राजनीति

थापाको दुखेसो : देउवाको कोटको खल्तीबाट राष्ट्रियसभाको नाम निस्किन्छ

थापाको दुखेसो : देउवाको कोटको खल्तीबाट राष्ट्रियसभाको नाम निस्किन्छ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्‍याउने चेतावनी दिएका छन्। शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री दाहालले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत काँग्रेसको रहेको जिकिर गरे। ‘प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, हामीले जुन दिन चाहँदैनौँ नि प्रचण्डले राम्रो काम […]

  • ११ महिना अगाडि
बालकुमारी घटनाबारे प्रधानमन्त्रीले लिनुभयो ब्रिफिङ

बालकुमारी घटनाबारे प्रधानमन्त्रीले लिनुभयो ब्रिफिङ

काठमाडौं। शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिनुभएको छ। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले घटनाको ब्रिफिङ लिनुभएको हो। ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका […]

  • ११ महिना अगाडि
राष्ट्रियसभाबाट को-को घर फर्किंदै छन् ?

राष्ट्रियसभाबाट को-को घर फर्किंदै छन् ?

आगामी फागुन २० गते राष्ट्रियसभा सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १० सदस्यको पदावधि सकिदैछ । त्यसैले निर्वाचन आयोगले रिक्त पदहरुमा आगामी माघ ११ गते मतदान गर्दैछ । प्रदेशसभा सदस्य तथा पालिका प्रमुख, उपप्रमुख तथा पालिका अध्यक्ष उपाध्यक्ष मतदाता रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले सबै प्रदेशमा निर्वाचन अधिकृत समेत तोकिसकेको छ । यता, राष्ट्रपतिबाट मनोनित गरिने […]

  • ११ महिना अगाडि
बालकुमारीमा घटनाबारे रवि लामिछानेको बोलि : यो राज्यले गरेको हत्या हो

बालकुमारीमा घटनाबारे रवि लामिछानेको बोलि : यो राज्यले गरेको हत्या हो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरि एकपटक उदाङ्गो भएको टिप्पणी गरेका छन् । आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्ने उनको भनाइ छ । उनले फेशबुकमा लेखेका छन्, ‘दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नुपर्ने बनाइ दिए । यो राज्यले गरेको हत्या हो, जुन […]

  • ११ महिना अगाडि
जनयुद्ध दिवसको बिदामा अदालतको ब्रेक

जनयुद्ध दिवसको बिदामा अदालतको ब्रेक

सरकारले फागुन १ गते जनयुद्ध दिवसका दिन दिने गरेको सार्वजनिक बिदालाई सर्वोच्च अदालतले बदर गरिदिएको छ। सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने गठबन्धन सरकारको निर्णयलाई बदर गर्ने निर्णय सुनाएको हो। ‘…जनयुद्ध दिवसको अवसरमा भनी देशभर सार्वजनिक बिदा दिने नेपाल सरकारको मिति २०७९।१०।२९ को निर्णय र यस […]

  • ११ महिना अगाडि
‘सिप विल्डिङ’का सबैलाई इपिएस परीक्षामा सामेल हुने : २ को मृत्युकै दिन अदालतको आदेश !

‘सिप विल्डिङ’का सबैलाई इपिएस परीक्षामा सामेल हुने : २ को मृत्युकै दिन अदालतको आदेश !

उच्च अदालत पाटनले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ । न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो । सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनू […]

  • ११ महिना अगाडि
राष्ट्रिय निर्वाचनका लागि पुस १६ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रिय निर्वाचनका लागि पुस १६ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना

आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका निम्ति नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै छन् । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम सात जिल्लाका जिल्ला न्यायाधीशलाई यही पुस १६ गतेदेखि लागु हुने गरी बिहीबार निर्वाचन अधिकृतका रूपमा नियुक्त गरेको थियो । ती अधिकृतले […]

  • ११ महिना अगाडि
सातै मुख्यमन्त्रीले हेटौडाबाट काठमाडौँलाई दबाब दिने

सातै मुख्यमन्त्रीले हेटौडाबाट काठमाडौँलाई दबाब दिने

केन्द्र सरकारले प्रदेशलाई अधिकार हस्तान्तरण नगरेको भन्दै केन्द्रीय सरकारलाई दबाब दिन आज (शुक्रबार) सातै प्रदेशका मुख्यमन्त्री बागमती प्रदेशको राजधानी हेटौँडामा भेला भएका छन्। केन्द्र सरकारसँग अधिकार माग्न दबाबमूलक कार्यक्रम अन्तर्गत आज उनीहरुले हेटाैँडामा बैठक गर्न लागेका हुन्। बैठकमा सहभागी हुन हेटौँडा आएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्र सरकारलाई दबाब दिन हेटौँडामा भेला हुनपर्ने अवस्था […]

  • ११ महिना अगाडि
युवा संघका नेता राजीव श्रेष्ठ माओवादी केन्द्र प्रवेश

युवा संघका नेता राजीव श्रेष्ठ माओवादी केन्द्र प्रवेश

नेकपा एमाले निकट युवा संघ दोलखा नेता राजीव श्रेष्ठ नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । युवा संघको तत्कालीन संगठन युथफोरका केन्द्रीय सदस्य श्रेष्ठ वाइसियल नेपाल, दोलखाको छैठौं जिल्ला भेलाको अवसरमा माओवादी केन्द्र प्रवेश गरेका हुन् । दोलखाका युवाहरु माझ लोकप्रिय श्रेष्ठलाई माओवादी केन्द्रका नेताहरु गंगा कार्की, विशाल खड्का, देवी खड्का, रामप्रसाद सापकोटा ‘दीपशिखा’ लगायतले […]

  • ११ महिना अगाडि
द्वन्द्वमा बलात्कारमा परेकाहरुको स्वास्थ्य अवस्था नाजुक

द्वन्द्वमा बलात्कारमा परेकाहरुको स्वास्थ्य अवस्था नाजुक

काठमाडौं । नेपालको दशवर्षे द्वन्द्वका क्रममा बलात्कारमा परेका महिलाको स्वास्थ्य अवस्था नाजुक रहेको पाइएको छ । द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय सङ्गठनले बलात्कार पीडितहरुको स्वास्थ्य परीक्षण शिविरमार्फत गरेको अध्ययनमा उनीहरु कुनै न कुनै शारीरिक तथा मानसिक रोगको शिकार भएको पाइएको हो । सङ्गठनकी संयोजक देवी खड्काले, देशका सातवटै प्रदेशका तीन ठाउँमा आयोजना गरिएका स्वास्थ्य शिविरमा […]

  • ११ महिना अगाडि
रवि लामिछाने बचतकर्ताको पक्षमा लड्ने

रवि लामिछाने बचतकर्ताको पक्षमा लड्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बचतकर्ताले आफ्नो लगानीको एक/एक पैसा प्राप्त नगरेसम्म लड्ने बताएका छन् । रास्वपाद्वारा बिहीबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अनवाश्यकरूपमा सहकारीसँग आफ्नो नाम जोडेको उल्लेख गर्दै उनले भने— अन्तिसम्म लडाइँ लड्ने को हो भन्दा रवि लामिछाने भन्नुहोला । म बचतकर्ताहरूले आफ्नो लगानी एक/एक […]

  • ११ महिना अगाडि
प्रधानमन्त्रीमा एकैव्यक्ति दुईपटकभन्दा बढी हुन नहुने कांग्रेस गण्डकीको प्रस्ताव

प्रधानमन्त्रीमा एकैव्यक्ति दुईपटकभन्दा बढी हुन नहुने कांग्रेस गण्डकीको प्रस्ताव

कास्की। नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलनले प्रधानमन्त्री एकै व्यक्ति दुईपटकभन्दा बढी हुन नहुने प्रस्ताव गरेको छ । यही पुस ३ र ४ गते सम्पन्न सम्मेलनमा भएका गतिविधि र निर्णय सार्वजनिक गर्न बुधबार कांग्रेस गण्डकी प्रदेश समितिले विज्ञप्ति जारी गर्दै सम्मेलनमा पारित प्रस्तावबारे जानकारी गराएको हो । कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले […]

  • ११ महिना अगाडि