राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपाल (रान) को अध्यक्षमा जगतबहादुर भट्टराई निर्वाचित हुनुभएको छ । एसोसिएसनको आज सम्पन्न प्रथम महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कृष्णबहादुर राउत, उपाध्यक्ष (पुरुष) मा बालगोपाल श्रेष्ठ, उपाध्यक्ष (महिला) मा सरिता भण्डारी उपाध्यक्ष (कोशी प्रदेश) मा डा सञ्जीवकुमार यादव र उपाध्यक्ष (मधेस प्रदेश)मा सञ्जयकुमार प्रसाद सर्वसम्मत निर्वाचित हुनुभएको हो । त्यसैगरी, महाधिवेशनले बागमती प्रदेशबाट दिलबहादुर […]
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पर्यटकका लागि कर्णाली चिसापानी नेपालकै एक आकर्षक गन्तव्य भएको बताउनुभएको छ । आज कर्णाली नदीमा ¥याफ्टिङ गर्ने क्रममा पत्रकारलाई प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष भट्टराईले कर्णाली चिसापानी पर्यटकहरुका लागि आकर्षणको गन्तव्यका रुपमा रहेको बताउनुभयो । “सुदूरपश्चिमका लागि हिँडेका जुनसुकै व्यक्ति चिसापानी पुग्छ । चिसापानी पुल, कर्णालीनदीको ¥याफ्टिङ, […]
यहाँको रामतुलसी नमुना माध्यमिक विद्यालयले महिनावारीका समयमा छात्रालाई सेनिटरी प्याडको व्यवस्था गरेपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको छ । विद्यालयमा अध्ययनरत छात्रालाई सशक्तीकरण छात्रा कार्यक्रमअन्तर्गत विद्यार्थीबाट प्रतिव्यक्ति रु पाँच उठाएर सेनिटरी प्याड खरिद गरी वितरण गर्न थालिएपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको हो । आजभन्दा करिब पाँच वर्षअघिसम्म सेनिटरी प्याड अभावको […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताउनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने धारणा राख्नुभयो । उहाँले समाज रुपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा जोड दिँदै त्यसका लागि विश्वविद्यालयको शिक्षा सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक […]
मादी–४ तारकाङस्थित केउरानीका ६५ वर्षीय वृहस्पति सापकोटाले कल्पना पनि भएकै थिएन कि गाईगोठ जाने इदी खोलामाथि पक्की पुल बन्ला भनेर । खोलाको वारिपट्टी केउरानीबाट झरेको ठूलो पहिरो र पारि पनि त्यस्तै अप्ठेरो ठाँउ यहाँ पुल बन्छ भन्ने लागेकै थिएन तर पुल बनेरै छोड्यो । पुल बनेपछि यतिबेला पुलबाट ओहोर–दोहोर गर्ने वटुवाको पनि चहलपहल बढे पनि […]
पहाडी र हिमाली जिल्लामा फस्टाएको होमस्टे (घरबास) को मधेशमा पनि सम्भावना खोजिँदैछ । महोत्तरीको बर्दिबास–१४ मा स्थापना भएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम), बर्दिबास शाखाले यसको सम्भावनाबारे अध्ययन थालेको छ । नाथम बर्दिबास शाखाका प्रमुख शिवेन्द्र मल्लिकले गौशाला–८ बेलगाछीमा घरबासको सम्भावना रहेको बताउनुभयो । प्रारम्भिक चरणमा बर्दिबास वरपर घरबास सञ्चालनका लागि पूर्वाधार विकास […]
हिमालयन उद्दार सङ्घले स्वदेशी तथा विदेशी पर्वतीय पदयात्रीको उपचारका लागि तीन ठाउँमा चिकित्सकसहितको टोली खटाइएको छ । वसन्त ऋतु सुरु भएसँगै हिमाल आरोहण गर्न जाने पर्वतीय पर्यटककोे उपचारका लागि सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुकै फेरिचे र मनाङको मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्रका लागि उक्त टोली खटाइएको हो । सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले हिमाल […]
पुँजीबजारमा आज उच्च अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचक २८ दशमलव ३१ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ४८ अङ्क कायम भएको हो आज दुई सय ६८ वटा कम्पनीको ३८ लाख ४३ हजार सात सय १३ कित्ता शेयर २९ हजार दुई सय ३९ पटक खरिदबिक्री हुँदा रू एक अर्ब […]
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले श्रमिक वर्गको माग सम्बोधन गर्न श्रम आयोग गठन गर्नुपर्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसनिकट नेपाल यातायात मजदुर सङ्घको सातौँ राष्ट्रिय महाधिवेशनको आज वीरगञ्जमा उद्घाटन गर्नुहुँदै उहाँले भन्नुभयो– “संविधान बन्ने क्रममा श्रम आयोगको कुरा उठाएको थिए, तर यसमा ध्यान पुगेन ।” श्रम आयोग बनाउन सबैको ध्यान जानुपर्नेमा डा […]
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई द्रुतगतिमा अगाडि बढाइने बताउनुभएको छ । मुग्लिन पोखरा सडक विस्तार आयोजनाको आज स्थलगत निरीक्षणपछि दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सडक आयोजनाको काममा ढिलासुस्ती भएकाले यसलाई दु्रत गतिमा अगाडि बढाउनुपर्ने अवस्था रहेको बताउनुभयो । गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको पृथ्वीराजमार्गको यो खण्डका केही ठाउँमा कामको […]
जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित एकसय १४ वर्ष पुरानो कृष्ण मन्दिर पुनःनिर्माण तीव्र गतिमा अगाडि बढेको छ । विसं २०७२ वैशाख १२ मा गएको भूकम्पले क्षति भएको चौतारा पुरानो बजारस्थित कृष्ण मन्दिर सातवर्ष पुनःनिर्माण सुरु गरिएको हो । पुरातत्व विभाग काठमाडौँले बजेट विनियोजन गरेपछि निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले गत फागुन १२ गते मन्दिरको शिलान्यास गर्नुभएको […]
नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रलाई विद्युत् महसुलवापत यहाँका उद्योगले रु दुई अर्ब ५५ करोड ५२ लाख ८२ हजार आठ सय ४९ बुझाउन बाँकी छ । लामो समयदेखि पटक–पटक ताकेता गर्दासमेत चालु आर्थिक वर्षको हालसम्म ती उद्योगबाट महुसुल नबुझाइएको उक्त केन्द्रले जनाएको छ । केही उद्योगविरुद्ध महशुलसम्बन्धी मुद्दासमेत चलिरहको छ भने महसुल नतिर्ने पाँच सय […]