राजनीति

मुख्यमन्त्री शाह र यूरोपियन युनियनका राजदू डिप्रेजबीच भेट

मुख्यमन्त्री शाह र यूरोपियन युनियनका राजदू डिप्रेजबीच भेट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले युरोपियन युनियनका राजदूतको टोलीसँग आज भएको भेटवार्तामा ऊर्जा क्षेत्रको प्रबद्र्धनमा सहयोग पुर्याउन आग्रह गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको भेटवार्ताका क्रममा जलविद्युत्का साथै स्वास्थ्य, शिक्षाको विकास लगायतका विषयमा छलफल भएको मुख्यमन्त्रीका स्वकीय सचिव धीरेन्द्र शाहीले जानकारी दिनुभयो । उहाँहरुबीच नीति निर्माणमा सहयोग गर्ने विषयमा पनि छलफल भएको […]

  • २ years अगाडि
मञ्जु अन्सारीलाई सांसद बनाउने जसपाको निर्णय

मञ्जु अन्सारीलाई सांसद बनाउने जसपाको निर्णय

जनता समाजवादी पार्टी, नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ । आज बसेको पार्टीको कार्यकारिणी समिति बैठकले अन्सारीलाई सांसद बनाउने निर्णय गरेको पार्टी प्रवक्ता मनिष सुमन जानकारी दिनुभयो । पार्टीका तर्फबाट समानुपातिक सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान खाली थियो । रिक्त पदमा मुस्लिम कल्सटरको दोस्रो स्थानमा रहनुभएकी अन्सारीलाई सांसद बनाउन […]

  • २ years अगाडि
उपराष्ट्रपति पुन निजी निवासमा

उपराष्ट्रपति पुन निजी निवासमा

उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सर्नुभएको छ । उहाँ आज अपराह्न १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित निजी निवासमा सर्नुभएको हो । नेपालको संविधानबमोजिम चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुन लागेका सन्दर्भमा निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति आजै निजी निवासमा सर्नुभएको उहाँको प्रेस संयोजक […]

  • २ years अगाडि
आयोगको ध्यानाकर्षण

आयोगको ध्यानाकर्षण

निर्वाचन आयोगले यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि प्रचारप्रसार निषेधका अवधिमा राजनीतिक दलको बैठकबाट उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न÷नगराउन ध्यानाकर्षण गराएको छ । उम्मेदवारका सम्बन्धमा कतिपय राजनीतिक दलका बैठक र त्यससँग सम्बन्धित सार्वजनिक अभिव्यक्ति आएका सन्दर्भमा आज आयोगले प्रेस विज्ञप्ति जारी गरी सो ध्यानाकर्षण गराएको हो । आयोगले निर्वाचनलाई स्वच्छ, […]

  • २ years अगाडि
रास्वपाले बोलायो पदाधिकारी र संसदीय दलको संयुक्त बैठक

रास्वपाले बोलायो पदाधिकारी र संसदीय दलको संयुक्त बैठक

उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । शुक्रबार बिहान ११ः३० बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा समसामयिक परिस्थितिबारे निर्णय गरिने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने निर्णय लिनेछ । उपराष्ट्रपतिको […]

  • २ years अगाडि
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । विधान मस्यौदालगायत समानुपातिक सांसदबारे निर्णय गर्न भोलि विहान ११ बजेका लागि बैठक आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिनुभयो । जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ । बैठक पार्टी कार्यालयमा बस्नेछ ।

  • २ years अगाडि
कर्मचारीको विवरण बुझाउन निर्देशन

कर्मचारीको विवरण बुझाउन निर्देशन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय कार्यालयका कर्मचारीहरुको विवरण माग गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरुलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन आग्रह गरिएको छ । मन्त्रालयका उपसचिव कमानसिंह थापाद्वारा हस्ताक्षरित उक्त परिपत्रमा भनिएको छ, “मन्त्रालय–संवैधानिक आयोगको स्वीकृति सङ्गठन संरचनाबमोजिम कर्मचारीको पदपूर्तिसम्बन्धी ढाँचामा कर्मचारीको विवरण तीन दिनभित्र मन्त्रालयको […]

  • २ years अगाडि
उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय

उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा मत नदिने र तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यसअघि राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपाले तटस्थ बस्ने निर्णय गरेको थियो ।  

  • २ years अगाडि
प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने

कपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिने भएका छन् । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेका हुन् ।

  • २ years अगाडि
विप्लव नेतृत्वको नेकपा र माओवादी समाजवादीबीच एकता

विप्लव नेतृत्वको नेकपा र माओवादी समाजवादीबीच एकता

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र कर्णाजीत बुढा नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच पार्टी एकता भएको छ । काठमाडौँको प्रज्ञा भवनमा विप्लव नेतृत्वको नेकपा र कर्णजीत बुढा नेतृत्वको माओवादी समाजवादी पार्टीबीच एकता भएको हो । अहिले संकटग्रस्त दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको स्वेच्छाराी शासन चलेको बताएका छन् । ‘मुठ्ठीभर दलाल पुँजीपतिवर्ग […]

  • २ years अगाडि
मन्त्री र कर्मचारीलाई अत्यावश्यकबाहेक विदेश भ्रमण गर्न रोक

मन्त्री र कर्मचारीलाई अत्यावश्यकबाहेक विदेश भ्रमण गर्न रोक

काठमाडौं । सरकारले मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीले अति आवश्यकबाहेक विदेश भ्रमण नगर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अति आवश्यक अवस्थामाबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीले विदेश भ्रमण नगर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

  • २ years अगाडि
चितवन क्षेत्र नं २ मा थपिए मतदाता

चितवन क्षेत्र नं २ मा थपिए मतदाता

चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा एक लाख २४ हजार ६ सय ४६ मतदाता सहभागी हुने भएका छन् । प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यसपटक छ सय ३१ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो । वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदाता नामावलीमा दाबी विरोधका कार्यक्रम सकिएको उहाँले बताउनुभयो […]

  • २ years अगाडि