कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुप¥यो : अध्यक्ष ओली

  • मिसन संवाददाता
  • बुधबार, चैत्र २९, २०७९ १९:३५
कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुप¥यो : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषिउपजमा आत्मनिर्भर हुन नसक्दा गुणस्तरहीन र विषाक्त खानेकुरा खान बाध्य हुनु परेको बताउनुभएको छ । गृह जिल्ला झापाको शिवसताक्षीस्थित झिलझिलेमा आज आयोजित एक कार्यक्रममा ओलीले कृषिको व्यवसायीकरण र आत्मनिर्भरताका लागि दक्षिण एशियाली मुलुकबीच सहकार्यको आवश्यकतासमेत जोड दिनुभयो । उहाँले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायिकताका क्षेत्रमा एमालेको सरकारले गरेका कामको बारेमा पनि चर्चा गर्नुभयो । दक्षिण एशियाली किसान सम्मेलन उद्घाटन गर्न अध्यक्ष ओली आज भद्रपुर विमानस्थल हुँदै झापा आउनुभएको हो । ओलीले बिहीबार पार्टी निकटका किसानको सङ्गठन अखिल नेपाल किसान महासङ्घको राष्ट्रिय सम्मेलनको पनि उद्घाटन गर्ने कार्यक्रम छ । झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रङ्गशालामा हुने सातौँ राष्ट्रिय सम्मेलनले आगामी नेतृत्वसमेत चयन गर्ने जनाइएको छ ।

  • मिसन संवाददाता
  • बुधबार, चैत्र २९, २०७९ १९:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट