माओवादी केन्द्रका नेताहरू चीन भ्रमणमा

  • मिसन संवाददाता
  • शुक्रबार, जेष्ठ ५, २०८० १२:३६
माओवादी केन्द्रका नेताहरू चीन भ्रमणमा

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरू उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागी आज प्रस्थान गरेका छन्।
माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली अनुभव आदानप्रदानका लागि चिनको छिन्दुका लागी प्रस्थान गरेको भ्रमण दलका सदस्य जीपी मैनालीले जानकरी दिए ।

भ्रमण दलमा माओवादी(केन्द्र)का उपाध्यक्ष समेत रहेका पुर्व सभामुख सापकोटा सहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य प्रदेश अध्यक्षहरु , सहित केन्द्रिय नेताहरु रहेको मैनालीले बताए।

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) नेताहरूको टोली चीन भ्रमण गरेर फर्किएका हुन् ।

  • मिसन संवाददाता
  • शुक्रबार, जेष्ठ ५, २०८० १२:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट