तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा पुल निर्माण हुन लागेको करिब सात वर्ष भयो । तर अझै पनि त्यो पुल निर्माणको काम आधामात्रै छ । पुल निर्माण नहुँदा त्यहाँका नागरिकलाई आवतजावतमा समस्या हुने गरेको छ । विसं २०७५ चैत १८ गते काम पूरा गर्ने गरी सुर्खेतको एसपीय सूर्य जेभी कन्ट्रक्सन निर्माण कम्पनीसँग २०७३ असोज […]
म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घन्टा यातायात सेवा बन्द हुन थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, ‘बेलिब्रिज’ निर्माण र सडक विस्तारका लागि यातायात सञ्चालन गर्ने समयतालिका बनाइएको हो । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले २०८० वैशाख ४ देखि २० गतेसम्म बिहान ६ […]
बागलुङको काठेखोला गाउँपालिकाको एउटै वडामा दुई सङ्ग्रहालय निर्माण भइरहेका छन् । जनजातिको बाहुल्यता रहेको काठेखोला–४ तङ्ग्राममा एकसाथ सांस्कृतिक सङ्ग्रहालय र जनजाति सङ्ग्रहालय निर्माण भइरहेका छन् । लोपन्मुख विश्वका मुख्य बाजा सङ्ग्रह गर्ने उद्देश्यले स्थापना गरिएको जिमाक संस्थाको अगुवाइमा अहिले सांस्कृतिक सङ्ग्रहालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यस्तै गाउँपालिकाको अगुवाइमा जनजाति सङ्ग्रहालय निर्माण भइरहेको […]
निर्माणकार्य सुस्त हुनथालेपछि सिन्धुपाल्चोकमा नदीजन्य पदार्थ बिक्री हुन छाडेको छ । सुनकोशी, इन्द्रावती र भोटेकोशी नदी आसपसामा दुई दर्जनबढी क्रसर उद्योग सञ्चालनमा छन् । निर्माणकार्य सुस्त हुँदा क्रसर उद्योगले उत्पादन गरेको बालुवा, गिट्टीलगायत सामग्री बिक्री हुन छाडेको हो । स्थानीय सरकारको मुख्य आन्तरिक स्रोत बनेको बालुवा तथा गिट्टी बिक्री हुन छाडेपछि ठेक्का पनि लाग्न छाडेको […]
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले खेत जोत्न राँगा, गोरुको प्रयोग गर्न छाड्नुभएको पाँच वर्ष भइसक्यो । खेत जोत्न उहाँ अचेल ‘पावर टिलर’को प्रयोग गर्नुहुन्छ । उहाँको यहाँ साढे चार बिगाहा जमिन छ । वर्षौंदेखि उहाँले तरकारी, उखु, गहुँ तथा धान खेती गर्दै आउनुभएकामा अहिले कृषि उपकरणको प्रयोग गरेर खेती गर्नुहुन्छ । “अगाडि राँगाले खेत […]
आमाको मुख हेर्ने औँशीका दिन चन्द्रागिरि नगरपालिकाको मातातीर्थ मन्दिरमा लाग्ने मेलाका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ । यही वैशाख ७ गते बैशाख कृष्णपक्ष औँशीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा गएर कुण्डमा स्नान र पूजा गर्ने गरिन्छ। मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मातातीर्थ मेला सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेर काम गरिएको बताउनुभयो […]
अजिरकोट गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय समायोजन र योग्यताका आधारमा विद्यालयमा प्रधानध्यापक नियुक्त गरेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन तथा विद्यालयको खस्किँदो शैक्षिक अवस्था सुधारका लागि पालिकाभित्रका पाँच विद्यालय एकैमा गाभेको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो । “गाउँपालिकाले पनि शिक्षा क्षेत्रमा ठूलो धनरासी खर्च गरेको हुन्छ”, उहाँले […]
म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको पर्यटकीय सम्भावनायुक्त तीनचुलेमा सडक र खानेपानी सुविधा पुगेको छ । ताराखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा तिनचुलेमा सडक र लिफ्ट प्रविधिमार्फत खानेपानी पु¥याइएको हो । ताराखोला–४ का वडाध्यक्ष जीतबहादुर खत्रीले नागबेलीखोलादेखि दावा हँुदै तिनचुले जोड्ने पाँच किलोमिटर सडक निर्माण भएको जानकारी दिनुभयो । ताराखोला […]
चक्रिय अन्नपूर्ण पदमार्गमा यतिबेला विदेश पर्यटकको चहलपहल बढ्न थालेको छ । विदेशी पर्यटक यतिबेला दैनिक एक सयदेखि एकसय ५० जनासम्म आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ । केही हप्ताअघिसम्म यस पदमार्गमा न्यून रहेको पर्यटक अहिले भने बढ्दै गएको यस केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, […]
केही दिनयतादेखि डढेलोका कारण काठमाडौँसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडाँै उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ । प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने पनि सम्भावना नरहेकाले प्रदूषण अझै केही दिन स्थिर रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । […]
सधैँ घरको काममा व्यस्त हुने राप्ती गाउँपालिका–७ सिसहनिया निवासी राजकुमारी चौधरीको दैनिकी पछिल्लो समय बदलिएको छ । गुन्द्री, पूजादानी, टोपी, हटकेस, पेनहोल्डर, खुत्रुक्के, ढकिया, चटकी र गमलालगायतका हस्तकलाका सामग्री बनाउने र बेच्ने काममा उहाँको समय बित्छ । दुई वर्षअघि समूह गठन गरेर सीप सिकेका राजकुमारीलगायतका थारु समुदायका महिला परम्परागत सीपको संरक्षणसँगै आर्थिक आम्दानीमा लाग्नुभएको छ […]
स्याङ्जाको चापाकोट–९ चोसीका लीलबहादुर कामी उमेरले तीन बीस पूरा हुनुभयो । आफू जान्ने भएदेखि अहिलेसम्म निरन्तररुपमा काठका भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्दै आउनुभएको छ । साँचो र लोताको प्रयोग गरी काठका विभिन्न भाँडाकुँडा बनाउन उहाँले आफ्नै बाबुबाजेहरुहरुबाट सिक्नुभयो । आम्दानीको मुख्य स्रोतका रुपमा काठको ठेका, ठेकी, मदानी, अम्खोरा, कचौरा, गिलास, थाललगायत सामग्रीहरु निर्माण गर्दै आउनुभएको छ […]