सार्वजनिक शौचालयलाई निरन्तरता दिन महानगरको आग्रह

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १०, २०७९ १0:५९
सार्वजनिक शौचालयलाई निरन्तरता दिन महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत जेठ १६ गतेको निर्णय र अनुरोध अनुसार आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिएका सङ्घ संस्था र व्यवसायीलाई यो कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ ।
एक सूचना जारी गर्दै महानगरले आफ्नो आग्रहलाई स्वीकार गरेकोमा धन्यवाद दिँदै यस कार्यलाई निरन्तरता दिन चाहने सङ्घ संस्थाले महानगरमा सम्पर्क गर्न पनि अनुरोध गरेको थियो ।
गत जेठमा महानगरले निजी शौचालयलाई सार्वजनिक गर्न आग्रह गरेपछि विभिन्न होटेल तथा सङ्घ संस्थाले महानगरको यो अभियानलाई साथ दिएका थिए ।

 

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १०, २०७९ १0:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट