काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले राज्यको हरेक क्षेत्रमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्नेमा जोड दिएका छन् । संविधान संशोधन गरेर भए पनि राज्यको हरेक क्षेत्रमा महिलाको ५० प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्ने उनले बताए । आजपा निकटको आम महिला मोर्चाको आज काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दैै पूर्वमन्त्री समेत रहेका अध्यक्ष […]
नेकपा (एमाले) संसदीय दलको बैठकमा पार्टीको नेतृत्वलाई नक्कली भूटानी शरणार्थीलगायत विषयमा सांसदहरुले चासो देखाएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणमा सांसदहरुले चासो राख्नुभएको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सो घटनामा संलग्न पार्टीका कुनै पनि व्यक्तिलाई संरक्षण नदिने र अनुसन्धानमा पूर्णरुपले सहयोग […]
राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त हुनुभएका डा प्रभु बुढाथोकीले पद तथा गोपनियताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ समक्ष बुढाथोकीले आज शपथ लिनुभएको हो । बुढाथोकी दोस्रो पटक आयोगको सदस्यमा नियुक्त हुनुभएको हो । यसअघि डा श्रेष्ठ उपाध्यक्ष रहेकै बेला बुढाथोकी आयोगको सदस्य हुनुहुन्थ्यो । सरकारले यही वैशाख ८ गते […]
सङघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेश आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो । नयाँ बानेश्वरस्थित संसद् भवनमा अपरान्ह ४ बजेदेखि राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । बैठकको सुरुमै सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी […]
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंँग संक्षिप्त कुराकानी गर्दै उहाँले यसमा सहभागी साना ठूला सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “सरकारले घटनामा सङ्लग्न दोषीलाई बचाउन आउने उच्च दबाब सामू कुनै […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयको माग र प्रविधिको गतिअनुसार गोरखापत्रले पनि आफूलाई रूपान्तरण गर्न जरुरी रहेको बताउनुभएको छ । गोरखापत्र प्रकाशन थालनीको १२३औँ वर्ष प्रवेशका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले अहिलेको प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ खरोरुपमा उतार्न संस्थाले अझ जिम्मेवार, व्यावसायिक तथा विश्वसनीय भएर अघि बढाउनुपर्ने बताउनुभयो । डिजिटल मिडियाको तीव्र विकास तथा विस्तारसँगै छापा […]
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । बैठक यही वैशाख २७ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको सो पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिनुभयो । पार्टीको विधान अधिवेशन, सरकारमा सहभागितालगायतका विषयमा छलफल गर्न उक्त बैठक बोलाइएको सो पार्टीले जनाएको छ । जसपाले पुस्तिका प्रकाशन […]
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशील रहनुभएका पत्रकारमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज बिहान जारी विज्ञप्तिमा सरकारले विसं २०७३ मा नेपालमा समाचारमूलक पत्रिका ‘गोरखापत्र’को प्रकाशन आरम्भ भएको दिन वैशाख २४ गतेलाई ‘राष्ट्रिय पत्रकारिता दिवस’का रूपमा मनाउने निर्णय गरेको […]
परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राज चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुनुभएको छ । वेस्टमिन्स्टर एबेमा शनिबार आयोजित विशेष समारोहमा मन्त्री साउद सहभागी हुनुभएको हो । उहाँ शनिबार साँझ बकिङ्घम प्यालेसमा विदेशी प्रतिनिधिका लागि आयोजना गरिएको स्वागत समारोहमा पनि सहभागी हुनुभएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । अवसरमा मन्त्री साउदले समारोहमा उपस्थित विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्नुभएको […]
सङ्घीय संसद्को दुवै सदनको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा आज अपराह्न ४ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले यसअघि नै […]
सङ्घीय संसद् (प्रतिनिधि र राष्ट्रियसभा) को बर्खे अधिवेशन भोलि आइतबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरे बमोजिम अधिवेशन भोलि अपराह्न ४ बजे बानेश्वरस्थित संसद् भवनमा सुरु हुनेछ । सङ्घीय संसद् सचिवालयका अनुसार अधिवेशनको पहिलो बैठकको सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा र राष्ट्रपतिको कार्यकालबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रको बेहोरा […]
काठमाडौं । नक्कली शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा मुछिएका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटमा रहेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायत अहिलेसम्म खोजतलास नै जारी रहेको र रायमाझीबारे कुनै जानकारी नभएको बताउँछ । तर गाेप्य सूचनाका आधारमा रायमाझी ओलीनिवास बालकोटमा रहेकाे जानकारी प्राप्त भएकाे छ । […]