प्रदेश समाचार

गर्भवतीलाई पोषण प्रोत्साहन रकम

गर्भवतीलाई पोषण प्रोत्साहन रकम

तनहुँको व्यास नगरपालिकाले गर्भवतीलाई पोषण प्रोत्साहन रकम वितरण गरेको छ । गर्भवतीलाई समय–समयमा गर्भ जाँच गरी शिशु मृत्युदर न्यूनीकरणमा प्रोत्साहित गर्ने उद्देश्यले प्रोत्साहन पोषण रकम प्रदान गरिएको हो । नगरपालिकाले स्वास्थ्य संस्थामा जाँच गरेको मातृसेवा कार्डको प्रतिलिपिका आधारमा गर्भवतीलाई प्रतिव्यक्ति रु पाँच हजार प्रदान गरेको छ । नगरपालिकाका गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरी गर्भावस्थामा […]

  • २ years अगाडि
अचेल गुञ्जिन छोडे ‘बिना सालैजोको ठाडी भाका’

अचेल गुञ्जिन छोडे ‘बिना सालैजोको ठाडी भाका’

ढोरपाटन, १६ फागुन (रासस) : सोमबार दिउँसो १२ बजेतिर मगर सङ्घ बागलुङको भवनबाट एउटा ठूलो ¥याली निस्कियो । त्यो ¥याली थियो मगर एकता दिवस मनाउने सहभागीको । ¥यालीमा नाच्ने, गाउने र बनाउनेको धेरै टोली थियो । त्यसमध्ये एउटा ठूलो समूहमा पृथक खालको गीत र नाच देखिन्थ्यो । त्यहाँ केही पुरुष मादल बजाउँदै गीत आउँदै थिए […]

  • २ years अगाडि
देशभरका क्याम्पसमा निर्वाचन समिति गठन

देशभरका क्याम्पसमा निर्वाचन समिति गठन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि देशभरिका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन भएको छ । आगामी चैत ५ गते हुने निर्वाचनका लागि उपत्यकासहित देशभरिका त्रिवि आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरिएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै क्याम्पसले स्ववियु निर्वाचन गर्न निर्वाचन […]

  • २ years अगाडि
अति विपन्न परिवारका बेरोजगारलाई रोजगारी

अति विपन्न परिवारका बेरोजगारलाई रोजगारी

शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीकी माया दमाईं चार दिनअघि देखि सडक खन्ने कार्यमा लाग्नुभएको छ । आर्थिक विपन्नताका कारण परिवारको खर्च धान्न निकै असहज भएका बेला प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नगरपालिकाबाट उहाँले सय दिन बराबरको रोजगारी पाउनुभएको छ । बेरोजगारको सूचीमा सूचीकृत भएपछि दमाईंले रोजगारी पाउनुभएको हो । घरबासका लागि मात्रै जग्गा भएकी दमाईं परिवारको आर्थिक अवस्था दयनीय […]

  • २ years अगाडि
नारायणी नदी किनारमा आरतीस्थल बनाइने

नारायणी नदी किनारमा आरतीस्थल बनाइने

नारायणगढ बजार नजिकै नारायणी नदी किनारमा आरतीस्थल निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिकाले सो क्षेत्रका लागि तयार पारेको गुरुयोजनामा पर्ने गरी आरतीस्थल निर्माण गर्न लागिएको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाले सो स्थल निर्माणका लागि ठेक्का सम्झौता गरिसकेको छ । महानगर प्रमुख रेनु दाहालका अनुसार नदी किनारमा साँझमा आरती गर्न सुन्दर देखिने […]

  • २ years अगाडि
कर्णाली प्रदेशमा २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै

कर्णाली प्रदेशमा २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै

कर्णाली प्रदेशको २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको तथ्याङ्क छ । बाँझो जमिन सदुपयोग गर्ने सरकारले नीति लिएपनि कर्णाली प्रदेशभर अहिले पनि २८ प्रतिशत जमिन बाँझै रहेको पाइएको हो । कर्णालीमा बर्सेनि खाद्यान्न अभाव हुने गर्दछ । कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये ७२ प्रतिशत जमिनमा खेती हुँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको […]

  • २ years अगाडि
गड्डाचौकीबाट ६ महिनामा रु सात करोडको तरकारी आयात

गड्डाचौकीबाट ६ महिनामा रु सात करोडको तरकारी आयात

कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६ महिनामा रु सात करोड भन्दा बढीको तरकारी आयात भएको छ । कञ्चनपुरका बितेका वर्षमा तरकारी खेतीप्रति किसानको आकर्षण बढिरहेको भए पनि यहाँ तरकारी भारतबाट आउने क्रम रोकिएको छैन् । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको साउनदेखि गत पुससम्म यहाँबाट रु सात करोड ६५ लाख ४४ हजारको तरकारी […]

  • २ years अगाडि
सडक कालोपत्र सुरु हुँदा स्थानीयवासी खुसी

सडक कालोपत्र सुरु हुँदा स्थानीयवासी खुसी

निर्माण सुरु भएको चार वर्षपछि सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी खुसी भएका छन् । कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं ‘ए’मा निर्माण भइरहेको स्मार्ट सिटी अन्तर्गतको सडक निर्माण सुरु भएको चार वर्षपछि कालोपत्र सुरु हुँदा स्थानीय खुसी भएका हुन् । स्थानीय व्यापारी हिक्मत विश्वकर्माले सडक कालोपत्र हुन थालेपछि धुलो र हिलोको सास्ती कम हुने विश्वास व्यक्त […]

  • २ years अगाडि
वैरागी र पराजुलीलाई ‘वानीरा पुरस्कार’

वैरागी र पराजुलीलाई ‘वानीरा पुरस्कार’

प्रसिद्ध साहित्यकारद्वय वैरागी काइँला र गोपाल पराजुलीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ । साहित्यकार डा वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि रु एक लाख ५० हजार रहेको छ । काइँलालाई एक लाख र पराजुलीलाई ५० हजार रुपैँया पुरस्कार राशिसहित सम्मान गर्न लागिएको फाउन्डेसनले जनाएको छ । वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक शङ्कर […]

  • २ years अगाडि
दश शश्याको अस्पताल निर्माण अन्तिम चरणमा

दश शश्याको अस्पताल निर्माण अन्तिम चरणमा

शिवालय गाउँपालिकामा १० शश्याको अस्पताल निर्माण अन्तिमचरणमा पुगेको छ । गाउँपालिकाको प्रशासकीय केन्द्रभित्र रु नौ करोड ९२ लाखको लागतमा निर्माण गरिएको उक्त अस्पताल आर्थिक वर्ष २०७९÷८० को असार मसान्तभित्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँठाले जानकारी दिनुभयो । गाउँपालिकाको केन्द्रमा पर्नेगरी वडा नं ३ मा निर्माण भइरहेको यो अस्पताल […]

  • २ years अगाडि
पोखरामा खानेपानी नियमित नभएको गुनासो

पोखरामा खानेपानी नियमित नभएको गुनासो

पोखरा–१७ छोरेपाटनकी अनितादेवी शर्माले घर बनाउनुभएको १० वर्षभन्दा बढी भयो । उहाँले खानेपानीको समस्या झैल्दै आएको पनि त्यति नै भयो । तर, हरेक महिना खानेपानी संस्थान पोखरा कार्यालयमा पुगेर पैसा बुझाउन छाड्नुभएको छैन । पैसा तिरेर धारामा आएको पानीले उहाँलाई पुग्दैन् । “घर बनाएको १० वर्ष भयो पानीले कहिल्यै पुग्दैन्”, उहाँले भन्नुभयो, “मोटर नै लगाएर […]

  • २ years अगाडि
भूपूसैनिक सम्मेलन सुरु

भूपूसैनिक सम्मेलन सुरु

‘भूतपूर्व सैनिक सङ्घको अभिलाषा, सेनाप्रति समर्पण र भरोसा’ भन्ने आदर्श वाक्यका साथ नेपाली सेना भूपूसैनिक सम्मेलन घोराहीस्थित रणसिंह दल गणमा आजखेखि सुरु भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभएको सम्मेलनमा पूर्वी र पश्चिम रुकुम, रोल्पा, सल्यान, प्यूठान र दाङ जिल्लाका एक हजार तीन सय ५० अवकाश प्राप्त सेना सहभागी रहेको नेपाली सेना जनसम्पर्क निर्देशनालयका […]

  • २ years अगाडि

लोकप्रिये