प्रदेश समाचार

बैतडी जिप दुर्घटना : फरार चालक पक्राउ

बैतडी जिप दुर्घटना : फरार चालक पक्राउ

बैतडीमा भएको जिप दुर्घटनाका चालकलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा से१ज ७६४ नंको जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनालगत्तै फरार रहेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरालाई प्रहरीले ढोल्यामोडबाट पक्राउ गरेको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । […]

  • २ years अगाडि
हुम्लाको ताँजकोटमा आँखा शिविर

हुम्लाको ताँजकोटमा आँखा शिविर

हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । उक्त शिविरमा २८ पुरुष र ३५ महिलाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । यही चैत २८ र २९ गते शिविर सञ्चालन गरिएको हो । शिविरमा मोतियाविन्दु र आँखामा मासु पलाएका बिरामीको शल्यक्रिया गरिएको थियो । आँखा शिविरबाट चार सय ७८ बिरामीले सेवा प्राप्त […]

  • २ years अगाडि
बागलुङको काठेखोलामा खानेपानी अभाव

बागलुङको काठेखोलामा खानेपानी अभाव

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीमा खानेपानीको अभाव भएको छ । धम्जाका अधिकांश गाउँमा ‘एक घर, एक धारा’ निर्माण गरिए पनि देउरालीमा भने खानेपानी अभाव कायमै छ । भौगोलिक हिसाबले धम्जाकै शिरमा रहेको देउरालीमा खानेपानीका मूल बस्तीभन्दा तल भएका कारण यहाँका २० घरमा वर्षौँदेखि खानेपानीको पहुँच छैन । धम्जा देउरालीका बासिन्दालाई खानेपानीको सुविधा दिन सोलार लिफ्ट […]

  • २ years अगाडि
हल्का वर्षाको सम्भावना

हल्का वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार आज सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै गण्डकी, कोशी र बागमती प्रदेशको केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी […]

  • २ years अगाडि
मलिकाका वडावडामा अचार उद्योग

मलिकाका वडावडामा अचार उद्योग

म्याग्दीको मालिका गाउँपालिकाका एकल तथा फरक क्षमता भएका महिला वडा–वडामा अचार उद्योग स्थापना गरेर आयआर्जन गर्ने तयारीमा जुटेका छन् । गाउँपालिकाले सातै वडाका महिलालाई एक साताको अचार बनाउने तालिम दिएपछि उनीहरु अचार उत्पादन गर्न लागिपरेका हुन् । तालिममा सहभागी २५ महिलालाई गाउँपालिकाले प्रतिव्यक्ति रु २६ हजारका दरले अनुदान दिएर अचार उद्योग सञ्चालनका लागि प्रेरित गरेको […]

  • २ years अगाडि
जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगबिहीन

जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगबिहीन

आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । अस्पतालमा सातवटा भेन्टिलेटर रहेका छन् । भेन्टिलेटरको आवश्यकता परे बिरामीले प्रयोग गर्न पाउने अवस्था छैन् । कोभिड–१९ का सङ्क्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म प्रयोगमा आउन सकेका छैनन् । गण्डकी प्रदेश सरकारले दिएको रु एक करोड ६९ लाखको लगानीमा आइसीयू र भेन्टिलेटर तयार […]

  • २ years अगाडि
डढेलो फैलिन थालेपछि बस्ती जोखिममा

डढेलो फैलिन थालेपछि बस्ती जोखिममा

उदयपुरको सदरमुकाम गाईघाट आसपासकासका जङ्गल क्षेत्रमा शनिबारदेखि डढेलो फैलिन थालेपछि यहाँका बस्ती जोखिममा परेका छन् । त्रियुगा नगरपालिकाको साउने, खाँबु असारी र भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो तीव्ररूपमा फैलिँदै गएको छ । मानवबस्तीसम्म डढेलो फैलिन थालेपछि साउने, असारी र भुसुने क्षेत्र आसपासका झन्डै सात सयभन्दा बढी घर जोखिममा परेको स्थानीयवासीले बताएका छन् । त्रियुगा […]

  • २ years अगाडि
भीमदत्तका प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भीमदत्तका प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कञ्चनपुरको भीमदत्तका नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, इञ्जीनियर हिमालयसिंह ऐर, लेखापाल गोविन्दराज उपाध्याय, अधिकृत सुवास अधिकारी, नायबसुब्बा विष्णुदेव भट्ट, लेखापाल दीपेन्द्र चौधरीलगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर […]

  • २ years अगाडि
घरभाडा घटाउन व्यावसायीक सङ्घसंस्थाको अपिल

घरभाडा घटाउन व्यावसायीक सङ्घसंस्थाको अपिल

कोभिड–१९ पछिको घट्दो व्यापार, बैंकको चर्को ब्याजदर, महँगो घरभाडालगायत कारण व्यापार व्यवसायमा देखिएको मन्दीले व्यवसायी विस्थापित हुने अवस्था आएको रुपन्देहीका उद्योगी व्यावसायिक सङ्घसंस्थाले ठहर गरेका छन् । व्यावसायीक सङ्घसंस्थाको बुधबार बुटवलमा बसेको संयुक्त बैठकले बढ्दो घरभाडा र चर्को बैंक ब्याजका विषयमा व्यावसायिक सङ्घसंस्थाको सञ्जालले बृहत् बैठक आह्वान गरी बैंक ब्याजदर र घरभाडा घटाउन दबाबस्वरुप खाका […]

  • २ years अगाडि
बीमा रकम भुक्तानीका लागि ज्ञापनपत्र

बीमा रकम भुक्तानीका लागि ज्ञापनपत्र

इटहरी तथा सुनसरीका कोरोना सङ्क्रमित पत्रकार तथा सञ्चारकर्मीको रकम उपलब्ध गराउन नेपाल प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले ध्यानाकर्षणपत्र बुुझाउनुभएको छ । अध्यक्ष अधिकारीले आइएमी जनरल इन्स्युरेन्स कम्पनी काठमाडौँमा आज ध्यानाकर्षणपत्र बुुझाउँदै कोरोना सङ्क्रमित सञ्चारकर्मीको कोरोना बीमाबापतको रकम उपलब्ध गराउनुपर्ने भन्दै ध्यानाकर्षणपत्र बुुझाउनुभएको हो । कम्पनीका कोभिड इञ्चार्ज लोकेन्द्र कार्कीलाई ध्यानाकर्षणपत्र बुझाउँदै अधिकारीले कूल ४८ […]

  • २ years अगाडि
सेवा निवृत्त कर्मचारीको पैसा किन रोकेको ?

सेवा निवृत्त कर्मचारीको पैसा किन रोकेको ?

प्रतिनिधिसभाका सांसद प्रेम सुवालले सेवा निवृत्त कर्मचारीले पाइरहेको उपदान, सञ्चित बिदा र औषद्योपचारको भुक्तानी किन रोकेको भन्दै सरकारसँग प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद सुवालले सरकार कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्थामा नरहेको हो ? भन्दै प्रश्न गर्नुभएको हो । “सरकारले कर्मचारीको सञ्चित बिदा र औषधि उपचारको रु ३२ अर्ब रोकेको हो कि होइन […]

  • २ years अगाडि
गणपुरक सङ्ख्याको अभावमा सुरक्षण मुद्रण प्रस्ताव निर्णयार्थ प्रस्तुत भएन

गणपुरक सङ्ख्याको अभावमा सुरक्षण मुद्रण प्रस्ताव निर्णयार्थ प्रस्तुत भएन

राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस’ भन्ने प्रस्ताव कार्यसूचीमा समावेश गरिए पनि प्रतिनिधिसभामा गणपुरक सङ्ख्याको अभावमा प्रस्ताव प्रस्तुत हुन सकेन । प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्नुअघि नेकपा (एमाले) का सचेतक महेश बर्ताेलाले गणपुरक सङ्ख्याको यकिन गर्न सभामुख समक्ष माग गर्नुभयो । त्यस लगत्तै सभामुख देवराज घिमिरेले तीन मिनेटको घण्टी बजाएर गणपुरक सङ्ख्या […]

  • २ years अगाडि

लोकप्रिये