा पनि उल्लेखनीय सुधार आएको छ”, […]
कृषिमा यान्त्रीकरण भएपछि म्याग्दीका किसानको बाली उत्पादनमा वृद्धि भएको छ । परम्परागतरुपमा जोत्दै आएको खेतबारीलाई आधुनिक यन्त्रको प्रयोग गर्दा कम लागतमा उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ । किसानको धेरै समय खेतबारी खनजोतमा नलाग्ने र काम गर्न सहज हुने भएपछि यान्त्रीकरणतर्फ किसानको आकर्षण बढेको छ । बेनी नगरपालिका–२ खवराका अगुवा कृषक चन्द्रबहादुर कार्कीले पुर्खौंदेखि खेत […]
बागलुङ बजार नजिकैको चर्चित ‘कृिष गाउँ’ । ‘बिजुली पावर हाउस’ नामलाई बदलेर ‘कृषि गाउँ’ बनाउन पहल गर्ने व्यक्ति हुन् लक्ष्मी पुन थापा । विसं २०४० मा बागलुङको दक्षिण राङ्खानीमा जन्मिएकी लक्ष्मीको ९ कक्षामा पढ्दै गर्दा बिहे भयो । गाउँमै बोर्डिङ सञ्चालन गरेर प्रिन्सिपल रहेका पैयुँथन्थापका गङ्गाबहादुर थापासँग बिहे हुँदा लक्ष्मीको शर्त थियो प्रवेशीका परीषा (एसएलसी)सम्म […]
कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडा नं ४ मा एकीकृत तरकारी बजार निर्माण गरिरहेको छ । नगरपालिकाले रु साढे पाँच करोड लागतमा उक्त बजार निर्माण गरिरहेको नगरपालिकाका इञ्जिनीयर जयराज भट्टले जानकारी दिनुभयो । “कृषिउपज सामग्री, मीट मार्ट र कृषि औजारसमेत उक्त बजारमा उपलब्ध हुनेछन्”, उहाँले भन्नुभयो, “एक सय ५० सटर निर्माण भइरहेका छन्, त्यसमै शीतभण्डारसमेत निर्माण हुन्छ […]
तनहुँका कृषकले सरकारले आफूहरुको समस्या नसुनेको गुनासो गरेका छन् । पछिल्लो समय कृषि व्यवसाय र कृषकले भोग्दै आएको समस्याबारे सरकारले ध्यान नदिएको गुनासो गर्दै उनीहरुले आफ्ना माग सम्बोधन गर्न सरकार उदासिन देखिए आन्दोलनमा उत्रनुको विकल्प नभएको बताए । अण्डा उत्पादक कृषक खेमराज अधिकारीले अण्डा उत्पादनमा दैनिक ६० प्रतिशत घाटा व्यहोर्न बाध्य भएको बताउनुभयो । जिल्लामा […]