समाज

बाजुरामा भूकम्पको धक्का

बाजुरामा भूकम्पको धक्का

काठमाडौँ । फागुण १०, रासस, बाजुरामा आज दिउँसो १ बजेर ४६ मिनेटमा भूकम्प गएको छ । गत माघ १० गते गएको भूकम्पको ठीक एक महिनापछि आज यहाँ पुनः भूकम्प गएको हो । जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु बनाएर ५ दशमलव २ रेक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतले जनाएको छ । माघ १० गते मङ्गलबार […]

  • १ year अगाडि
शरणका लागि दश लाखको आवेदन

शरणका लागि दश लाखको आवेदन

काठमाडौँ । कोरोना महामारीका कारण जारी गरिएको यात्रा प्रतिबन्ध हटाइएपछि युरोपेली मुलुकमा शरण खोज्नेहरूको सङ्ख्या अनपेक्षित रूपमा बढेको छ । यात्रा प्रतिबन्ध हटाएपछि युरोपेली सङ्घमा दश लाख जनाले शरणका लागि आवेदन गरेका छन् । यो विगत सात वर्ष यताकै उच्च हो । शरणार्थीसम्बन्धी युरोपेली सङ्घको कार्यालयले सन् २०१६ पछि शरणका निम्ति आवेदन गर्नेको सङ्ख्या ५० […]

  • १ year अगाडि
अर्धवार्षिक समीक्षा ः ६ महिनामा ८ खर्ब २५ अर्ब व्यापार घाटा

अर्धवार्षिक समीक्षा ः ६ महिनामा ८ खर्ब २५ अर्ब व्यापार घाटा

काठमाडौँँ । चालु आर्थिक वर्ष २०७९÷८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको कूल व्यापार घाटा रू आठ खर्ब २५ अर्ब ७३ करोड नाँघेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा नेपालले कूल रू १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । यसमध्ये रू नौ खर्ब १९ अर्ब […]

  • १ year अगाडि
अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

काठमाडौँ । बेनीका विभिन्न सडक क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको छ । सडकमा आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले व्यवसायीलाई अस्थायी टहरा, सटर, टङ्की र ठेला हटाउन अनुरोध गर्दै केही गत मङ्सिरमा सार्वजनिक सूचना जारी गरेको थियो । भाडा सम्झौता नवीकरण नगरेको र सघन सहरी तथा भवन डिभिजन कार्यालयले सडक […]

  • १ year अगाडि
निसीखोलावासी स्वास्थ्य बीमाबाट वञ्चित

निसीखोलावासी स्वास्थ्य बीमाबाट वञ्चित

काठमाडौँ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमाबापतको रकम समयमा भुक्तानी नगर्दा सर्वसाधारण बीमा सुविधाबाट वञ्चित भएका छन् । सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराउन गाउँपालिकाले बीमाबापतको रकम समयमै भुक्तानी नदिँदा बीमा कार्यान्वयनमा नआएको हो । बीमाका लागि फाराम भरेर बसेका निसीखोलावासी बीमा सुविधा उपभोगबाट भने वञ्चित छन् । गाउँपालिकाले पहिलो चरणको रु ६४ लाख […]

  • १ year अगाडि
बर्फानी मन्दिर क्षेत्र धार्मिक गन्तव्यमा विकसित गरिँदै

बर्फानी मन्दिर क्षेत्र धार्मिक गन्तव्यमा विकसित गरिँदै

काठमाडौँ । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित धार्मिक गन्तव्यमा विकसित हुँदै गएको बर्फानी बाबा मन्दिर क्षेत्र विकासको योजना कार्यान्वयनमा आएको छ । यसले चुरे क्षेत्रमा रहेको सो स्थलको प्रवद्र्धनमा सहयोग पुग्ने जनाइएको छ । लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीले भन्नुभयो,“ दर्शनार्थीका लागि आवश्यक धर्मशाला निर्माण, पानी तथा शौचालयको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माण शुरु भएको छ, […]

  • १ year अगाडि
जन्ममिति विवाद सार्वजनिक भएपछि, डीआईजी अशोक सिंह राजीनामा दिने तयारीमा

जन्ममिति विवाद सार्वजनिक भएपछि, डीआईजी अशोक सिंह राजीनामा दिने तयारीमा

काठमाडौं । नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक डीआईजी० अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन् । प्रहरी प्रधान कार्यालय पुगेर बुधबार उनले राजीनामा बुझाउने तयारी गरेका हुन् । सिंहले राजीनामा दिएमा भावी आईजीपीको दौडमा डीआईजी वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा मुख्य प्रतिष्पर्धी हुनेछन् ।बढुवाका लागि रस्साकस्सी चलिरहेका बेला सिंहको नागरिकता […]

  • १ year अगाडि
पर्यटक भित्र्याउन शुक्लाफाँटा पर्यटन महोत्सव

पर्यटक भित्र्याउन शुक्लाफाँटा पर्यटन महोत्सव

काठमाडौँ । कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन यहाँको भीमदत्त नगरपालिकाले पर्यटन महोत्सव आयोजना गरेको हो । ‘आर्थिक पर्यटन समृद्धिको आधार, पर्यटन विकास र पूर्वाधार’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो । महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले निकुञ्जलाई पर्यटकीय गन्तव्यका रुपमा […]

  • १ year अगाडि
मेन्छियाम हाइड्रोपावरको आइपिओ खुला

मेन्छियाम हाइड्रोपावरको आइपिओ खुला

काठमाडौँ । मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन ९आइपिओ०को बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी रु ५४ करोड २५ लाख ८३ हजार तीन सयको १० प्रतिशत अर्थात् रु पाँच करोड […]

  • १ year अगाडि
बजेट अभावमा व्यवस्थित मसानघाटको योजना अधुरै

बजेट अभावमा व्यवस्थित मसानघाटको योजना अधुरै

काठमाडौँ । कैलालीको टीकापुर नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको मसानघाट अधुरै रहेको छ । कर्णाली नदीको दौलतपुर घाटमा व्यवस्थित मसानघाट निर्माण हालसम्म अधुरै छ । नगरपालिकाले पहिलो वर्ष रु ७५ लाख बजेट विनियोजन गरेको थियो । व्यवस्थित मसानघाटका लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआर० तयार गरिएको थियो । यसका लागि नगरपालिकाले रु ४ लाख ९० हजार […]

  • १ year अगाडि
सार्वजनिक शौचालयलाई निरन्तरता दिन महानगरको आग्रह

सार्वजनिक शौचालयलाई निरन्तरता दिन महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत जेठ १६ गतेको निर्णय र अनुरोध अनुसार आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिएका सङ्घ संस्था र व्यवसायीलाई यो कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ । एक सूचना जारी गर्दै महानगरले आफ्नो आग्रहलाई स्वीकार गरेकोमा धन्यवाद दिँदै यस कार्यलाई निरन्तरता दिन चाहने सङ्घ संस्थाले महानगरमा सम्पर्क गर्न पनि अनुरोध गरेको […]

  • १ year अगाडि
पौवादुङमाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

पौवादुङमाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

काठमाडौँ । भोजपुरको पौवादुङमा गाउँपालिकाका ३३ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको छ । सामुदायिक विद्यालयमा प्राविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको हो । नेपाल दूरसञ्चार प्राधिकरण र पौवादुङमा गाउँपालिकाबीच विद्यालयमा इन्टरनेट सेवा विस्तारको सम्झौता भएको हो । प्राधिकरणले प्रत्येक विद्यालयमा २० एमबिपीएस ननडेडिकेडेट सेवा प्रदान गरेको हो । सम्झौताअनुसार प्राधिकरणले एक […]

  • १ year अगाडि

लोकप्रिये