राजनीति

मन्त्रिपरिषद विस्तारः शीर्ष नेताहरु बालुवाटारमा

मन्त्रिपरिषद विस्तारः शीर्ष नेताहरु बालुवाटारमा

काठमाडौं । मन्त्रिपरिषद विस्तारका विषयमा छलफल गर्न शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । लामो समयदेखि मन्त्रिपरिषद् पुनर्गठनका परामर्श गर्दै आएका नेताहरु निर्णायक छलफल गर्न बालुवाटार पुगेका हुन् । बालुवाटार छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, माओवादी नेता एवम् भौतिक मन्त्री नारायणकाजी श्रेष्ठ पुगेका छन् । यस्तै जनमत […]

  • २ years अगाडि
सांसद पद खारेजको मागसहति अरुण चौधरीविरुद्ध सर्वोच्चमा रिट

सांसद पद खारेजको मागसहति अरुण चौधरीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । केही समयअघि मात्रै राष्ट्रपतिबाट आममाफी पाएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । वसन्त जोशीले सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन्। उनले पेस गरेको रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए। रिटमा आगो लगाएको मुद्दामा ६ महिना कैद बाँकी नै रहेको अवस्थामा ढाँटेर उम्मेदवारी दर्ता […]

  • २ years अगाडि
राष्ट्रियसभामा विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस

राष्ट्रियसभामा विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकार आयोगलगायत विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् । सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ती प्रतिवेदनसभा समक्ष पेस गरेकी हुन् । पेस गरिएका प्रतिवेदनमा थारु आयोगको चौँथो वार्षिक प्रतिवेदन, २०७८–७९, राष्ट्रिय समावेशी आयोगको चौँथो वार्षिक प्रतिवेदन, २०७८–७९, राष्ट्रिय मानवअधिकार […]

  • २ years अगाडि
देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्यायोः स्वर्णिम वाग्ले

देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्यायोः स्वर्णिम वाग्ले

काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले सभापति शेरबहादुर देउवाप्रति तीव्र असन्तुष्ट प्रकट गर्दै पार्टी परित्याग गरेका छन् । उनले कांग्रेसका केही नेताहरूलाई सन्देश पठाएर आफू पार्टीमा रहन नसक्ने अवस्था आएको बताएका हुन् । वाग्लेले भनेका छन्, ‘हजुरहरूको अपार सद्भावका बाबजूद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ […]

  • २ years अगाडि
पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व छ : राष्ट्रपति पौडेल

पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व रहेको बताउनुभएको छ । आज पशुपतिनाथ क्षेत्रमा श्री राधामाधव समिति नेपालद्वारा जगतगुरु श्री कृपालुजी महाराजको स्मृतिमा निर्माण तथा व्यवस्थापन हुँदै आएको ऐतिहासिक पौराणिक महत्वको वनकाली उद्यानको उद्घाटन गर्नुहुँदै उहाँले पशुपतिनाथ मन्दिर नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यस्थल भएको बताउनुभयो । पशुपतिमा पूजाआजा र दर्शन सकेपछि केही समय […]

  • २ years अगाडि
अब देशमा राजनीतिक स्थायित्व कायम हुने छ ः प्रधानमन्त्री दाहाल

अब देशमा राजनीतिक स्थायित्व कायम हुने छ ः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताउनुभएको छ । भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्नुहँुदै उहाँले अब देशमा राजनीतिक स्थायित्व कायम हुने छ भन्नुभयो । नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित आफू प्रधानमन्त्री पदको जिम्मेवारीमा रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “राजनीतिक स्थायित्वले पनि नयाँ […]

  • २ years अगाडि
‘मिटरब्याजीको पीडामा मलहम लगाउ सरकार’

‘मिटरब्याजीको पीडामा मलहम लगाउ सरकार’

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मिटरब्याजी पीडितहरु साहुको ऋणको भारका साथै शारीरिक र मानसिक रुपमा पीडित रहेको भन्दै उनीहरुको पीडालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले पीडितहरुलाई चाँडो न्याय दिलाउन वार्तामार्फत समाधान खोज्न सरकार समक्ष आग्रह गर्नुभएको हो । सांसद जयन्तीदेवी राईले मिटरब्याजी पीडितको समस्यालाई गम्भीरतापूर्वक लिँदै […]

  • २ years अगाडि
कांग्रेसले तनहुँमा भट्टराई र चितवनमा श्रेष्ठलाई उम्मेदवार बनाउने

कांग्रेसले तनहुँमा भट्टराई र चितवनमा श्रेष्ठलाई उम्मेदवार बनाउने

नेपाली कांग्रेसले आगामी वैशाख १० मा हुने लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ मा नेता गोविन्द भट्टराई र चितवन क्षेत्र नं २ मा नेता जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो क्षेत्रमा केन्द्रीय सदस्य भट्टराई र पूर्वजिल्ला सभापति श्रेष्ठलाई […]

  • २ years अगाडि
सङ्घीय संसद् भवन पू्रा गर्न समय माग

सङ्घीय संसद् भवन पू्रा गर्न समय माग

काठमाडौँ, १६ (रासस) ः सिंहदरबारभित्र पुतली बगैँचामा निर्माण थालिएको नयाँ सङ्घीय संसद् भवन पूरा गर्न निर्माण व्यवसायीले एक वर्ष थप गर्न माग गरेका छन् । विसं २०७६ असोजमा संसद् भवन तीन वर्षमा निर्माण गर्ने गरी तुँदी सेक जेभी र सहरी विकास तथा भवन निर्माण विभागबीच सम्झौता भएको थियो । निर्माण कम्पनीले कोरोना सङ्क्रमणको कारण देखाएर […]

  • २ years अगाडि
वाग्लेले कांग्रेसका चार नेतालाई सन्देश पठाउँदै पार्टी छाडे

वाग्लेले कांग्रेसका चार नेतालाई सन्देश पठाउँदै पार्टी छाडे

काठमाडौं । स्वर्णीम वाग्लेले कांग्रेसका चार नेतालाई सन्देश पठाउँदै पार्टी छाडेको बताएका छन्। उनले कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरु शेखर कोइराला र गोविन्द पोखरेललाई  सन्देश पठाउदै आफूले देउवा-आरजु गिरोहको अपमानले कांग्रेस छाडेको  सन्देशमा उल्लेख गरेका हुन् । आफूले उक्त  सन्देश पाएकाे नेता पोखरेलले पुष्टि गरे। उनले ती चार नेतालाई सदभावका बाबजुद समेत […]

  • २ years अगाडि
शरतसिंह भण्डारी श्रममन्त्री बन्दै

शरतसिंह भण्डारी श्रममन्त्री बन्दै

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको भागमा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय परेको छ ।  सो मन्त्रालयको जिम्मेवारीमा लाेसपाले वरिष्ठ नेता शरतसिंह भण्डारीलाई दिइने  भएको छ । भण्डारी १५ पटक मन्त्री बनिसकेका छन् । लोसपाका एक कार्यकारिणी सदस्यका अनुसार पार्टीका अध्यक्ष महन्थ ठाकुरले शरतसिंह भण्डारीको नाम श्रममन्त्रीमा पठाउने तयारी गरेका छन्। उनले आज सपथ […]

  • २ years अगाडि
आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति भएको जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन जानुभएकाले छलफल पुनः अपराह्न २ बजे हुने बताइएको छ । “जुन […]

  • २ years अगाडि