काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरू उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागी आज प्रस्थान गरेका छन्। माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली अनुभव आदानप्रदानका लागि चिनको छिन्दुका लागी प्रस्थान गरेको भ्रमण दलका सदस्य जीपी मैनालीले जानकरी दिए । भ्रमण दलमा माओवादी(केन्द्र)का उपाध्यक्ष समेत रहेका पुर्व सभामुख […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौर हत्या काण्डको छानविन हुने बताएका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले गौर हत्या काण्डको बारेमा प्रश्न गरेपछि प्रधानमन्त्री प्रचण्डले यस्तो जवाफ दिएका हुन् । ‘गौर हत्या काण्डको बारेमा के छानविन भयो, हत्याराहरु कहिले कारवाही भोग्ने हो भन्ने […]
काठमाडौं । महालेखा परीक्षक कार्यालयका महालेखा परीक्षक टंकमणि शर्माले भ्रष्टाचार नियन्त्रणका लागि दुई सुत्रको खुलासा गरेका छन् । लामो समयदेखि महालेखा परीक्षकको कार्यालयमा महालेखा परिक्षकको रुपमा काम गर्दै आएका शर्माले भ्रष्टाचार न्यूनीकरणको लागि उचित कदम चाल्नुपर्नेमा जोड दिँदै दुई सुत्र अगाडि सारेका हुन् । तराई विकास तथा सञ्चार केन्द्र नेपालले सुशासन प्रवद्र्धनमा नागरिकको भूमिका विषयक […]
काठमाडौं । आम जनता पार्टी (आजपा) ले कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा बसेको पदाधिकारीको बैठकले कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलनलाई साथ दिने तथा आन्दोलनरत पक्षको माग सम्बोधन गराउन सरकारलाई दबाव दिने निर्णय गरेको छ । पार्टी प्रवक्ता चन्द्रभुषण साहले देशमा पार्टी संगठन विस्तार गर्ने अनुकूल माहौल बन्दै […]
प्रथम राष्ट्रपति डा रामवरण यादवले प्रजातान्त्रिक विचारको जग, आदर्श र सैद्धान्तिक आधार बलियो रहेकाले यसको भविष्य सुरक्षित रहेको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन तथा २५औँ साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले विगतमा देशमा समस्या आउँदा गाउँगाउँ पुग्ने गरेको कांग्रेस अहिले हराउन थालेकाले प्रजातन्त्रमाथि खतरा देखिएको भनाइ राख्नुभयो । गिरिजाप्रसाद कोइराला कांगे्रस […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले आज आफ्ना मागहरुसहितको ज्ञापनपत्र बुझाएको छ । समूहका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर सातबुँदे ज्ञापनपत्र बुझाएको हो । सो ज्ञापनपत्रमा नेपालका विभिन्न सञ्चार गृहहरुमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरुको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोगका लागि आग्रह गरिएको छ । […]
सरकारलाई समर्थन गर्ने दलहरुको बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठक सरकारले यही जेठ ५ गते सदनमा पेस गर्ने नीति तथा कार्यक्रममाथि केन्द्रित रहेको बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । “आजको छलफलको विषयवस्तु नीति तथा कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने हो । नीति तथा कार्यक्रमका कुन […]
काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौँको बूढानीलकण्ठबाट आइतबार पक्राउ परेका रायमाझीलाई आज जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशले प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । […]
प्रतिनिधिसभा गठन भएको छ महिनापछि अर्थात मङ्गलबारदेखि संसदीय समिति क्रियाशील हुने भएको छ । सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी बिहान नौ बजे १० वटै समितिका बैठक राख्न सुझाव दिनुभएको थियो । उहाँको सुझावअनुसार प्रतिनिधिसभा मातहतका सबै विषयगत समितिका बैठक एकैसाथ राख्ने तयारी […]
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडियाले सकारात्मक रूपमा खबरदारी गरेमा सरकारलाई काम गर्न सहयोग पुुग्ने बताउनुुभएको छ । दाङ सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मध्यपश्चिम ९१ थोप्लो ४ मेगाहर्ज घोराहीको १७औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले देशको विकास र सुशासनका लागि सबैको सकारात्मक साथ सहयोगको अपेक्षा सरकारले खोजेको बताउनुुभयो […]
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विद्यार्थीहरू नयाँ संस्कार र संस्कृतिको अगुवा बन्नुपर्ने बताउनुभएको छ । उन्साठ्ठीऔँ विद्यार्थी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले चरम व्यक्तिवादी प्रवृत्तिलाई परास्त गर्दै विद्यार्थीहरू अगाडि बढ्नुपर्ने बताउनुभयो । “अहिले व्यक्तिवाद चरमरूपमा विकास भएको पाइन्छ । आफूले खोजेको र चाहेका पद नपाए सङ्गठनलाई तोडिदिने, देश र […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, भ्रष्टाचारीलाई कारवाही गर्न खुट्टा नकमाउने प्रतिवद्धता दोहो¥याएका छन् । काठमाडौंमा नेपाल राष्ट्र बैंक, नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार भ्रष्टाचारविरुद्ध गम्भीर भएर लागेको बताए । उनले भने, ‘भ्रष्टाचारीहरूलाई कुनै पनि बहानामा बचाउने काम नगरियोस्, सरकारले खुट्टा नकमाओस् […]