नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्वारा रक्तसञ्चार सेवाका लागि अत्यावश्यक रगत चिस्यान केन्द्र निर्माणका लागि सहयोग गर्न आह्वान गर्दै यसका लागि ‘मनैदेखि सेवा’ अभियान सुरुआत गरेको छ । विश्व रेडक्रस दिवसका अवसरमा सोमबार जिल्ला शाखाले आयोजना गरेको पदयात्रा एवं आर्थिक सङ्कलन अभियान कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर थापाले ‘मनैदेखि सेवा’ अभियान शुभारम्भ गर्नुभएको […]
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपालिकाको स्वतन्त्रतासम्बन्धी मूल्य, मान्यतालाई अक्षुण्ण राख्दै छिटोछरितो, स्वच्छ, निष्पक्ष, सुलभ, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन गर्नुपर्ने बताउनुभएको छ । आज यहाँ जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले कानुन दिवस, २०८० को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । “सबैलाई न्याय सुनिश्चित गर्ने तथा […]
कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनलाइनबाटै राजस्व भुक्तानीको सुरूआत गरेको छ । सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत पालिकाले अनलाइन भुक्तानी सेवा थालनी गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पङ्गेनी र अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले संयुक्तरूपमा अनलाइन सेवाको शुभारम्भ गर्नुभएको हो । सेवाग्राहीले अब गाउँपालिकाको करदाता ‘पोर्टल’ खोलेर आफ्नो विवरण एवं करको […]
आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको […]
रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापनापछि उत्पन्न पाँचमहिने लामो विवाद समाधान भई आज बिहान कीर्तिपुरका महिलाले रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा (देय् पिसाः) सम्पन्न भएको छ । महिलाले रातो मच्छिन्द्रनाथको रथलाई थति टोलबाट जाउलाखेलसम्म तानेका थिए । कीर्तिपुर नगरपालिका–२ स्थित ‘प्यंगःथाँ’ (सांस्कृतिक चोक)मा स्थानीय सुखी गंछेँ मच्छिन्द्रनाथ र याक मिसा(कन्या कुमारी) को प्रतिमूर्ति हटाइएपछि […]
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १५औँ क्षेत्रीय सम्मेलन चेक रिपब्लिकको राजधानी प्रागमा आज सम्पन्न भएको छ । तीन दिनसम्म चलेको सम्मेलनमा परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा, नेकपा (माओवादी केन्द्र)का नेता तथा संविधानसभा सदस्य खिमलाल देवकोटालगायतको विशेष उपस्थिति थियो । […]
काठमाडौं । धादिङको ज्वालामुखि गाउँपालिका ७ चैनपुरस्थित सालबास माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले आत्महत्या गरेका छन् । चैनपुर ७ का १९ वर्षिय जित बहादुर बयलकोटीले आत्महत्या गरेका हुन् । आर्थिक अभावले पीडित परिवारका अनुसार कक्षा १२ को परिक्षाको तयारीमा रहेका बयलकोटीसँग परिक्षा शुल्क तिर्ने रकम समेत थिएन । वैशाख २६ गतेदेखि […]
सुशील कोइराला मेमोरियल फाउन्डेसन र त्रिभुवन विश्वविद्यालय खेलकुद विज्ञानमा स्नातकोत्तर कार्यक्रमबीच युवा र खेलकुदमा सहकार्य गर्ने सहमति भएको छ । फाउन्डेसनका सदस्य सचिव अतुल कोइराला र कार्यक्रम प्रमुख गङ्गाबहादुर थापाबीच आज विश्वविद्यालयमा सम्झौता भएको हो । सम्झौता अनुसार शैक्षिक कार्यक्रममा खेलकुदलाई राखेर देशव्यापी अभियान सञ्चालन गरिने भएको छ । सम्झौता अनुसार देशभर युवा र खेलकुदमा […]
पशुपति क्षेत्र विकास कोषले थप चार वटा विद्युतीय शवदाह गृह निर्माण गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा आइतबार सम्पन्न कोष सञ्चालक परिषद्को बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि थप चार वटा विद्युतीय शवदाह गृह निर्माण गर्ने निर्णय गरेको हो । विद्युतीय शवदाह गृहमा लाम लाग्न थालेपछि कोष सञ्चालक परिषद्ले यस्तो निर्णय गरेको […]
बाँकेको नरैनापुर गाउँपालिका–४ स्थित मदरसामा शिक्षक र विद्यार्थीको उपस्थिति न्यून छ । उक्त वडामा रहेको जयरामपूर्वाको श्री मदरसा अहले सुन्नत सैयदुल उलुमकी शिक्षिका जयमती बैजाली र खाजा व्यवस्थापक रामजी साहु वैशाख महिनामा एक दिन पनि हाजिर भएका छैनन् । चैत महिनामा त जयमती दुई दिन र रामजी एक दिन मात्रै हाजिर भएको प्रधानाध्यापक इब्राइम खानले […]
पछिल्लो समय लोप हुँदै गएको ठाडो भाका गीतको संरक्षणका लागि गोरखामा ठाडो भाका दोहोरी गीत प्रतियोगिता सम्पन्न भएको छ । ठाडो भाकाको गीत युवापुस्तालाई सिकाउने तथा पुराना संस्कृति जर्गेना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गरिएको ठाडो भाका दोहोरी गीत प्रतियोगिताकी संयोजक हरिमाया गुरुङले जानकारी दिनुभयो । पश्चिमाञ्चल सांस्कृतिक केन्द्र र न्यू दौतरी युवा क्लब चित्रेपोखरीको […]
तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन् । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ती टावर जडान गरिएको हो । हालसम्म ५१ टावरको जग हाल्ने काम सकिएको आयोजनाका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । प्रसारण लाइन निर्माणका लागि […]