नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गए राति ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा विनयी त्रिवेणी–४ का १३ वर्षीय बविन क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताउनुभयो । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु४त ३०४६ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टन […]
नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)स्थित सुनवल नगरपालिकाले आफ्ना दुई वडामा १५ शय्या क्षमताको अस्पताल स्थापना गर्ने भएको छ । सुनवल– ५ र ८ मा अस्पताल निर्माण हुन लागेको नगरप्रमुख विमला अर्यालले जानकारी दिनुभयो । उहाँले पाँच वर्षभित्रमा सामान्य उपचारका लागि नगर बाहिर जानुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो । सुनवलमा अस्पताल नहुँदा सामान्य उपचारका लागि पनि परासी, बुटवल, भैरहवा […]
तुलसीपुर उपमहानगरपालिकामा रहेको साझेदारी विकास कोषबाट लगानी भएको ऋण रकम लामो समयदेखि असुल हुनसकेको छैन । विसं २०६५ तिर उक्त कोष तत्कालीन नगरपालिकामा हस्तान्तरण भयो । यसभन्दा अघि गाउँनगर साझेदारी कोषका नामबाट सञ्चालन भए पनि नगरपालिकामा हस्तान्तरण भएपछि साझेदारी विकास नाम राखियो । त्यो कोषको रकमबाट विसं २०६५ देखि ऋण लगानी भए पनि उठेको छैन […]
काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)ले यसपटकको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ जेठ १५ गतेदेखि सुरु गर्ने भएको छ । हरेक वर्ष वैशाख २ गतेदेखि सुरु हुने उक्त प्रदर्शनी यस वर्षदेखि जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर सुरुआत गर्न लागिएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले जानकारी दिनुभयो । उहाँका अनुसार यसरी जेठ १५ […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल थाल्नेदेखि नागरिक उड्डयन विधेयकलगायत १० कामको सूची सार्वजनिक गर्नुभएको छ । पर्यटन मन्त्रालयमा आज पत्रकारसँगको भेटघाटमा उहाँले १० बुँदे कामको सूची सार्वजनिक गर्नुभएको हो । मन्त्री किरातीले पदभार ग्रहण गरेको ४२ दिनमा सुधार गरेका पाँच बुँदे कामको विवरण प्रस्तुत […]
काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई खेल्नका लागि विदेश जान अनुमति दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज क्रिकेटर लामिछाने राष्ट्रियरअन्तर्राष्ट्रिय खेलाडी भएको हुनाले क्रिकेट खेल्न विदेश जान अनुमति दिने आदेश गरेको हो । अदालतको आदेशबारे जानकारी दिँदै प्रवक्ता विमल पौडेलले भन्नुभयो, “अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी भएको हुनाले विदेश […]
उहाँकाअनुसार ओखरका बिरुवा माग गर्दै परेको आवेदनमाथि हेरफेर गरेर एक सय ३८ किसानलाई ओखरको बिरुवा वितरण गरिएको छ । प्रत्येक किसानले न्यूनतम १० बोट देखि ६६ सम्म ओखरको बिरुवा लिएका छन् । समग्रमा सिस्ने गाउँपालिकामा ७० घरधुरीलाई आठ हजार तीन सय ८५ बोट, भूमे गाउँपालिकामा ४० घरधुरीलाई छ हजार पाँच सय ४५ र पुथा उत्तरगङ्गा […]
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा पपुवा न्युगिनीले नेपाललाई जितका लागि दुई सय चार रनको लक्ष्य दिएको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा नौ गुमाउँदै दुई सय तीन रनको योगफल बनायो । पपुवा न्युगिनीका लागि चाड सोपरले अविजित […]
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ६५ अङ्कले घटेर दुई हजार २३ दशमलव ५४ को बिन्दुमा कायम भएको हो । आज दुई सय ५९ वटा कम्पनीको ५१ लाख २० हजार आठ सय ८८ कित्ता शेयर ३७ हजार तीन सय ३८ पटक खरिद–बिक्री हुँदा रू […]
सञ्चालन यहाँका सात स्थानीय तहमध्ये पाँचमा स्वास्थ्य शिविर सञ्चालन भएका छन् । स्थानीय पालिकाका हरेक वडाले स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउने उद्देश्यले वडास्तरमा शिविर सञ्चालन गरेको हो । नवदुर्गा गाउँपालिकाले पाँचवटै वडाका ज्येष्ठ नागरिक महिला तथा बालबालिकाको स्वास्थ्य चेकजाँच गर्ना लागि शिविरको आयोजना गरेको जनाएको छ । आँखा चेकजाँच, महिलाको तल्लो पेट दुख्ने समस्या निराकरणका […]
गुल्मीमा पछिल्लो समयमा मन्दिर र सहकारीमा चोरीका घटना बढ्दै जान थालेको छ । एक साताको अवधिमा जिल्लामा दुई सहकारी र मन्दिरमा चोरी भएको थियो । चन्द्रकोट गाउँपालिका–४ को चन्द्रकोट बचत तथा ऋण सहकारी संस्थाको रु तीन लाख ५० हजारका साथै सिसी क्यामेरासमेत चोरी भएको शान्तिपुर इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक गिरीबहादुर रोकाले बताउनुभयो । […]
पोल गाडेको पाँच वर्ष भइसक्दा पनि यहाँको कुशे गाउँपालिकाको अधिकांश ठाउँमा विद्युत सेवा उपलब्ध गराइएको छैन । ३३ केभी प्रशारण लाइन कुशेमा पु्याउनका लागि नेपाल विद्युत प्रद्यिकरणले पाँच वर्षअघि वोलपत्र आह्वान गरेर काम सुरु गरे पनि हालसम्म सेवा सञ्चालन हुन सकेको छैन । कुशे –५ पाँचकाटियाबाट खुर्पासम्म पोल गाडिएका छन् । शाइ बाबा एण्ड तारा […]