गर्भवतीलाई पोषण प्रोत्साहन रकम

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन १६, २०७९ १६:५८
गर्भवतीलाई पोषण प्रोत्साहन रकम

तनहुँको व्यास नगरपालिकाले गर्भवतीलाई पोषण प्रोत्साहन रकम वितरण गरेको छ । गर्भवतीलाई समय–समयमा गर्भ जाँच गरी शिशु मृत्युदर न्यूनीकरणमा प्रोत्साहित गर्ने उद्देश्यले प्रोत्साहन पोषण रकम प्रदान गरिएको हो । नगरपालिकाले स्वास्थ्य संस्थामा जाँच गरेको मातृसेवा कार्डको प्रतिलिपिका आधारमा गर्भवतीलाई प्रतिव्यक्ति रु पाँच हजार प्रदान गरेको छ । नगरपालिकाका गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरी गर्भावस्थामा कुपोषण हुनबाट बचाउन तथा प्रोटोकलअनुसार गर्भवती जाँच गर्न प्रोत्साहन गर्ने उद्देश्यले गर्भवती पोषण कार्यक्रमअन्तर्गत हातहातमा रु पाँच हजार प्रदान गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । नगरप्रमुख न्यौपानेका अनुसार नगरपालिकाअन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाबाट गुणस्तरीय स्वास्थ्य सेवाको प्रवाहीकरणको सुनिश्चितता गर्ने उद्देश्य राखी कार्यक्रम सञ्चालनमा ल्याइएको हो । नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीका अनुसार नगरपालिका क्षेत्रभित्र मातृ नवशिशु तथा स्वास्थ्य र पोषण प्रवद्र्धन एवं व्यवस्थापन गर्न, स्वास्थ्य कुपोषणमुक्त बालबालिकाको विकास गर्न र मातृ मृत्युदर घटाउन कार्यक्रमबाट मद्दत पुग्नेछ । कार्यक्रमअन्तर्गत ११, १२, १३ र १४ नं वडाका गर्भवतीलाई रु पाँच हजारका दरले रकम प्रदान गरिएको सोतीले बताउनुभयो । ती वडाका ६ गर्भवतीलाई प्रतिव्यक्ति रु पाँच हजार रकम वडा कार्यालयमै पुगी प्रदान गरिएको महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख राधा आचार्यले जानकारी दिनुभयो । व्यास नगरपालिकाका एक सय ८६ गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गर्न रकम विनियोजन भएको उहाँले बताउनुभयो ।ती वडाका ६ गर्भवतीलाई प्रतिव्यक्ति रु पाँच हजार रकम वडा कार्यालयमै पुगी प्रदान गरिएको महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख राधा आचार्यले जानकारी दिनुभयो । व्यास नगरपालिकाका एक सय ८६ गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गर्न रकम विनियोजन भएको उहाँले बताउनुभयो । महिलासँग उपमेयर कार्यक्रमको नाम दिइएको यस कार्यक्रम नियमित सञ्चालन हुने आचार्यले बताउनुभयो । “यो कार्यक्रमका लागि नगरपालिकाले रु १० लाख विनियोजन गरेको छ, यो गर्भवतीको हितमा छ”, आचार्यले भन्नुभयो, “गर्भावस्थामा आवश्यक प्रोटिनयुक्त आहारको व्यवस्थापन गर्न सहयोग पुग्नेछ ।” प्रोत्साहन रकमले गर्भावस्थामा प्रोटिनयुक्त आहार प्राप्त गर्न सहज हुने र मातृशिशु मृत्युदर न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन १६, २०७९ १६:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट