प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीतिगत एवम् व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा मान्यता दिई काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आजको प्रमुख कार्यभार भएको बताउनुभएको छ । आजदेखि यहाँ सुरु भएको ‘पावर समिट–२०२३’ लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले मुलुकलाई आर्थिक रुपमा सबल बनाउँदै अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि […]
राष्ट्रियसभाको आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज हपराह्न २ः३१ बजे बस्ने गरी निर्धारण गरिएको सो बैठक विशेष कारणवश स्थगित गरिएको हो । बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्ने गरी राष्ट्रियसभाका अध्यक्षले निर्धारण गर्नुहुने संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ […]
प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्षनेताहरूबीच सर्वाेच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा संवैधानिक परिषद्को बैठकबाट सिफारिस गर्ने सहमति भएको छ । लामो समेदेखि उक्त पद रिक्त रहेको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज […]
संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकमा सहमति खोज्न प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट भएको हो । भेट अध्यक्ष ओलीको बालकोटस्थित निवासमा भएको हो । उहाँ केही […]
चितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ । केन्द्रीय ध्यान यहाँ खिचिएको छ । केन्द्रीय नेताहरू भोट माग्दै टोल–टोलमा पुगेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय नेताको ध्यान उपनिर्वाचनमा केन्द्रित भएको हो । निर्वाचनको मिति नजिकिँदै जाँदा पार्टीले केन्द्रीय नेतालाई जिल्लाका विभिन्न वडा तहमा […]
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन्। नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उहाँले यसबाट लाखौं प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट बञ्चित हुनुनपर्ने बताए। उनले विदेशमा रहेका नेपालीले पठाएको विप्रेषणबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै बैदेशिक रोजगारीको सुधारको […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा भएका कारण अवस्था ठिकै जस्तै लागेपनि सहज नरहेको बताएका छन्। शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा कार्यकर्तासँग छलफल गर्दै उनले विभिन्न तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताए। ‘अहिले हामी सरकारमा छौँ, मन्त्री छौँ, प्रधानमन्त्री छौँ, त्यसकारण उल्टिँदैन होला जस्तो लाग्न पनि सक्छ, म बुझिने गरी […]
नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ । तीन प्रतिष्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो । पहिलो चरणको निर्वाचनबाट रामचन्द्र संघई बाहिरिनुभएको छ । अब दोस्रो चरणमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिष्पर्धा हुनेछ […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले छलफल गर्नुभएको छ । आज बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एशोसिएसनका पदाधिकारी, पूर्वपदाधिकारी र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारी उपस्थित हुनुहुन्थ्यो । भेटमा प्रधानमन्त्री दाहालले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । छलफलमा बारका […]
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषिउपजमा आत्मनिर्भर हुन नसक्दा गुणस्तरहीन र विषाक्त खानेकुरा खान बाध्य हुनु परेको बताउनुभएको छ । गृह जिल्ला झापाको शिवसताक्षीस्थित झिलझिलेमा आज आयोजित एक कार्यक्रममा ओलीले कृषिको व्यवसायीकरण र आत्मनिर्भरताका लागि दक्षिण एशियाली मुलुकबीच सहकार्यको आवश्यकतासमेत जोड दिनुभयो । उहाँले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायिकताका क्षेत्रमा एमालेको […]
नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्ने बताउनुभएको छ । नेपाली कांग्रेस गोरखाले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पाण्डेले अन्य प्रदेशमा जस्तै गण्डकी प्रदेशमा पनि कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्न सक्ने बताउनुभयो । “अहिले प्रदेश सरकारको नेतृत्व आलोपालो भन्ने कुरा […]
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गर्नुभएको छ । भेटवार्तामा उहाँहरुबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमण, नेपाल–भारत ऐतिहासिक सम्बन्ध, निरन्तरको सहकार्य र सीमा सुरक्षालगायत विषयमा छलफल भएको छ । नेपालगन्ज–रुपेडिया, भैरहवा–सुनौली तथा दोधारा–चाँदनीमा ‘इन्टेग्रेटेड चेकपोस्ट’ बनाउने विषयमासमेत उहाँहरुबीच छलफल भएको थियो । सो क्रममा उपप्रधानमन्त्री […]