मन्त्रिपरिषद विस्तारः शीर्ष नेताहरु बालुवाटारमा

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र १६, २०७९ १८:0५
मन्त्रिपरिषद विस्तारः शीर्ष नेताहरु बालुवाटारमा

काठमाडौं । मन्त्रिपरिषद विस्तारका विषयमा छलफल गर्न शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । लामो समयदेखि मन्त्रिपरिषद् पुनर्गठनका परामर्श गर्दै आएका नेताहरु निर्णायक छलफल गर्न बालुवाटार पुगेका हुन् ।

बालुवाटार छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, माओवादी नेता एवम् भौतिक मन्त्री नारायणकाजी श्रेष्ठ पुगेका छन् । यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपाका नेता सरतसिंह भण्डारी,नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि बैठकमा सहभागी भएका छन् ।

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र १६, २०७९ १८:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट