बागमती प्रदेश

पशुपति क्षेत्रमा वृक्षरोपण

पशुपति क्षेत्रमा वृक्षरोपण

पशुपति क्षेत्र विकास कोषको ३७औँ वार्षिकोत्सवका अवसरमा पशुपतिनाथ, गुह्येश्वरी र वासुकीनाथको मन्दिरमा विशेष पूजा आराधना गरिएको छ । पशुपति क्षेत्रमा कपुर, धूपी, रुद्राक्षलगायत जातका ३७ बिरुवा पनि रोपिएका छन् । कोषको वार्षिकोत्सवमा राष्ट्र कल्याणको सङ्कल्पले तीनवटै मन्दिरमा पूजा, आराधना गरिएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद […]

  • २ years अगाडि
क्रिष्टल फाइनान्सको निक्षेप दाबी गर्न सूचना

क्रिष्टल फाइनान्सको निक्षेप दाबी गर्न सूचना

खारेजीको प्रक्रियामा रहेको साविक क्रिष्टल फाइनान्स लिमिटेडमा निक्षेप खाता रहेका व्यक्ति, सङ्घ तथा संस्थालाई आफ्नो निक्षेप फिर्ता लिन सूचना जारी भएको छ । कम्पनी खारेजीको काम कारबाही गर्न उच्च अदालत पाटनको आदेशबमोजिम स्थापना भएको लिक्विडेटरको कार्यालयले आज यस्तो सूचना जारी गरेको हो । क्रिष्टल फाइनान्सबाट पैसा फिर्ता लिन बाँकी रहेका व्यक्ति तथा संस्थालाई १५ दिनभित्र […]

  • २ years अगाडि
तुवाँलोेको मारमा पर्यटन

तुवाँलोेको मारमा पर्यटन

अन्नपूर्ण (कास्की), ७ वैशाख (रासस) : कास्कीमा तुवाँलोे लाग्न थालेको एक साताभन्दा बढी भयो । यसले गर्दा यहाँबाट देखिने हिमशृङ्खला राम्रोसँग नदेखिएको त्यति नै समय भयो । यस क्षेत्रमा घुम्न आउने पर्यटकको रोजाइ हिमालको दृश्य नजिकबाट नियाल्नु पनि हो तर, नयाँ वर्षदेखि यहाँका डाँडा तुवाँलोेले डम्मै छेकेको छ । यही कारण पर्यटकको आवागमनमा समस्या भएको […]

  • २ years अगाडि
चौपायाको आहाराका लागि विकल्प खोज्दै नगरपालिका

चौपायाको आहाराका लागि विकल्प खोज्दै नगरपालिका

गौशालामा व्यवस्थापन गरिएका चौपायालाई आहाराको समस्या हुन थालेपछि कैलालीको भजनी नगरपालिकाले विकल्प खोज्न थालेको छ । गर्मी मौसम सुरु भएपछि चरन क्षेत्र उजाड भएपछि त्यसको विकल्पका लागि नगरपालिकाले सामुदायिक वनसँग समन्वय गर्न थालेको हो । नगरपालिकाले सामुदायिक वनका प्रतिनिधि र चौपाया व्यवस्थापन समितिलाई सँगै राखेर छलफल चलाएको छ । छलफलमा सामुदायिक वनको सीमित क्षेत्र केही […]

  • २ years अगाडि
मिटरब्याजी पीडितमाथि बल प्रयोग नगर्न आयोगको आग्रह

मिटरब्याजी पीडितमाथि बल प्रयोग नगर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँको शान्ति वाटिकामा धर्नामा बसेका ‘मिटरब्याज’ पीडितमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ । नागरिकको शान्तिपूर्ण रुपमा भेला हुने र आफ्ना विचार राख्न पाउने अधिकारको सम्मान र संरक्षण गर्न, प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग नगर्न आयोगले सरकारसँग आग्रह गरेको हो । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा धर्नाका […]

  • २ years अगाडि
चक्रपथको दोस्रो खण्डपछि भत्काउन नपर्ने गरी निर्माण गरिँदै

चक्रपथको दोस्रो खण्डपछि भत्काउन नपर्ने गरी निर्माण गरिँदै

चीन सरकारको आर्थिक सहयोगमा विस्तार हुन लागेको चक्रपथको दोस्रो खण्डमा भविष्यमा आवश्यक संरचना बनाउँदा भत्काउन नपर्ने गरी त्यसका लागि स्थान राख्न लागिएको छ । आगामी दिनमा सरकारले चाहदा चक्रपथमा मेट्रो रेल, मोनो रेल वा अरु कुनै संरचना बनाउन सकिने गरी केन्द्रमा कम्तीमा तीन मिटरको खाली ठाउँ राखिने गरी छलफल भइरहेको सडक विभागले जनाएको छ । […]

  • २ years अगाडि
उपप्रधानमन्त्री तथा गृहमन्त्री  श्रेष्ठविरुद्ध  राजीनामा माग गर्दै मिटरब्याज पीडित

उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठविरुद्ध राजीनामा माग गर्दै मिटरब्याज पीडित

काठमाडौँ । आज दिउँसो मिटरब्याज पीडितले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध नाराबाजी गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शनी गरेका छन् । सोमबार सिंहदरबारबाहिर प्रदर्शन गर्ने तयारीमा रहेका मिटरब्याज पीडितलाई प्रहरीले शान्तिवाटिकामा नै रोकेको थियो । त्यस क्रममा मिटरब्याज पीडितलाई रोक्न प्रहरीले लाठीचार्ज र पानीको फोहोरा प्रयोग गर्दा पीडितहरु घाइते […]

  • २ years अगाडि
करिब एक दर्जन प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

करिब एक दर्जन प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

काठमाडौं । काठमाडौं नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । विभिन्न नारा लेखिएका ब्यानर र प्लेकार्डसहित प्रदर्शनमा उत्रिएकाहरुलाई रोक्न प्रहरीले सडकमा बार लगाएको थियो । उनीहरु संक्रमणकालीन न्याय सम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपुरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै प्रदर्शनमा उत्रिएका थिए । सरकारले संक्रमणकालीन न्यायसँग […]

  • २ years अगाडि
देशभर तीन दिनसम्म तुँवालो रहने

देशभर तीन दिनसम्म तुँवालो रहने

केही दिनयतादेखि डढेलोका कारण काठमाडौँसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडाँै उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ । प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने पनि सम्भावना नरहेकाले प्रदूषण अझै केही दिन स्थिर रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । […]

  • २ years अगाडि
कपन क्षेत्रको डुबान समस्या समाधानका लागि अध्ययन हुँदै

कपन क्षेत्रको डुबान समस्या समाधानका लागि अध्ययन हुँदै

कपन क्षेत्रमा बर्षाको समयमा हुने डुबानको समस्या समाधानका लागि अध्ययन शुरु भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले धोबीखोला करिडोर आयोजनालाई धोबीखोला करिडोर तथा कपन बुढानिलकण्ठ डुबान नियन्त्रण आयोजना नामाकरण गरेर सोही आयोजनामार्फत अध्ययन अघि बढाएको हो । कपन क्षेत्रमा डु्बानको समस्या रहेकामा समाधान र व्यवस्थापनका लागि के गर्न सकिन्छ भनेर अध्ययन भइरहेको आयोजनाका इञ्जिनियर […]

  • २ years अगाडि
उपत्यकाका विस्तार हुँदै गरेका सडकमा पुल निर्माण गरिने

उपत्यकाका विस्तार हुँदै गरेका सडकमा पुल निर्माण गरिने

काठमाडौँ उपत्यकामा विस्तारका क्रममा रहेका सडकमा पुल निर्माण अघि बढाउन लागिएको छ । विस्तारका अधिकांश सडक अन्तिम चरणमा पुगेकाले पुल बनाउने योजना अघि बढाइएको हो । चावहिल–साँखु सडकमा तीन पुलको निर्माण अघि बढिसकेको छ भने जोरपाटी–सुन्दरीजल र कर्मनाशा खोला–गोदावरी सडकमा पुल निर्माणमा जाने गरी योजना अघि बढाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । […]

  • २ years अगाडि
ट्रमा सेन्टरका लागि जग्गा व्यवस्थापन अघि बढ्यो

ट्रमा सेन्टरका लागि जग्गा व्यवस्थापन अघि बढ्यो

सङ्घीय सरकारको लागतमा नवलपरासीको (बर्दघाट-सुस्ता पश्चिम) बर्दघाटमा निर्माण हुने भनिएको ट्रमा सेन्टर निर्माणका लागि जग्गा व्यवस्थापनको काम अघि बढाइएको छ । अघिल्लो आर्थिक वर्षमा जग्गा प्राप्ति हुन नसकेपछि ट्रमा सेन्टर निर्माणका लागि आएको रु १० करोडको बजेट फ्रिज भएको थियो । बर्दघाट नगरपालिका–२ को चिसापानीमा राष्ट्रिय आवास कम्पनीका नाममा रहेको जग्गा प्राप्तिका लागि सहरी विकास […]

  • २ years अगाडि

लोकप्रिये