उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठविरुद्ध राजीनामा माग गर्दै मिटरब्याज पीडित

  • मिसन संवाददाता
  • मङ्लबार, बैशाख ५, २०८० १३:१0
उपप्रधानमन्त्री तथा गृहमन्त्री  श्रेष्ठविरुद्ध  राजीनामा माग गर्दै मिटरब्याज पीडित

काठमाडौँ । आज दिउँसो मिटरब्याज पीडितले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध नाराबाजी गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शनी गरेका छन् । सोमबार सिंहदरबारबाहिर प्रदर्शन गर्ने तयारीमा रहेका मिटरब्याज पीडितलाई प्रहरीले शान्तिवाटिकामा नै रोकेको थियो । त्यस क्रममा मिटरब्याज पीडितलाई रोक्न प्रहरीले लाठीचार्ज र पानीको फोहोरा प्रयोग गर्दा पीडितहरु घाइते भएका थिए भने कतिपय पक्राउ परेका थिए ।

आफूहरुको माग सम्बोधन गर्नुको साटो श्रेष्ठले प्रहरी लगाएर दमन गरेको उनीहरुको भनाइ छ । सरकारले मिटरब्याज पीडितको एक समूहसँग १८ चैतमा ५ बुँदे सहमति गरेको थियो । तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै अर्को समूह २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गरिसकेकाले सबै समस्या आयोगले समाधान गर्ने भन्दै मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिएर गाउँ फर्किन आग्रह गरेको छ भने माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने पीडितहरु बताउछन् ।

 

 

  • मिसन संवाददाता
  • मङ्लबार, बैशाख ५, २०८० १३:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट