राजनीति

प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन बारको माग

प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन बारको माग

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बारले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सातदेखि दश दिनभित्र प्रधानन्यायाधीश नियुक्त गर्न माग गर्नुभयो । “लामो समयदेखि प्रधानन्यायाधीशको पद रिक्त छ, उच्च र जिल्लामा धेरै न्यायाधीशको पद रिक्त छ”, अध्यक्ष घिमिरेले भन्नुभयो, “सातदेखि १० दिनभित्र प्रधानन्यायाधीश नियुक्तको […]

  • २ years अगाडि
मुलुक विकास नहुनुको कारण राजनीतिक अस्थिरता : महासचिव पोखरेल

मुलुक विकास नहुनुको कारण राजनीतिक अस्थिरता : महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा उहाँले राजनीतिक अस्थिरता हटाउन बलियो राजनीतिक दल आवश्यक रहेको भनाइ व्यक्त गर्नुभयो । उहाँले मुलुकमा आर्थिक सङ्कट उत्पन्न भएकाले सरकारले यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो । महासचिव पोखरेलले एमालेलाई संविधान मान्दैन भनेर […]

  • २ years अगाडि
संसद्मा उठ्यो किमाथङ्का नाकाको विषय

संसद्मा उठ्यो किमाथङ्का नाकाको विषय

नेपाल–चीन जोड्ने सङ्खुवासभाको किमाथाङ्का नाका खोल्नका लागि सरकारले पहल गर्नुपर्ने विषय संसद्मा उठेको छ । सांसद दीपक खड्काले उक्त नाका खोल्नका लागि सरकारको ध्यानाकर्षण गराउनु भएको हो । “किमाथाङ्का नाका बन्द छ । आवतजावत पनि ठप्प छ । नेपाल सरकारले तत्कालै चीन सरकारसँग वार्ता गरेर यो नाका खुलाउनका लागि म आग्रह गर्छु”, सांसद खड्काले भन्नुभयो […]

  • २ years अगाडि
ठूला भवनको वैधानिकता खोज्न संसदीय छानबिन समिति गठनको माग

ठूला भवनको वैधानिकता खोज्न संसदीय छानबिन समिति गठनको माग

निर्माण भइसकेका र निर्माणको चरणमा रहेका ठूला होटल, अपार्टमेन्ट तथा व्यावसायिक भवनको वैधानिकताबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा तोसिमा कार्कीले यस्तो छानबिन समिति गठनको माग गर्नुभएको हो । “देशव्यापीरुपमा ठाउँ–ठाउँमा निर्माण हुँदै गरेका ठूला भवन, होटल, अपार्टमेन्टको वैधानिकता खोजी गरियोस् । ती भवनको नक्सापास, वातावरणीय प्रभाव […]

  • २ years अगाडि
संसदमा सवारी दुर्घटनादेखि गोर्खा आन्दोलनसम्म बहस

संसदमा सवारी दुर्घटनादेखि गोर्खा आन्दोलनसम्म बहस

बैतडीमा भएको सवारी दुर्घटना, मिटर ब्याज, स्मार्ट टेलिकमको नवीकरण र समान पेन्सनका लागि गोर्खा सैनिकद्वारा भइरहेको आन्दोलनबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिँदै सांसद भानुभक्त जोशी भारतका विभिन्न स्थानमा श्रम गरी जन्मथलो बझाङ फर्कने क्रममा वैतडीमा भएको सवारी दुर्घटनमा छ जना मृत्यु हुनका साथै पाँचजना घाइते भएको जानकारी […]

  • २ years अगाडि
उपनिर्वाचनको पर्यवेक्षण गर्न छ संस्थालाई अनुमति

उपनिर्वाचनको पर्यवेक्षण गर्न छ संस्थालाई अनुमति

निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचननका लागि छ संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ । पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट जारी गरिएको सूचना बमोजिम पेस भएका सातवटा निवेदनमाथि निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ बमोजिम छ संस्थाले आवश्यक प्रक्रिया पूरा गरेको पाइएकोले पर्यवेक्षण गर्न अनुमति दिने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा […]

  • २ years अगाडि
जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्नुपर्छ : नेता सिंह

जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्नुपर्छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताउनुभएको छ । कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले जनताले आफ्ना हरेक सुख, दुःखमा सँगै हुने उम्मेदवार खोजेको उल्लेख गर्नुभयो । “भाषण गर्ने तर गाउँ ठाउँ नबुझेको व्यक्ति अहिले जनताले चाहेका छैनन्, वैशाख […]

  • २ years अगाडि
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ । सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडियो प्रकरणबारे निर्णय लिन आज केन्द्रीय समितिको बैठक बस्न लागेको सो पार्टीले जनाएको छ । केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठले गरेको भनिएको अडियोसम्बन्धी प्रतिवेदन मङ्गलबार सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो । समितिसँगको […]

  • २ years अगाडि
विधेयक र नियमावली स्वीकृत गर्ने

विधेयक र नियमावली स्वीकृत गर्ने

बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभामा एउटा विधेयक पेस गर्ने र दुईवटा नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्री परिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकले प्रदेश चिट्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत तथा प्रदेशसभामा पेस गर्ने स्वीकृतिको निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी […]

  • २ years अगाडि
नेपालको शिक्षा प्रणालीमा सुधार आवश्यक : अध्यक्ष नेपाल

नेपालको शिक्षा प्रणालीमा सुधार आवश्यक : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभएको छ । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै शिक्षा प्रणालीमा सुधार गर्नका लागि प्रधानमन्त्री र शिक्षामन्त्री आफैँ अग्रसर हुनुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टी अध्यक्ष नेपालले व्यक्तिवाद, भ्रष्टाचार प्रवृत्तिलाई निमिट्यान्न पार्नका लागि शिक्षाको महत्वपूर्ण भूमिका हुने […]

  • २ years अगाडि
कांग्रेसलाई मजबुद बनाउन शिक्षक सङ्घको भूमिका  महत्वपूर्ण छ : सभापति देउवा

कांग्रेसलाई मजबुद बनाउन शिक्षक सङ्घको भूमिका महत्वपूर्ण छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई मजबुद बनाउन शिक्षक सङ्घको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै उहाँले पार्टी सङ्गठनलाई बलियो बनाउन शिक्षकको ठूलो भूमिका रहेको बताउनुभयो । “पार्टी प्रतिबन्धित अवस्था रहँदा नेपाल विद्यार्थी सङ्घसँगै शिक्षकहरुको पनि महत्वपूर्ण भूमिका रहेको थियो”, उहाँले भन्नुभयो । […]

  • २ years अगाडि
निर्वाचन जित्ने गरी तयारीमा लाग्नुपर्छ : महामन्त्री शर्मा

निर्वाचन जित्ने गरी तयारीमा लाग्नुपर्छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जित्ने गरी तयारीमा लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ पार्टी कार्यालयमा आज आयोजित छलफलमा महामन्त्री शर्माले तनहुँ क्षेत्र नं १ मा पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई विजयी गराउने हिसाबले लाग्न सम्पूर्ण कार्यकर्ता एकढिक्का भएर लाग्न आग्रह गर्नुभयो । पार्टीमा हुनसक्ने […]

  • २ years अगाडि