बीमा रकम भुक्तानीका लागि ज्ञापनपत्र

  • मिसन संवाददाता
  • बुधबार, चैत्र २९, २०७९ १९:३६
बीमा रकम भुक्तानीका लागि ज्ञापनपत्र

इटहरी तथा सुनसरीका कोरोना सङ्क्रमित पत्रकार तथा सञ्चारकर्मीको रकम उपलब्ध गराउन नेपाल प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले ध्यानाकर्षणपत्र बुुझाउनुभएको छ । अध्यक्ष अधिकारीले आइएमी जनरल इन्स्युरेन्स कम्पनी काठमाडौँमा आज ध्यानाकर्षणपत्र बुुझाउँदै कोरोना सङ्क्रमित सञ्चारकर्मीको कोरोना बीमाबापतको रकम उपलब्ध गराउनुपर्ने भन्दै ध्यानाकर्षणपत्र बुुझाउनुभएको हो । कम्पनीका कोभिड इञ्चार्ज लोकेन्द्र कार्कीलाई ध्यानाकर्षणपत्र बुझाउँदै अधिकारीले कूल ४८ मध्ये ३० जनाको रु एक लाखका दरले बीमाबापतको रकम उपलब्ध भए पनि बाँकी १८ जनाको रकम तत्काल उपलब्ध गराउन आग्रह गर्नुभयो । ध्यानाकर्षणपत्र बुुझ्दै कार्कीले हालसम्म सुुनसरीबाट ४८ जना सञ्चारकर्मीको लिस्ट आएको र चाँडै वार्तामा बसेर भुक्तानी दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसअघि युुनियनले कोभिड महामारीको समयमा सुनसरीका दुई सय ६० जना सञ्चारकर्मीको निःशुल्क कोरोना बीमा गरेको थियो । जसमध्ये ४८ जना सङ्क्रमित भएका थिए भने हालसम्म ३० जनाले रु एक लाखका दरले भुक्तानी पाइसकेका छन् । सभापति अधिकारीले भन्नुभयो, “हाम्रो अहिलेको कार्यकाल पूरा हुन लाग्दा आफ्नो जिम्मेवारी पूूरा गर्ने उद्देश्यले आज ध्यानाकर्षण पत्र बुुझाएका हौैँ, चाँडै नै रकम पनि उपलब्ध हुने विश्वास छ ।”

  • मिसन संवाददाता
  • बुधबार, चैत्र २९, २०७९ १९:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट