राजनीति

‘राष्ट्रपतिले दलीय संरचनाबाट अलग भइ भूमिका निर्वाह गर्नुपर्छ’

‘राष्ट्रपतिले दलीय संरचनाबाट अलग भइ भूमिका निर्वाह गर्नुपर्छ’

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले आज निर्वाचित हुने राष्ट्रपतिले आफूलाई दलीय संरचनाबाट अलग राख्दै राष्ट्र र जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग उहाँले नयाँ निर्वाचित हुने राष्ट्रपतिले दलबाट अलग भएर मन, वचन र कर्मले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । राष्ट्रपति […]

  • २ years अगाडि
प्रधानमन्त्री दाहालद्वारा मतदान

प्रधानमन्त्री दाहालद्वारा मतदान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उहाँले मतदान गर्नुभएको हो । राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले यसअघि नै मतदान गरिसक्नुभएको छ । अहिले बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने सहायक […]

  • २ years अगाडि
मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन हुनेछ  : पौडेल

मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन हुनेछ : पौडेल

राष्ट्रपति पदका लागि उम्मेदवार रामचन्द्र पौडेल ( नेपाली कांग्रेस)ले आफ्नो राजनीतिक सङ्घर्षको सही मूल्याङ्कन गर्दै मतदाताले निर्वाचित गराउने बताउनुभयो । उहाँले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफू निर्वाचित हुने विश्वास व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, “सङ्घीय तथा प्रदेशसभाका सदस्यले मलाई मत दिनुहुने पूर्ण विश्वास छ । उहाँहरुले […]

  • २ years अगाडि
दलितमुक्ति सङ्गठनको राष्ट्रिय सम्मेलन जेठमा

दलितमुक्ति सङ्गठनको राष्ट्रिय सम्मेलन जेठमा

नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलितमुक्ति सङ्गठनको छैठौँं राष्ट्रिय सम्मेलन आगामी जेठ २१ र २२ गते काठमाडौँमा हुनेभएको छ । सङ्गठनका अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षतामा हालै बसेको केन्द्रीय कमिटीको पाँचौंँ पूर्ण बैठकले छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको दिनको अवसर पारेर २०८० साल जेठ २१ र २२ गते छैठौंँ राष्ट्रिय सम्मेलन काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको हो […]

  • २ years अगाडि
प्रतिनिधिसभाका सभामुखद्वारा मतदान

प्रतिनिधिसभाका सभामुखद्वारा मतदान

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उहाँले मतदान गर्नुभएको हो । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र […]

  • २ years अगाडि
नेपाली कांग्रेस सभापति देउवाद्वारा मतदान

नेपाली कांग्रेस सभापति देउवाद्वारा मतदान

नेपाली कांग्रेसका सभापति एवं प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद मतदान केन्द्रमा उहाँले केहीबेरअघि मतदान गर्नुभएको हो । अहिले बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । बिहान १० बजेदेखि दिउँसो […]

  • २ years अगाडि
राष्ट्रपतिका लागि आज मतदान हुँदै

राष्ट्रपतिका लागि आज मतदान हुँदै

आगामी नयाँ राष्ट्रपतिका लागि आज मतदान हँुदैछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । संविधानसभाबाट संविधान जारी भएपछि तेस्रो कार्यकालका लागि […]

  • २ years अगाडि
राष्ट्रपति निर्वाचन इतिहास

राष्ट्रपति निर्वाचन इतिहास

मुलुकमा २०६२÷६३ को जनआन्दोलनको उपलब्धिका रुपमा नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो । संविधानसभाले राष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था भएबमोजिम गरिएको उक्त निर्वाचनमा संविधानसभामा तत्काल कायम रहेका पाँच सय ९४ सदस्य मतदाता थिए । पहिलो निर्वाचनमा केही राजनीतिक दलले भाग नलिएका कारण पाँच सय ७८ सदस्यले मात्र मतदान […]

  • २ years अगाडि
महिला सशक्तिकरण जनयुद्ध र जनआन्दोलनको प्रतिफल : कर्णाली प्रदेश प्रमुख

महिला सशक्तिकरण जनयुद्ध र जनआन्दोलनको प्रतिफल : कर्णाली प्रदेश प्रमुख

कर्णाली प्रदेशप्रमुख तिलक परियारले जनयुद्ध र जनआन्दोलनको प्रतिफलस्वरुप महिला सशक्तिकरण भएको बताउनुभएको छ । एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले देश–विदेशमा रहेका समग्र नेपाली दिदीबहिनीहरुमा शुभकामना दिनाका साथै आन्दोलनबाट प्राप्त उपलब्धिहरु विश्व महिला आन्दोलनका लागि उत्प्रेरक मानिएको बताउनुभयो । नेपालको संविधानको धारा, ३८ ले महिलामाथि हुने अत्याचार, शोषण, […]

  • २ years अगाडि
राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा

राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा

मुलुकको नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो । सङ्घीय संसद् र प्रदेशसभा सदस्यका लागि उक्त कक्षमा बेग्लाबेग्लै दुईवटा मतदान केन्द्र निर्माण गरिएको छ । मतदान […]

  • २ years अगाडि
कर्मचारीको व्यवस्थित सरुवा प्रणाली मेरै कार्यकालमा : मन्त्री मोदी

कर्मचारीको व्यवस्थित सरुवा प्रणाली मेरै कार्यकालमा : मन्त्री मोदी

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामति कर्मचारीको व्यवस्थित सरुवा प्रणाली आफ्नै कार्यकालमा सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मन्त्रालयमा आज सञ्चारकर्मीसँगको अन्तक्रियामा उहाँले कर्मचारीको सरुवाकै विषयमा धेरै ध्यान केन्द्रित गर्दा अरु काम प्राथमिकतामा पर्न नसकेकाले व्यवस्थित सरुवा प्रणाली स्थापित गर्ने गृहकार्य भइरहेको जानकारी दिनुभयो । विसं २०७५ माघदेखि संसद्मा विचाराधीन रहेको निजामति […]

  • २ years अगाडि
शान्ति प्रक्रियालाई टुङ्गो लगाउन सरकार दत्तचित्त भएर लागेको छ : सञ्चारमन्त्री शर्मा

शान्ति प्रक्रियालाई टुङ्गो लगाउन सरकार दत्तचित्त भएर लागेको छ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन सरकार दत्तचित्त भएर लागेको बताउनुभएको छ । उहाँले त्यसलाई सरकारको प्राथमिक कार्यभारका रूपमा लिएको स्पष्ट पार्नुभयो । धादिङको गल्छीमा आजदेखि सुरु भएको सामुदायिक रेडियोहरूको दुईदिने राष्ट्रिय परामर्श सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले चालु संसद् अधिवेशनबाटै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर शान्ति प्रक्रियाको बाँकी कार्यभार टुङ्गोमा पुर्याउने […]

  • २ years अगाडि