लमजुङको गाउँ गाउँमा प्रायःजसो सबैको हात हातमा मोबाइल सेट छ । यसमा इन्टरनेटका माध्यमबाट संसारभरीको खबर प्राप्त गर्ने गरे पनि क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँ, घिचे, घाम्राङबँेसी, साल्मेलगायतका गाउँमा स्थानीयवासीले आफ्नै गाउँको खबर प्राप्त गर्न कटुवालको भर पर्नुपर्छ । यहाँ अझै कटुवालकै भरमा सूचना दिने चलन कायम छ । घाम्राङ गाउँका दिनबहादुर गुरुङले जब गाउँपारिको डाँडामा […]
खानेपालीको मूल प्रयोग गर्ने विषयमा दुई जिल्लाका बासिन्दाबीचको विवादमा सर्वोच्च अदालतले साविककै मूल प्रयोगकर्ताको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नचौर र बागलुङको बागलुङ नगरपालिका–४ उपल्लाचौरका बासिन्दामा पानीको मूल प्रयोगको विषयलाई लिएर दुई महिनाअघिदेखि विवाद उत्पन्न भएको थियो । विवादपछि म्याग्दीको रत्नेचौरवासीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । वर्षौँदेखि उपभोग […]
काठमाडौँ । आज दिउँसो मिटरब्याज पीडितले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध नाराबाजी गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शनी गरेका छन् । सोमबार सिंहदरबारबाहिर प्रदर्शन गर्ने तयारीमा रहेका मिटरब्याज पीडितलाई प्रहरीले शान्तिवाटिकामा नै रोकेको थियो । त्यस क्रममा मिटरब्याज पीडितलाई रोक्न प्रहरीले लाठीचार्ज र पानीको फोहोरा प्रयोग गर्दा पीडितहरु घाइते […]
काठमाडौं । काठमाडौं नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । विभिन्न नारा लेखिएका ब्यानर र प्लेकार्डसहित प्रदर्शनमा उत्रिएकाहरुलाई रोक्न प्रहरीले सडकमा बार लगाएको थियो । उनीहरु संक्रमणकालीन न्याय सम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपुरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै प्रदर्शनमा उत्रिएका थिए । सरकारले संक्रमणकालीन न्यायसँग […]
मालवाहक सवारी साधन टिपरले ढुवानी गर्ने सामानको भार मापन गर्न बनेको तौल पुल प्रयोग गर्न टिपर व्यवसायीले आनाकानी गरेपछि प्रशासनले सबै पक्ष राखेर छलफल चलाएको छ । प्रशासनले भने मालवाहक टिपरले क्षमताभन्दा बढी सामान ढुवानी गरेर सडक क्षति पु¥याएकामा सार्वजनिक सम्पत्तिको रक्षा गर्न तोकिएको मापदण्डअनुसार मात्रै ढुवानी गर्न अनिवार्य तौल लिएर मात्रै सञ्चालन गर्न नियमन […]
सडक सञ्जालको विकास एवम् स्तरोन्नतिसँगै धनगढी उपमहानगरपालिकाको सहरी क्षेत्रको मुहार फेरिन थालेको छ । विकासका लागि पहिलो पूर्वाधार मानिने सडक स्तरोन्नति तीव्ररुपमा हुन थालेपछि सहजता भएको छ । उपमहागरको सहरी वडाका मुख्य र शाखा सडक फराकिलो पारी स्तरोन्नति धमाधम भइरहेको छ । नगरपालिका घोषणा भएको झण्डै ४६ वर्षपछि धनगढीमा छुट्टाछुट्टै योजनामार्फत् पहिलो पटक ठूलो बजेट […]
विगत वर्षमा शैक्षिक सत्र सकिनै लाग्दा विद्यार्थीले पुस्तक पाउने अवस्था यो वर्ष भने अन्त्य भएको छ । यहाँका विद्यार्थीले यसवर्ष भर्नासँगै पाठ्यपुस्तक पाएका छन् । शैक्षिक सत्रको सुरुवातमै भर्ना भएसँगै पढ्नका लागि हातहातमै पाठ्यपुस्तक पाउँदा खुशी लागेको शैल्यशिखर नगरपालिका-६ को मालिकार्जुन माध्यमिक विद्यालय मिलमिलीका छात्रा निशा धामीले बताउनुभयो । गत वर्ष शैक्षिक सत्रको अन्तिमसम्म पुस्तक […]
भोजपुर, ५ वैशाख (रासस) ःभोजपुरको अरुण नदी जरायोटार लिफ्टिङ खानेपानी आयोजनाको काममा ढिलाइ भएको छ । निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि बजेटको अभावले आयोजना सम्पन्न हुन नसकेको हो । आयोजनाको कुल लागत रु १९ करोड रहे पनि क्रमागत योजना भएकाले बर्सेनि कम बजेट आउँदा निर्माणमा ढिलाइ भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले […]
बाँकेको दोस्रो ठूलो सहर मानिएकोे कोहलपुरमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’सहितको बसपार्क निर्माण भएको छ ।कोहलपुर नगरपालिकाद्वारा नगर विकास कोषसँगको ऋण सम्झौतामा निर्माण गरिएको सो बसपार्कको निर्माण सम्पन्न गरी सञ्चालनको तयारी भइरहेको नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बस पार्किङ, टिकट काउन्टर, सपिङ कम्प्लेक्सलगायत ५९ व्यावसायिक सटरसहितका सबै संरचना निर्माण भइसकेको जानकारी […]
अण्डाले मूल्य नपाएपछि कुखुरापालक व्यवसायी छ महिनाअघि सङ्गठित भए । देशैभरका ठूला व्यवसायी भेला भएर व्यवसाय जोगाउनका लागि अन्तिम प्रयासको थालनी गरे । उनीहरूले नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन गरेर देशव्यापीरूपमा बजारीकरणमा जुटेका थिए । यतिबेला अण्डाको मूल्य प्रतिक्रेट (३० वटाको) रु दुई सय ४० हाराहारीमा झरेको थियो । विसं २०७९ असोज २९ गते पहिलो […]
एक स्थानीय तह, एक आधारभुत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको पर्वतको फलेवास नगरपालिकाको नगर अस्पताल निर्माण अलपत्र परेको छ । तीन वर्षअघि तत्कालीन नगरप्रमुख पदमपाणि शर्माले सो नगर अस्पतालको भवन शिलान्यास गर्नुभएको थियो । अस्पताल बनाउन भन्दै खनिएको घडेरीमा अहिले ठूला– ठूला बोट उम्रिएका छन् । घडेरी सम्याउनका लागि समथर बनाइएको जग्गाबाटै अनावश्यक ढुङ्गा–माटो निकासी […]
ताप्लेजुङमा तोकिएको समयमा स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा राजस्व सङ्कलनमा कमी आएको छ । समयमा जग्गा वर्गीकरण नगर्दा कित्ताकाट रोकिनुका साथै जग्गासम्बन्धी कारोबार न्यून हुँदा मालपोत कार्यालयमार्फत सङ्कलन हुने राजस्वमा कमी आएको हो । कार्यालयका अनुसार जग्गाको कित्ताकाट रोकिँदा सङ्कलन हुँदै आएको राजस्वमा कमी आएको हो । गत आर्थिक वर्ष २०७८÷७९ को फागुन मसान्तसम्ममा मालपोत […]