काठमाडौँ, १ चैत (रासस) ः काठमाडौँ उपत्यकामा गत आर्थिक वर्षमा मात्रै सवारी साधनको ठक्करबाट ५८ पैदलयात्रीको मृत्यु भएकामा चालु आवको फागुन मसान्तसम्म आइपुग्दा ४० पैदलयात्रीले अनाहकमा ज्यान गुमाउनुपरेको छ । विगतमा जेब्राक्रसिङ्मै सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको घटना पटक–पटक दोहोरिएको थियो । ती तथ्यले उपत्यकामा हिँड्ने पैदलयात्री सबैभन्दा बढी जोखिममा रहेको देखाएको छ । […]
पहिलो पटक आयोजना गरिएको ‘अन्तर्राष्ट्रिय श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव २०७९’ आज सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिका–६, कटुञ्जेस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा फागुन २४ गतेदेखि सञ्चालन भएको महायज्ञसहितको महोत्सवमा दाताहरुबाट रु ८९ लाख सङ्कलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं महोत्सव आयोजक समितिका सचिव धर्मराज कार्कीले जानकारी दिनुभयो । दैनिक १३ हजारसम्म भक्तजनको उपस्थिति रहेको […]
यहाँका अधिकांश मासु पसल न्यूनतम मापदण्डविपरीत सञ्चालन भएका भेटिएका छन् । सदरमुकाम तम्घास बजार क्षेत्रमा दुई दिन गरिएको मासु पसलको छड्के अनुगमनका क्रममा अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन गरिएको पाइएको गुल्मीस्थित भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । उक्त केन्द्रका प्रमुख डा भरत काफ्लेको संयोजकत्वमा अनुगमन समिति गठन गरी रेसुङ्गा नगरपालिका–१ र २ […]
ताप्लेजुङ, १ चैत (रासस) : यहाँको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केही वर्षअघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । बलि चढाउँदा देवी खुसी हुने र आफूले चिताएका इच्छा, आकाङ्क्षा पूरा हुने विश्वासले यहाँ आउने ८० प्रतिशतभन्दा बढी भक्तजनले पशुको बलि चढाउने गर्दथे । मन्दिरका पुजारी डिल्ली आचार्यका अनुसार बडा दसैँ र रामनवमीका बेलामा स्वदेश तथा […]
यहाँका निजी अस्पतालले बिरामीको उपचारदेखि औषधिमा समेत बढी मूल्य लिने गरेको पाइएको छ । अरनिको राजमार्गसँगै जोडिएका यहाँका ठूला निजी अस्पतालले औषधिमा समेत बिरामीलाई कानुनविपरीत एक सय १० प्रतिशतसम्म बढी मूल्य लिएर औषधि र उपचारका सामग्री बिक्री गर्ने गरेको पाइएको हो । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा यहाँका अस्पतालका औषधि पसलमा गरिएको आकस्मिक अनुगमनमा औषधिमा समेत […]
बाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको विद्युतीय तारलाई भूमिगत गर्ने निर्णय गरिएको छ । हेटौँडा उपमहानगरपालिकाको २०औँ कार्यपालिका बैठकले यहाँको मुख्य बजार क्षेत्रका खम्बामा रहेका तारलाई भूमिगत गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै हेटौँडा नगर क्षेत्रबाट बिस्तारै खम्बा र तार विस्थापित गरिने बताइएको छ । उपमहानगरपालिकाअनुसार वडा नं १, २, ४, ५ र १० का […]
यदि तपाईंले घर, कुनै भवन, जग्गा वा पसल भाडामा लगाउनुभएको छ भने त्यसवापत तपाईंले स्थानीय तहलाई निश्चित कर बुझाउनुपर्छ । घरबहालमा बस्नेबाट हुने आम्दानीको निश्चित रकम करका रूपमा स्थानीय तहलाई बुझाउनुपर्छ । यसैलाई व्यवस्थित गर्न र घरबहाललाई कानूनी दायरामा ल्याउनका लागि काठमाडौँ महानगरपालिकाको प्रयास प्रभावकारी हुन सकेको छैन । काठमाडौँ महानगरपालिकाले गत फागुन २ मा […]
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ खण्ड कतै कालोपत्रे गर्न बाँकी छ भने कतै कालोपत्रे भइसकेको खण्ड उप्किएर क्षत्विक्षत् छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको उक्त सडक बागलुङमा पर्ने एक सय ४२ किलोमिटरमध्ये जिल्ला सदरमुकाम बागलुङ बजार खण्ड अझै कालोपत्र हुनसकेको छैन । अन्य खण्ड कालोपत्र भइसकेको लोकमार्गको घोडाबाधेदेखि हटियासम्मको सडक […]
खोटाङ फुटबल एकेडेमी ९केएफए०ले दिक्तेलमा आयोजना गरेको चाँैथो संस्करको ‘दिक्तेल मेयर कप अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता २०७९’को उपाधि नेर्पा स्पोर्टस् क्लब नेर्पाले उचालेको छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा मङ्गलबार सम्पन्न फाइनल खेलमा माटिकोरे सामाजिक सेवा समाज दिक्तेललाई ३–१ ले हराउँदै नेर्पाले चौँथो संस्करणको उपाधि उचालेको हो । प्रतियोगिताका उपाधि विजेता नेर्पा स्पोर्टस् क्लब नेर्पाले […]
कुनै समय वनमा खेर गइरहेको नागबेली झार बिक्री गरी मनग्य आम्दानी गरेका यहाँको विकट गाउँका बासिन्दा अहिले निराश छन् । सामुदायिक वनमा प्रशस्त मात्रामा पाइने झार बिक्री हुन छाडेपछि स्थानीय निराश बनेका हुन् । जिल्लाको जलजला गाउँपालिका–९ बनौ, ५ लेखफाँट, ६ शालिजा तथा मोदी गाउँपालिका–१ भुकताङ्ले र वडा नं ४ क्याङमा यो झार प्रशस्त मात्रामा […]
पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक विस्तारका क्रममा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निमार्ण गरिने भएका छन् । सडक निर्माण सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने) मा २२ र पश्चिम खण्ड (दाउन्ने–बुटवल)मा १३ गरेर जम्मा ३५ अन्डरपास तयार हुने आयोजनाका व्यवस्थापक राकेश झाले बताउनुभयो । वन्यजन्तुका कारण हुने सडक दुर्घटना तथा दुर्घटनाबाट वन्यजन्तुलाई जोगाउन साना र ठूला गरेर […]
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाभित्रका सबै कच्ची सडक स्तरोन्नति गर्न थालिएको छ । वडा नं १ देखि ७ सम्मका सबै कच्ची सडक मापदण्डअनुसार छ मिटर चौडासहित स्तरोन्नति गर्न थालिएको हो । उक्त सडकखण्डमा बाह्र महिनानै यातायातका साधन सञ्चालन हुने गरी स्तरोन्नतिको काम गर्न थालिएको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार सडक स्तरोन्नति लागि पालिकाले […]