देशको अर्थतन्त्र कमजोर : अध्यक्ष थापा

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १०, २०७९ १५:११
देशको अर्थतन्त्र कमजोर : अध्यक्ष थापा

काठमाडौँ । पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक प्रणाली, शासकीयस्वरुप र राज्य संरचनाका विषयमा नयाँ खालले बहस थाल्नुपर्ने बताउनुभएको छ । उहाँले देशको अर्थतन्त्र कमजोर बन्दै गइरहेको, तरलता अभाव तथा महँगी बढेपनि देश अहिले रेमिटयान्सको भरमा मात्रै चलेको बताउनुभयो । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजनीतिक दलहरूमा अराजनीतिक प्रवृत्ति देखिएको बताउनुभयो । उहाँले राष्ट्रपति हुने व्यक्तिले राजनीतिक स्वार्थ अनुसारका काम गर्न नहुने बताउनुभयो ।

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १०, २०७९ १५:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट