राष्ट्रिय ललितकला प्रदर्शनी आगामी वर्ष जेठमा

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १५, २०७९ २0:२९
राष्ट्रिय ललितकला प्रदर्शनी आगामी वर्ष जेठमा

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)ले यसपटकको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ जेठ १५ गतेदेखि सुरु गर्ने भएको छ ।

हरेक वर्ष वैशाख २ गतेदेखि सुरु हुने उक्त प्रदर्शनी यस वर्षदेखि जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर सुरुआत गर्न लागिएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले जानकारी दिनुभयो । उहाँका अनुसार यसरी जेठ १५ देखि प्रदर्शनी सुरु गर्ने यो पहिलो अभ्यास हुनेछ । उक्त प्रदर्शनीको तयारी तीव्र रुपमा अघि बढेको छ ।

“गणतन्त्र दिवस नेपालीको ठूलो उत्सव हो, त्यसैले हामीले प्रदर्शनीलाई त्यही उत्सवको अवसर पारेर सुरुआत गर्न लागेका हौँ, यो प्रतिष्ठानका लागि पहिलो अभ्यास हो”, काफ्लले भन्नुभयो । ललितकला क्षेत्रको राष्ट्रिय उत्सव मानिने उक्त प्रदर्शनी एक महिनासम्म चल्नेछ । प्रदर्शनीका लागि कला कृति बुझाउने म्यादसमेत थप गरिएको छ । उहाँका अनु्सार अब चैत १५ गतेसम्मका लागि कलाकृति बुझाउने समय सीमा तोकिएको छ । चैत १५ गतेसम्म ल्याइने कलाकृति प्रतियोगितामा समावेश गरिनेछन् । झण्डै दुई महिना ललितकला प्रज्ञा प्रतिष्ठान नेतृत्वविहीन भएकाले यसरी कलाकृति बुझाउने म्याद थप गरिएको हो । यसअघि दुई पटक कलाकृति बुझाउने समय थप भइसकेको छ ।

यसपटकको प्रदर्शनीमा झण्डै एक हजार कलाकृति समावेश गर्ने लक्ष्य राखिएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताउनुभयो । उहाँका अनुसार प्रदर्शनीमा नेपाली ललितकलाको सबै क्षेत्रका कलाकृति हेर्न पाइनेछ । यसले ललितकला विकास तथा प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । नयाँ कलाकारलाई सिक्ने र सिकाउने अवसर पनि प्रदान गर्ने भएकाले प्रदर्शनी महत्वपूर्ण हुनेछ ।

अन्य प्रदर्शनी एकल वा सामूहिक रुपमा सीमित कलाकारको सहभागितामा वा निजी ग्यालरीमा हुनेगर्छ । यस्ता प्रदर्शनीले मुलुकको मौलिक पहिचानलाई विश्वसामु पु¥याउन सहभोग पुग्ने कुलपति हार्तम्छालीले बताउनुभयो । प्रतियोगितात्मक कार्यक्रमले कलाकारलाई कलाकृतिमा निखारता ल्याउन हौसला प्राप्त हुने उहाँले बताउनुभयो ।
रासस

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १५, २०७९ २0:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट