ललितपुर मेयर कप महिला क्रिकेट : आयोजकविरुद्धको खेलमा मधेस विजयी

  • मिसन संवाददाता
  • सोमवार, चैत्र १३, २०७९ १२:४२
ललितपुर मेयर कप महिला क्रिकेट : आयोजकविरुद्धको खेलमा मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस प्रदेश एक विकेटले विजयी भएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ललितपुर मेयर्सले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर ९६ रन बनायो । मधेस प्रदेशले ९७ रनको विजयी लक्ष्य १९ दशमलव दुई ओभरमा नौ विकेट गुमाएर पूरा ग¥यो । मधेसका लागि सरस्वती कुमारीले अविजित ३२, एलिसा यादवले १६ र सीमा कँवरले १५ रन बनाइन् । बलिङतर्फ ललितपुर मेयर्सकी सोनी पाख्रीन र कृतिका मरासैनीले दुई दुई तथा अश्मिना कर्माचार्य र मनिषा उपाध्यायले एक एक विकेट लिइन् । यसअघि ब्याटिङ गर्दै ललितपुर मेयर्सका लागि सोनी पाख्रीनले ३४, लक्ष्मी चौधरीले २३ तथा सृष्टी जैसीले १५ रन बनाइन् । बलिङतर्फ मधेसका लागि सरस्वती कुमारीले दुई तथा कविता गौतम, रोजी कडारी र अनुराधा चौधरीले एक एक विकेट लिइन् । जितसँगै मधेस प्रदेश अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । आयोजक ललितपुर मेयर्स जितबिहीन रहँदै अङ्क तालिकाको पुछारमा छ । ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत केहीबेरमा कीर्तिपुरस्थित मैदानमा अर्को खेल कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुँदैछ ।

  • मिसन संवाददाता
  • सोमवार, चैत्र १३, २०७९ १२:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट