केदारस्यु गाउँपालिका–४ शिक्षादय माविकी छात्रा कोपिला रावललाई अहिले ‘सेनेटरी प्याड’ लिन कुनै अप्ठ्यारो हुँदैन । दस कक्षामा अध्ययनरत १४ वर्षीया रावललाई यसका लागि सूचना केन्द्रले सहयोग गरेको छ । महिनाबारी भएको बेलामा विद्यालयमा नजाने उहाँ अहिले नियमित विद्यालयमा जान थाल्नुभएको छ । “सेनेटरी प्याडको बारेमा केही जानकारी थिएन, च्यातिएको कपडा प्रयोग गथ्र्यौ । अहिले ज्ञान […]
नयाँ पुस्ताले खासै चासो राख्न छाडेपछि तराईमा होलीको जोगिरा लोपोन्मुख अवस्थामा पुगेको छ । जोगिरा गाउने पुराना पुस्ताका अधिकांशको मृत्यु भइसकेका र केही वृद्ध अवस्थामा पुगिसकेकाले जोगीरा लोपोन्मुख हुन थालेको जनाइएको छ । पछिल्लो समय नयाँ पुस्ताले यसबारे खासै चासो नदिएको जनाइएको छ । तिथिमिति सम्झना नराख्नेका लागि पनि होली सुरु भएछ भन्ने सन्देश दिने […]
शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका अगुवा लहानु चौधरी होली पर्वका अवसरमा गाउँको देउथानमा आगो बाल्नमा व्यस्त हुनुहुन्छ । देउथानमा बालेको नयाँ आगो घर घरमा भित्र्याउने प्रचलन अनुसार उहाँ आगो बाल्न व्यस्त देखिनुभएको हो । होलीका अवसरमा गन्यारी नामक काठबाट निकालिएको आगो घरको चुलोमा बालेर वर्ष भरी निभ्न नदिने गरिएको उहाँले बताउनुभयो । “होलीका बेला भित्राइएको […]
दाङ तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका छन् । सोही सहकारीमा तुलसीपुरको बिपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक लाख २७ हजार बचत छ । उहाँले अब त्यो पैसा पाउने आशा मरिसकेको […]
तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । नगरपालिकाभित्र सञ्चालित प्राविधिक शिक्षालयमा तीन वर्षे प्राविधिक शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस्तो छात्रवृत्ति उपलब्घ गराइने छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले हरेक वडाका दुई÷दुई विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराउने […]
फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको थियो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको […]
बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा ‘बेलिब्रिज’ जडान गरिने भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत रुप्से खोलामा ४८ मिटर लामो बेलिब्रिज जडान सुरु भएको हो । आयोजनाका इञ्जिनियर विष्णु चापागाईंले रुप्से खोलामा पक्की पुल निर्माण नहुँदासम्मका लागि सवारीसाधन आवातजावत सहज बनाउन बेलिब्रिज राख्न लागिएको बताउनुभयो । “ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले बेलिब्रिज राख्न […]
धनुषा, २३ फागुन (रासस) ः मिथिला परिक्रमाअन्तर्गत आज श्रद्धालुले जनकपुरधामको अन्तरगृह परिक्रमा गरी मिथिला परिक्रमा सम्पन्न गरेका छन् । पन्ध्र दिने उक्त परिक्रमा फागुन प्रतिपदामा सुरूआत भई पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न हुने गर्दछ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्रविन्दु मानी यसको चारैतिरका क्षेत्रसँग जोडिएका गाउँ, नगरमा रहेका विभिन्न तीर्थस्थलको भ्रमण गरिने परिक्रमालाई […]
तराईमा खेलिने फागु पूर्णिमा (होली) आज बाँकेको कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली खेलिने भएको छ । कोहलपुरलाई पर्यटनसँग जोड्न उत्सवसँगै गोलभेँडाको होली खेलिने पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँले यसले कोहलपुरलाई पर्यटनसँग जोड्ने र किसानले आफ्ना उत्पादनको मूल्य पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसबाट ‘सेन्थेटिक’ रङले पार्ने नकारात्मक प्रभावबाट पनि जोगिने उल्लेख गर्नुभयो […]
मध्यपूर्वी तराईमा तीन दिन ‘होरी’ (होली, फागु) पर्व मनाइँदै छ । मिथिला क्षेत्रमा फागुन पूर्णिमाका दिन मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर होलिका दहनको धुरा उडाएपछि (राक्षसी प्रवृतिकी प्रतीक मानिने होलिका राक्षसीको आकृति डढाएको खरानी उडाउने विधि) भोलिपल्ट होरी मनाइने परम्पराअनुसार आज पर्व मनाइँदै गरिएको हो । होरी अर्थात फागु पर्व बारको […]
कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडा नं ४ मा एकीकृत तरकारी बजार निर्माण गरिरहेको छ । नगरपालिकाले रु साढे पाँच करोड लागतमा उक्त बजार निर्माण गरिरहेको नगरपालिकाका इञ्जिनीयर जयराज भट्टले जानकारी दिनुभयो । “कृषिउपज सामग्री, मीट मार्ट र कृषि औजारसमेत उक्त बजारमा उपलब्ध हुनेछन्”, उहाँले भन्नुभयो, “एक सय ५० सटर निर्माण भइरहेका छन्, त्यसमै शीतभण्डारसमेत निर्माण हुन्छ […]
सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले आफूहरु कोसी प्रदेशमा लगानी भित्र्याउनका लागि आफूहरु प्रयासरत रहेको बताउनुभएको छ । एक्स्पो संयोजक समेत रहनुभएका उहाँले एक्स्पो समापनमा बोल्दै यसका लागि स्थानीय सरकारसँग समन्वय भइरहेको बताउनुभयो । “एक्स्पो अवधिभर विभिन्न तरिकाबाट प्रदेशमा लगानी भित्र्याउने प्रयास भयो, आगामी दिनमा पनि यसले निरन्तरता पाउनेछ । यसका लागि स्थानीय सरकारसँग […]