प्रदेश समाचार

मुस्ताङी च्याङ्ग्राको भुवा सङ्कलन

मुस्ताङी च्याङ्ग्राको भुवा सङ्कलन

मुस्ताङमा गुणस्तर परीक्षणका लागि पश्मिनाको कच्चा पदार्थ च्याङ्ग्राको भुवा सङ्कलन गर्न थालिएको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गतको नेपाल पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना सङ्घ र च्याङ्ग्रा पश्मिना किसान सङ्घको समन्वयमा नेपालमै पहिलोपटक भुवाको परीक्षण गर्न लागेको हो । सङ्कलित नमूनालाई पश्मिनाको मोटाइ र लम्बाइ मापन गर्ने […]

  • २ years अगाडि
झपक्के फुल्यो आँप

झपक्के फुल्यो आँप

, १४ चैत (रासस) ः यस वर्ष दाङमा विगतभन्दा अत्यधिक मात्रामा आँप फुलेको छ । फूलले आँपको रुख नै ढाकेको छ । यसले किसानमा खुसी ल्याएको छ । “अहिलेसम्म हामीले यसरी आँप फुलेको देखेका थिएनौँ”, तुलसीपुर–७ प्रसेनीका किसान नवराज सुवेदीले भन्नुभयो, “यसले हामीलाई खुसी बनाएको छ । हेर्दा पनि मनमोहक देखिन्छ ।” आँप धेरै फुले […]

  • २ years अगाडि
लिम्बूको परिवारलाई रू ३ लाख दिने निर्णय

लिम्बूको परिवारलाई रू ३ लाख दिने निर्णय

कोशी प्रदेश सरकारले प्रदेश नामकरणका सम्बन्धमा भएको विरोध प्रदर्शनीमा मृत्यु भएका लाजेहाङ लिम्बू (पदम लिम्बू)को परिवारलाई राहतस्वरुप रू ३ लाख उपलब्ध गराउने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषदको आज बसेको बैठकले नेपाल सरकारद्वारा गठित छानविन समितिलाई सहजीकरण गर्ने र मृतकका परिवार लागि राहत दिने निर्णय गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहका महेन्द्र विष्टले जानकारी दिनुभयो […]

  • २ years अगाडि
सवारी अनियमितता बढ्दो

सवारी अनियमितता बढ्दो

पासाङल्हामु मार्ग अन्तर्गत रसुवा जिल्लामा प्रवेश गर्ने अधिकांश सवारीसाधन अनियमित तवरले सञ्चालन हुन थालेपछि ट्राफिक कारबाही तीव्र पारिएको छ । यातायात व्यवस्था विभागको अनुमति नलिइ आफूखुसी आउने, सवारी साधनमा ब्लूबुक नराख्ने, सवारी चालक अनुमतिपत्र नल्याउने, हल्का सवारी चालकको अनुमति पत्रले ठूला कन्टेनरको चालक बन्ने जस्ता विकृति भेटिन थालेपछि ट्राफिक प्रहरीले परीक्षण एवं कारबाही तीव्र रूपमा […]

  • २ years अगाडि
सचेतनाका लागि नागरिक सुनुवाइ

सचेतनाका लागि नागरिक सुनुवाइ

हिमाली जिल्ला मनाङमा सचेतनाका लागि नागरिक सुनुवाइ कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा नासो गाउँपालिका–१ तालस्थित समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले यस्ता कार्यक्रमले नागरिक र प्रहरीबीच समन्वय गराउन मद्धत मिल्ने बताउनुभयो । “आमनागरिक र प्रहरीबीचको सम्बन्ध नङ र मासु जस्तै भएकाले यसको […]

  • २ years अगाडि
ललितपुर मेयर कप महिला क्रिकेट : आयोजकविरुद्धको खेलमा मधेस विजयी

ललितपुर मेयर कप महिला क्रिकेट : आयोजकविरुद्धको खेलमा मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस प्रदेश एक विकेटले विजयी भएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ललितपुर मेयर्सले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर ९६ रन बनायो । मधेस प्रदेशले ९७ रनको विजयी […]

  • २ years अगाडि
वर्षा भएपछि किसान उत्साहित

वर्षा भएपछि किसान उत्साहित

लामो समयसम्म वर्षा नहुँदा सास्ती खेप्दै आएका ताप्लेजुङका किसान अहिले भने उत्साहित भएका छन् । प्रायः प्रत्येक साँझ–बिहान वर्षा भएसँगै अन्नबाली फष्टाउन सहयोग पुग्ने भएपछि किसान उत्साहित भएका हुन् । फक्ताङलुङ गाउँपालिका–६ का सन्तकुमार लिम्बू अहिले अलैँची बगानमा सिँचाइ गर्न नपरेकाले बिहीबार सदरमुकाम फुङ्लिङ बजारमा आइपुग्नुभयो । कात्तिकको तेस्रो सातादेखि उहाँ प्राय अलैँची बगनामै बिहानदेखि […]

  • २ years अगाडि
राँके–रवि–भेडेटार सडक ः पचास महिनामा २५ प्रतिशत प्रगति

राँके–रवि–भेडेटार सडक ः पचास महिनामा २५ प्रतिशत प्रगति

पूर्वी नेपालका चार जिल्लालाई जोड्ने राँके–रवि–भेडेटार सडक निर्माण ५० महिनाका अवधिमा २५ प्रतिशत प्रगति भएको छ । चौध महिनाअघि निर्माण सम्पन्न हुनुपर्ने सडक निर्माणका क्रममा ट्र्याक विस्तार गर्ने, पर्खाल हाल्ने तथा ढलानको तयारी गर्ने कार्य भइरहेको छ । सङ्घीय सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलका अनुसार निर्माण कार्यमा करिब चार वर्षको अवधिमा १८ प्रतिशत […]

  • २ years अगाडि
कालिका मन्दिर परिसरमा आजदेखि चैतेदसैँ मेला

कालिका मन्दिर परिसरमा आजदेखि चैतेदसैँ मेला

बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा आजदेखि १७ गतेसम्म कालिका मन्दिर परिसरमा ऐतिहासिक चैत्राष्टमी मेला सुरु हुँदैछ । समितिका अध्यक्ष कुमार खड्काले परम्परागत रुपमा चल्दै आएको मेलालाई व्यवस्थित बनाउन मेला आयोजना गरिएको बताउनुभयो । मेलाका लागि खेल तथा सांस्कृतिक कार्यक्रम जोडिएको उहाँले जानकारी दिनुभयो । मेलाको सबै तयारी पूरा भएको छ । मेलालाई व्यवस्थित […]

  • २ years अगाडि
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा

चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा […]

  • २ years अगाडि
पर्वतमा प्रभावकारी भएन किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा

पर्वतमा प्रभावकारी भएन किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा

पर्वतमा किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा प्रभावकारीरुपमा सञ्चालन हुन सकेको छैन । गत वर्षदेखि जिल्लका १३ स्वस्थ्य संस्थाबाट सेवा प्रदान गर्ने गरी कार्यक्रम अघि बढाइएको थियो । विभिन्न समस्यामा परेका किशोर–किशोरीलाई स्वस्थ्य सेवा परामर्शमार्फत समाधान गर्नका लागि यो कार्यक्रम सञ्चालन सुरु गरिए पनि दक्ष जनशक्ति, उचित व्यवस्थापन, गोपनीयता र सूचना तथा सञ्चारको अभावले कार्यक्रम प्रभावकारी रुपमा […]

  • २ years अगाडि
टीकापुर साहित्य महोत्सव हुँदै

टीकापुर साहित्य महोत्सव हुँदै

कैलालीको टीकापुरमा यही चैत २५ देखि २७ गतेसम्म साहित्य महोत्सव आयोजना हुने भएको छ । यसका लागि स्थानीय र प्रदेश सरकारसँग सहयोग सङ्कलन भइरहेको एवं प्रचारप्रसार तीव्र पारिएको छ । महोत्सव तयारीकै विषयलाई लिएर टीकापुरका पत्रकार र सरोकारवालासँग अन्तक्र्रिया गरिएकोे छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य प्राध्यापक डाक्टर जगतबहादुरसिंह रावलले महोत्सवले […]

  • २ years अगाडि

लोकप्रिये