राजनीति

निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको नामावली सार्वजनिक

निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको नामावली सार्वजनिक

निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवार भई तोकिएको समयावधिभित्र खर्चको विवरण नबुझाउने ७४ उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ३७ उम्मेदवारसहित ७४ उम्मेदवारको नामावली प्रकाशन गरी ती उम्मेदवारलाई स्पष्टीकरण सोध्ने निर्णय आयोगले गरेको छ । उम्मेदवार हरूलाई सात दिनभित्र खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी सम्बन्धित […]

  • २ years अगाडि
संवैधानिक परिषद् बैठक : प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय भएन

संवैधानिक परिषद् बैठक : प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय भएन

सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश नियुक्तिका बारेमा छलफलको छ । नियुक्तिबारे छलफल भए पनि कुनै निष्कर्षमा भने पुग्न सकिएन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको उक्त बैठकमा प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी एउटै मात्र ‘एजेण्डा’ भए पनि कुनै ठोस निर्णय नभएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । सोबारे अर्को बैठकमा निर्णय गर्ने गरी बैठक सकिएको […]

  • २ years अगाडि
सिंहदरबारमा संवैधानिक परिषद् बैठक सुरु

सिंहदरबारमा संवैधानिक परिषद् बैठक सुरु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी हुनुहुन्छ । बैठकमा प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा छलफल हुने […]

  • २ years अगाडि
एकै प्रकृतिका कार्यालय एकीकृत गर्न माग

एकै प्रकृतिका कार्यालय एकीकृत गर्न माग

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले जिल्लामा एकै प्रकृतिका धेरै कार्यालय रहेको भन्दै त्यसलाई तत्काल एकीकृत गर्नुपर्नेमा जोड दिनुभएको छ । बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै सांसद श्यामकुमार घिमिरेले न्यून बजेट भएका आयोजनामा परामर्शदाताको खर्च बढी भएकाले आगामी आर्थिक वर्षको बजेटमा त्यसलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारी राजश्वको प्रमुख स्रोतका रुपमा रहेको सवारी साधनको आयात […]

  • २ years अगाडि
विदेशमा जेल परेका नेपालीको उद्दारका लागि सरकारको ध्यानाकर्षण

विदेशमा जेल परेका नेपालीको उद्दारका लागि सरकारको ध्यानाकर्षण

विभिन्न मुलुकका जेलमा रहेका नेपालीको उद्दारका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न मुलुकमा पुगेका नेपाली कामदारलाई सहज रुपमा काम गर्ने वातावरण निर्माण र उनीहरुको सुरक्षाका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभएको हो । “हाम्रो मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुको महत्वपूर्ण योगदान छ । गतवर्ष नेपालले करिब रु […]

  • २ years अगाडि
गण्डकी र कोशी ब्यारेजका संरचना जीर्णाेद्धार आवश्यक : सांसद चौधरी

गण्डकी र कोशी ब्यारेजका संरचना जीर्णाेद्धार आवश्यक : सांसद चौधरी

विनोदकुमार चौधरीले गण्डकी र कोशी ब्यारेजका संरचना जीर्णोद्धारका लागि नेपालले भारतसँग पहल गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्नुहुँदै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणका क्रममा यो विषय उठाइनुपर्ने बताउनुभयो । “पचास वर्षदेखि बर्दघाट सुस्ता पश्चिम निरन्तर पीडा, आक्रोश, उपेक्षा र चरम दुःख भोगिरहेको छ । हरेक वर्ष सुस्ता र […]

  • २ years अगाडि
द्रुतमार्गको अनुगमन गर्न प्रधानमन्त्री दाहाल  मकवानपुरमा

द्रुतमार्गको अनुगमन गर्न प्रधानमन्त्री दाहाल मकवानपुरमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्माणाधीन निजगढ–काठमाडाँैं द्रुतमार्गको अवलोकन अनुगमनका लागि आज मकवानपुरको बकैया आउनुभएको छ । सो अवसरमा उहाँले बकैया–५ राजदमारमा निर्माणाधीन सडक र सुरुङमार्गको अवलोकन गर्नुभयो । अवलोकनका क्रममा प्रधानमन्त्री दाहालले दु्रतमार्ग निर्माणको काम सन्तोषजनक रहेको बताउनुभयो । दु्रत मार्ग देशको अति महत्वपूर्ण आयोजना भएकाले यसलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाएको बताउनुभयो । […]

  • २ years अगाडि
प्रतिनिधिसभा बैठक : सडक निर्माणलाई गति दिन माग

प्रतिनिधिसभा बैठक : सडक निर्माणलाई गति दिन माग

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले किसान र सडकका विषयलाई प्रमुखताका साथ उठाउनुभएको छ । शून्य समयमा बोल्दै सांसद विक्रम पाण्डेले मल खरिदका लागि सरकारले समयमा बजेट नछुट्याउँदा र छुट्याएको रकमको पनि बोलपत्र हुन नसक्दा बाली लगाउने बेलामा किसानले मल पाउन नसकेको बताउनुभयो । रासायनिक मल अभावका कारण कृषि बालीको उत्पादन घट्दा त्यसको नकारात्मक […]

  • २ years अगाडि
प्रतिनिधिसभा बैठक : तातोपानीमा अध्यागमन कार्यालय स्थापना गर्न माग

प्रतिनिधिसभा बैठक : तातोपानीमा अध्यागमन कार्यालय स्थापना गर्न माग

प्रतिनिधिसभाको आजको बैठकमा सांसद माधव सापकोटाले तातोपानी नाका खुल्ने निर्णय भए पनि अध्यागमन कार्यालय नभएकाले तत्काल कर्मचारी व्यवस्थापन गर्न माग गर्नुभयो । उहाँले अध्यागमन कार्यालय नहुँदा एक अर्का देशका नागरिकले आवतजावत गर्न समस्या हुने भन्दै तत्काल कर्मचारी तथा आवश्यक अन्य स्रोतसाधनको प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै सांसद सापकोटाले नेपाल–चीन जोड्ने […]

  • २ years अगाडि
दिवा खाजा कार्यक्रम फलदायी : मन्त्री शर्मा

दिवा खाजा कार्यक्रम फलदायी : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालबालिकाको सवल स्वास्थ्यका लागि दिवा खाजा कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ । ‘चाइना फाउण्डेसन फर रुरल डेभलपमेन्ट¬ नेपाल’ले आज थहिँटीस्थित शान्ति शिक्षा माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले गुणस्तरीय शिक्षाका लागि सबल स्वास्थ्य अनिवार्य शर्त रहेको बताउनुभयो । “स्वास्थ्य राम्रो नभइ राम्रो शिक्षा प्राप्त गर्न सकिँदैन”, उहाँले […]

  • २ years अगाडि
उपनिर्वाचन : तनहुँका १६ केन्द्र महिलाको जिम्मा

उपनिर्वाचन : तनहुँका १६ केन्द्र महिलाको जिम्मा

तनहुँ–१ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि एक सय ५२ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्त गरेको हो । नियुक्त भएका मतदान र सहायक मतदान अधिकृतका लागि आज वैशाख ५ र […]

  • २ years अगाडि
उपप्रधानमन्त्री तथा गृहमन्त्री  श्रेष्ठविरुद्ध  राजीनामा माग गर्दै मिटरब्याज पीडित

उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठविरुद्ध राजीनामा माग गर्दै मिटरब्याज पीडित

काठमाडौँ । आज दिउँसो मिटरब्याज पीडितले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध नाराबाजी गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शनी गरेका छन् । सोमबार सिंहदरबारबाहिर प्रदर्शन गर्ने तयारीमा रहेका मिटरब्याज पीडितलाई प्रहरीले शान्तिवाटिकामा नै रोकेको थियो । त्यस क्रममा मिटरब्याज पीडितलाई रोक्न प्रहरीले लाठीचार्ज र पानीको फोहोरा प्रयोग गर्दा पीडितहरु घाइते […]

  • २ years अगाडि